बुधवार, 19 सितंबर 2018

सफल व्यवसायी बन्न चाहनु हुन्छ भने हेर्नुस यी १० फिल्म

काठमाडौ। ब्यवसायिक क्षेत्रमा सफलता हासिल गर्न त्यति सजिलो छैन। तर कहिले काँही फिल्मी कथाहरुले पनि तपाईलाई सफल बनाउन सहयोग गर्छ। ब्यवसायमा के के हुन्छ, कस्ता खेलहरु हुन्छन् भन्ने कुराहरु फिल्मबाट पनि जान्न सकिन्छ।
 
ब्यापार थाल्नुअघि केही फिल्महरु हेर्दा तपाईलाई फाइदै हुन्छ। हलिउड र वलिउडमा यस्ता थुप्रै फिल्महरु बनेका छन् जसले तपाईलाई सफल हुन प्रेरित गर्छन्।
 
द सोसल नेटवर्क
यो फिल्म सन् २०१० मा रिलिज भएको हो। यो फिल्म फेसबुकका संस्थापक मार्क जुकरबर्कमाथि आधारित छ। फिल्ममा जुकरवर्कको मेहेनत र मोटिभेसनलाई देखाइएको छ। यो फिल्ममा फेसबुकको सुरुवातदेखि जुकरवर्कको सफलताको यात्रालाई समेटिएको छ।
 
फिल्ममा जुकरवर्कको सोच र उनको एकाग्रतालाई देखाइएको छ। फेसबुक कसरी तयार भयो, कसरी यसलाई फैलाइयोजस्ता साना साना कुराहरु पनि फिल्ममा देखाइएको छ।
 
ब्यान्ड बाजा वारात
फिल्ममा दुई कलेज ग्रयाजुएटको कथा छ जो एक अर्कमा चिनजान नभए पनि मिलेर विवाहको व्यवस्थापन अर्थात वेडिङ प्लानिङको व्यवसाय गर्छन्। फिल्ममा स्टाटप्सले कस्ता चुनौतीहरु सामना गर्नु पर्छ भनेर देखाउन खोजिएको छ। फिल्ममा व्यक्तिगत र व्यवसायिक जीवनलाई फरक फरक रुपमा डिल गर्नु पर्छ भनेर देखाइएको छ। फिल्म शैक्षिक योग्यता भन्दा पनि काम प्रतिको एकाग्रता भएमा व्यवसाय सफल हुन्छ भन्ने सन्देश दिइएको छ।
 
पाइरेट्स अफ सिलिकन भ्याली
यो फिल्म विलगेट्स र स्टिभ जब्सको उदयमाथि छ। फिल्म १९९९ मा रिलिज भएको हो। यो फिल्म टेलिभिजनका लागि तयार पारिएको थियो। तर पछि यसलाई सिनेमा हलकै लागि विकास गरियो। फिल्मबाट विल गेट्स र स्टिब जब्सको जीवनलाई देखाउन खोजिएको छ। उनीहरुको संघर्ष, उनीहरुले खाएको हन्डरलाई पनि देखाइएको छ। जो व्यवसाय सुरुवात गर्दैछन् यो फिल्मले उनीहरुलाई उत्साहित बनाउँछ।
 
रकेट सिंह
मार्केटिङ पोलिसी माथि केन्द्रित यो फिल्मले शैक्षिक योग्यता राम्रो नभए पनि मेहेनत भए सफलता हासिल हुन्छ भन्ने देखाउन खोजेको छ। साथै जोखिम लिने, टिम वर्कका साथै टिमका लागि सही ब्यक्तिहरु छनौट गर्ने र ग्राहकका लागि आफ्नो प्रतिवद्धता पनि यो फिल्ममा देख्न सकिन्छ।
 
सिटिजन केन
ओरसन वेल्लेसको यो फिल्म १९४१ तिरै रिलिज भइसकेको हो। फिल्ममा एक अखवार टाइकुनको जीवन देखाइएको छ। फिल्मको माध्यमबाट सफल ब्यवसायी बन्ने उद्यमीको लक्ष्य त हुन्छ तर उसको जिन्दगीको एउटै मात्र उद्देश्य व्यवसायिक सफलता मात्रै हुँदैन भनेर देखाउन खोजिएको छ।
 
गुरु
धिरुभाइ अम्वानीको समय र उनको जीवनमा आधारित यो फिल्मले तपाईलाई नयाँ उर्जा दिन्छ। फिल्ममा आफ्नो सफलताका लागि कतिसम्म निर्दयी हुनु पर्छ भनेरसमेत देखाइएको छ। दाइजोमा मिलेको सम्पतिबाट कसरी एउटा महत्वकांक्षी ब्यक्ति सफलताको उचाइमा पुग्छ भनेर फिल्म दखाइएको छ। सफल हुनका लागि महत्वकांक्षी हुनै पर्छ भन्ने सन्देश फिल्ममा छ।
 
ग्‍लेनगेरी ग्लेन रोस
फिल्ममा आफूले रोजेको व्यवसायिक दुनिया एकदमै खराव पनि हुनसक्छ तर त्यसमा संयम र चलाखी अपनाइयो भने सफल भइन्छ भनेर देखाउन खोजिएको छ। फिल्म १९९२ मा रिलिज भएको हो। एउटा ब्यक्ति सफल हुनका लागि कतिसम्म संयमित हुन्छ भनेर देखाइएको छ।
 
कर्पोरेट
फिल्ममा कर्पोरेट वारलाई व्याख्या गर्ने प्रयास गरिएको छ। नाफा वढाउनका लागि गलत कुरालाई प्रश्रय दिनेदेखि अर्काको सुचना चोरेर आफू माथि पुग्ने विषय पनि फिल्ममा देखाइएको छ। ब्यवसायसँग राजनीति कससी जोडिएको हुन्छ र त्यसले समाजलाई कतिसम्म प्रभावित पार्छ भन्ने फिल्मको विषय बस्तु हो। ब्यवसायमा सफल हुनका लागि कतिसम्म राजनीति हुन्छ भनेर वुझ्नलाई पनि यो फिल्म हेर्नु पर्छ।
 
मनिवल
 यो ब्राड पिटको फिल्म हो। यसमा इनोभेसनले कसरी सफल भइन्छ र खराव समयमा पनि कसरी सफल हुन सकिन्छ भनेर देखाउन खोजिएको छ। थोरै पुँजी अर्थात स्रोतमा पनि कसरी धेरै राम्रो गर्न सकिन्छ भन्ने शिक्षा फिल्मले दिएको छ।
 
मञ्जिल
तपाई तल्लो आर्थिक स्थित भएको वर्गबाटै आए पनि मेहेनत र महत्वकांक्षाले कसरी माथि पुग्नु हुन्छ भन्ने फिल्मले सिकाएको छ। एउटा महत्वकांक्षी वेरोजगार युवा आफ्नै कम्पनी खोल्ने सपना देख्छ। कसरी व्यवसाय सुरु गर्छ र प्रतिस्पर्धाका कारणले कसरी व्यवसाय डुवाउँछ भन्ने कुरा फिल्ममा देखाइएको छ। फिल्मले एक उद्यमीलाई आफ्ना गल्तिहरु स्वीकार गर्न सिकाउछ।

जीवनमा सफल हुने सपना देख्नु भएको ? छ भने यसो गर्नुस ! टिप्सहरु सहित

हामी जीवनमा जो कोही पनि सदा सफल हुन चाहन्छौ, तर गन्तव्यमा पुग्न नपाउदै हाम्रो मोटिभेशन कम हुन जान्छ अनि हाम्रो काम बिचमै लथालिंग हुन गई आफुलाई निराशाको अनुभव गर्न पुग्छौ । कैयौ पटक यस्तो पनि हुन्छ कि कुनै काम हामी ठुलो मोटिभेशनको साथमा काम सुरु गर्छाै र बिचमा कुनै कारण बशः वा केही समय पछि आफुमा मोटिभेशन कम भएको महसुस गर्न थाल्छौ र सुरुको ट्रयाकमा फर्कन एकदमै गाह्रो हुन्छ । जस्तो कि अहिले इपिएस भाषा परिक्षाको तयारी गर्दा होस वा लोकसेवाको परिक्षा कुरा गरौ जहां हजारौ परीक्षार्थी सहभागी मध्येमा केही प्रतिशत मात्र सफल हुन पुग्छन, जस जसको मोटिभेशन बीचमा कम हुदैन, आफुलाई सदा उत्साहित बनाई राख्न सक्छन गाह्रो भए पनि म गर्न सक्छु भनेर लागि पर्नेहरु मात्र परीक्षामा सफल हुन्छन् ।
कहिले कहीं हामी आफुलाई यति धेरै यिध low feel कि आफुलाई सकारात्मक सोच्न पनि यति धेरै कठिन मान्छौ । तर आफुलाई निराशाजनक मान्नु पर्दैन, सानो तिनो step लाई लिएर पनि सकारात्मक track तिर return हुन सकिन्छ । असम्भव जरुर लाग्छ जब हामीमा केही गर्ने मन हुदैन र एक्लोपनको अनुभव गर्छाै त्यति बेला यि कुराहरुमा ध्यान दिएमा निराशापनलाई हटाई आफुलाई मोटिभेट गरी लक्ष्यमा पुग्न सफल हुन्छौ ।
१) स्टेप बाई स्टेप लक्ष्य लिनुहोस : one goal
हामीमा मुड डाउन भएको बेला चेक गर्ने हो भने यो यस कारण हुन्छ कि हाम्रो जीवनमा एक समयमा धेरै कुरा चलिरहेको हुन्छ वा हामी एकै पटक धेरै गर्ने कोसीस गरिरहेका हुन्छौ यसले हाम्रो मानसिक ईनर्जी वा मोटिभेशनलाई कम गरिरहेका हुन्छौ । त्यसैले आफुलाई कमजोर महसुस गरिरहेका हुन्छौ । सायद यो गल्ती सबैले गरिरहेको हुन्छ । यदि एक समयमा दुई वा अधिक लक्ष्य प्राप्त गर्ने हो भने हामीले ईनर्जी वा एकाग्रतालाई बनाई राख्नु पर्छ तर यो सम्भव हुदैन, प्राय मानिसहरु यही गरिरहेको हुन्छ त्यसैले सफल हुन नसकी आफुलाई निराशाको अनुभव गर्छन । जब हामी एक लक्ष्यलाई चुम्न सक्छौ तव हामीमा त्यसबाट प्राप्त मोटिभेशनले गर्दा अरु लक्ष्यमा पुग्न पनि टेवा पुर्याउछ त्यसैले एक बारमा निर्धारित लक्ष्य प्राप्त गरी फेरि अर्काे लक्ष्य लिनु पर्छ ।
२) Inspiration खोज्नु होस :
हामीलाई त्यस्तो मान्छेबाट प्रेरणा मिल्छ जो विल्कुलै शुन्यबाट सफलताको चुचुरो हासील गरेको व्यक्ति । हामीले जे चहान्छौ उसले पनि त्यही गरेको र हामी जे गर्न चहान्छौ त्यस सम्वन्धी किताव वा पत्रिका वा सफल कथाहरु पढेर हामी प्रेरणा लिन सक्छौ ।
३) आफ्नो लक्ष्य सार्वजनिक रुपमा प्रकासित गरी प्रतिज्ञा गर्नुहोस :
आफ्नो लक्ष्यलाई केही शब्दमा प्रिन्ट निकाल्नु होस्, जस्तो कुनै मन्त्र जस्तो वा स्लोगन जस्तो होस् । ताकि तपाईको नजर गईरहने ठाउमा टास्न सकियोस जस्तो ऐना वा कम्प्युटरमा टाँस्नुहोस जसले गर्दा तपाईको नजर बार बार त्यसमा गई रिमाईण्ड भईरहोस वा तपाईको फोकस त्यसमा गईरहोस जसले गर्दा आफुमा विश्वास बढ्न गई आफ्ना साथी भाई तथा परिवारसँग प्रतिज्ञा पनि गर्न सक्नु हुन्छ । फेसबुमा पनि आफ्नो लक्ष्यको बारेमा पोष्ट गर्न सकिन्छ । यदि हामी सार्वजनिक रुपमा प्रतिज्ञा गर्छाै भने त्यस लक्ष्यमा पुग्नको लागि मोटिभेट मिल्छ । वा आफुले त्यस लक्ष्यमा पुग्नै पर्ने वा जित्नै पर्ने महसुस हुन्छ त्यसले गर्दा तपाई जसरी होस प्रेसरमा परेरनै किन नहोस तपाईको लागि त्यो जीत जरुरी बन्न जान्छ ।
४) दैनिक चिन्तन गर्नुहोस :
बुद्धले भन्नु भएको छ तपाई “जे सोच्नु हुन्छ त्यही बन्नु हुनेछ” । मतलब अहिले तपाई जे बन्नु भएको छ त्यो तपाईको कारण भएको हो चाहे राम्रो वा नराम्रो । ब्रह्रामण्डको नियम पनि यही छ कि तपाईले सोचेको सोच अर्डरको रुपमा जान्छ र त्यसले तपाईको काम गर्न थाल्छ र तपाईको जीवनमा आउछ । यदि हामी आफ्नो लक्ष्यको बारेमा विश्वासको साथ चिन्तन वा मनन गर्दै गयौ भने लक्ष्य पुरा हुने चान्स अधिक हुन्छ ।
५) एउटा कुरालाई सदा ध्यान राखौ जीवनमा उतार चढाव आईरहन्छ :
मोटिभेशन त्यस्तो चीज होईन जुन सदा तपाईको साथमानै रहीरहन्छ । जिनदगी एक नदीको वहाव जस्तै हो कही एक रस त कही उचल पुछल यस्तै हाम्रो जीवनमा पनि यस्तो परिस्थिति आईरहन्छ जसले स्थितिलाई तल माथि बनारहन्छ र मोटिभेशन समाप्त पनि गरिदिन्छ तर हामीले यो कुरा बुझ्न जरुरी छ कि मोटिभेशन समाप्त हुदैन फेरि पनि त्यसलाई हासील गर्न सकिन्छ बशः केही समय पर्खिनु पर्ने हुन्छ । उतार चढावलाई एक खेलको रुपमा साक्षी भएर हेर्ने हो भने उतार चढावको पछाडीको कारण पत्ता लगाई यसलाई पनि एकरस बनाउन पनि सकिन्छ । जस्तै नदीको छालको कारण हेर्ने हो भने पनि नदी भित्र भएको पत्थरको कारण हो र यसलाई निकाली दिएमा समान रुपमा वग्छ ।
६) सदा डटिरहनुहोस :
हट्ने होईन डटी रहने नेपालीको बानी हुन्छ भन्ने गीत पनि यतिकै बनाको हैन । मतलव जस्तो सुकै परिस्थितिमा पनि हार नमान्नु हो । आफुलाई मोटिभेट अनुभव नगरे पनि आफ्नो लक्ष्यमा लागिरहनुहोस किन कि मोटिभेशन फेरि पनि आउन सक्छ । आफ्नो लक्ष्यलाई एक यात्राको रुपमा हेर्नु होस र बीचमा आउने निराशा तथा परिस्थितिलाई एक स्पिड ब्रेकरको रुपमा हर्नु होस । कोई पनि यात्रीले बीचमा आउने बाधा ब्यवधानलाई देखेर यात्रा रोक्दैन निरन्तर प्रयास गरिरहन्छन । त्यस्तै प्रकार हामीले पनि उतार चढावलाई एक खेलको रुपमा लियौ भने लक्ष्यमा पुग्न सक्छौ ।
७) सानो सानो कामबाट सुरु गर्नुहोस वा सानो भन्दा सानो उपलब्धीको साथमा अगाडी बढ्नुहोस :
यदि कुनै पनि काम सुरु गर्नलार्ई आफुलाई कुनै गाह्रो वा विश्वास लागिरहेको छैन भने सायद यसको कारण तपाई धेरै ठुलो सोचिरहनु भएको छ वा तपाईको क्षमता भन्दा ठुलो छ । यदि तपाई पहिलो चरणमा सानो सानो लक्ष्यको साथमा सुरु गर्नुहुन्छ भने सफल पनि अवश्य हुनुहुन्छ । सजिलो चीजबाट सुरुवात गर्याे भने फेल हुने चान्सनै हुदैन । सफलता जति नै सानो किन नहोस त्यसले तपाईको जीवनमा ठुलो माईन राख्छ र यही सफलता नै जीवनमा ठुलो मोटिभेशन बनेर आउछ । जसको कारण अरु ठुलो ठुलो सफलता हासील गर्न सहयोग गर्छ ।
८) सबैको फाईदाको बारेमा सोच्नुहोस, कठिनाईको बारेमा होईन :
पुष्कर धामि
परिवर्तनशिल सोच माई यप्स नेपाल केन्द्रीय सचिव
कुवेत समिति प्रमुख

सफल जीवनका लागि प्रेरणादायक नियम

एजेन्सी ।  केही यस्ता शब्द पनि छन्, जसले मानिसको जिन्दगीको पुरै दिशा नै बदलिदिने गर्दछ । केही प्रेरणादायक शब्द वा बाक्यले मानिसको सोचमा परिवर्तन गरेर जिन्दगीको मार्ग नै परिवर्तन गरिदिने गर्दछ । खासमा हामी ती शब्दका बारेमा सुनिरहेका हुन्छौँ, केही सन्दर्भका अरुलाई भन्छौँ पनि तर आफ्नो जीवनमा स्थान दिइरहेका हुदैनौ ।
तर त्यस्ता कुराहरुलाई अबलम्बन गर्दै अगाडि बढ्ने हो भने पक्कै पनि मानिसले आफ्नो जीवनमा सफलताको उचाई छुनेछ । केही प्रेरणदायक शब्दहरु यसप्रकार रहेका छन् –
  • जीवनमा सबै मानिसहरुबाट गल्ती हुने गर्दछ । ती गल्तीहरुदेखि नडराई बरु ती गल्तीहरुलाई ध्यानमा राखि सुधार गर्दै अगाडि बढ्नुहोस् ।
  • आफ्नो जिन्दगीको लक्ष्य बनाउनुहोस् र त्यो पुरा नहुन्जेलसम्म त्यसमा नै डटेर लाग्नुहोस् । एउटा लक्ष्य पुरा भएपछि मात्र अर्काे लक्ष्यतर्फ ध्यान दिनुहोस् ।
  • सधै अरुलाई सम्मान दिनुभन्दा पहिले आफूले आफूलाई सम्मान गर्नुहोस् । किनकि जसले आफ्नो सम्मान गर्न सक्दैन, उसले अर्काको सम्मान गर्न पनि सक्दैन ।
  • सधै आफ्नो जीवनका सकारात्मक पक्षहरुलाई ध्यानमा राखेर अगाडि बढ्नुहोस् र नकारात्मक कुराहरुलाई आफ्नो मनबाट निकालिदिनुहोस् ।
  • तपाई आफ्नो जीवनमा जे गर्न चाहनुहुन्छ, त्यसलाई एउटा योजना बनाएर नै पुरा गर्नुहोस् । जीवनमा सानो या ठुलो जुनसुकै लक्ष्य भएपनि योजना बनाएर नै अगाडि बढ्नुहोस् । जसले तपाई सफलताको मार्गमा अगाडि बढाउनेछ ।
  • सबैको जिन्दगीमा अवसर आई नै रहेको हुन्छ । केवल त्यसलाई चिन्न जरुरी छ । त्यसैले अवसरको पहिचान गरी त्यसलाई कब्जा गर्नुहोस् ।
  • कुनै पनि काम गर्दा शटकर्ट(छोटकरी) नखोज्नुहोस् । किनकि कहिलेकाही छोटो बाटो मुस्किल र खराब पनि हुनसक्छ । काम पुरा गरेबिना सफलताको आशा नराख्नुहोस् ।
  • आफ्नो जीवनमा बहानालाई कुनै पनि स्थान नदिनुहोस् । किनकि हार्ने व्यक्तिसँग हरेक किसिमका बहाना हुने गर्दछ । त्यसैले अगाडि बढेर आफ्नो काम पुरा गर्नुहोस् ।
  • जिम्मेवारीलाई स्वीकार गर्नुहोस् । आफ्नो जीवन, परिवार र कामप्रति पूर्ण रुपमा जिम्मेवारी बहन गर्दे अगाडि बढ्नुहोस् । जसले तपाईलाई सफलताको बाटोतर्फ लैजानेछ ।
  • मानिसको जीवनमा पुस्तकको महत्वपूर्ण स्थान रहेको हुन्छ । राम्रा र ज्ञान दिने पुस्तकलाई आफ्नो साथि बनाउनुहोस् । जसले तपाईलाई तपाईको लक्ष्यप्रति जागरुक गराउनेछ ।

बिल गेट्सको नजरमा पढ्नै पर्ने १० पुस्तक

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले सफल हुनका लागि हरेक व्यक्तिले १० पुस्तक पढ्नैपर्ने सुझाव दिएका छन् । उनले सुझाएका १० पुस्तक यस्ता छन् ।
१ बिजनेश एडभेन्चर्स
लेखक : जोन ब्रुक्स्
पुस्तकमा के छ : सफलताका लागि भौतारिएको मानिस सफल पनि हुनसक्छ र असफल पनि । यो पुस्तकमा यि दुबै मुद्दालाई गहिरो तवरले अथ्र्याइएको छ ।
बिल गेट्सको सुझाव : मैले पढेका पुस्तकमध्ये यो बिजनेशका लागि सबैभन्दा उपयुक्त पुस्तक हो । जोन ब्रुक्स आज पनि मेरा प्रिय बिजनेश राईटर हुन् ।
२ टप डान्सिंग टू वर्क
लेखक : क्यारोल लूमिस
किताबमा के छ : यस पुस्तकमा वारेन बफेटका सबै लेखहरु संग्रहित छन् । यसमा तपाईले बफेटको सफलताको पुरै कथा पढ्न पाउनुहुन्छ ।
बिल गेट्सको सुझाव : मेरो बुझाईमा ध्यानपूर्वक यो पुस्तक पढ्नेले दुई कुरा नोटिस गर्छन् । एक आफ्नो करियरका दौरान वारेन बफेटले कसरी आफ्नो भिजन र इन्भेस्टमेन्ट प्रिन्सिपललाई प्रयोग गरे । दोस्रो, उनीमा बजारको जर्बजस्त ज्ञान छ । यसमा बताइएको छ कि बजारलाई प्रभावमा लिन हामीले विभिन्न तिकडम लगाउनुपर्छ ।
३ लाईफ इज ब्हाट यू मेक इट
लेखक : पीटर बफेट
किताबमा के छ : यो किताब कडा काम गर्ने एक धनी बच्चाको कथामा आधारित छ ।
बिल गेट्सको टिप्पणी : पिटरले सफलता हात पार्न आफ्ना बाबुसँग कहिल्यै पैसा लिएनन् । बरु अभिभावकसँग आफ्नो बाटो आफैँ कसरी बनाउने भन्ने सिके । म आफ्ना बच्चाहरुसँग यो किताब पढ्न चाहन्छु । तपाईले सफलता हात पार्न धनी परिवारमा जन्मनुपर्छ भन्ने छैन् ।
४ अवेकिंग जोय
लेखक : जेम्स बराज
किताबमा के छ : तपाई सफल किन हुन चाहनुहुन्छ । सायद खुसी यसको कारण हुनसक्छ । यो पुस्तकले तपाईलाई सिकाउँछ कि सफलताको यात्रा कसरी आनन्ददायक छ ।
बिल गेट्सको टिप्पणी : खुसी कोही भाग्यशालीका लागि मात्रै होइन । सबैलाई यसको अधिकार छ । यस पुस्तकमा जेम्स बराजले तपाईलाई रमाइलो बाटो चुन्न मद्दत गर्छन् ।
५ ब्हेयर गुड आइृडियाज कम फ्रम
लेखक : स्टीवन जोनसन
किताबमा के छ : सफल हुनका लागि आविस्कार जरुरी छ । यो पुस्तकमा बताइएको छ कि सफलताका लागि आविस्कारको बाटो कसरी तयार गरिन्छ ।
बिल गेट्सको टिप्पणी : यो पुस्तक विजनेश वा शैक्षिक क्षेत्रमा लागेकाहरुका लागि हो । यसले अन्तर्राष्टिय संरचनाका विषयमा बोल्छ । जहाँबाट नयाँ आइडिया निस्कन्छ ।
६ मूनवाकिंग विथ आईनिस्टाइन
लेखक : जोशुआ फोयर
किताबमा के छ : यदी तपाई भुलक्कड वा लापरवाह हुनुहुन्छ भने सफल हुन सक्नुहुन्छ । यो पुस्तकले तपाईलाई आवश्यक तथा जरुरी फ्याक्टरका विषयमा याद दिलाउँछ ।
बिल गेट्सको टिप्पणी : अन्य मानिसजस्तै म पनि यो कुरामा आकर्षित छु कि दिमागले कसरी काम गर्छ र यि कुराहरुलाई कसरी याद गर्नुपर्छ । यो पुस्तकले निकै सरल ढंगबाट सम्झाउँछ कि स्मरण र बुझाईमा कुनै फरक छैन् । दुबै एक हुन् ।
७ लिमिटेड लर्निग अन कलेज क्याम्पसेज
लेखक : रिचार्ड अरुम र जोसिपा रोक्सा
किताबमा के छ : यो पुस्तकले सफल हुन तपाईलाई दुई कुरा सिकाउँछ । पहिलो यो कि तपाई कलेजको शिक्षालाई दिमागमा राखेर वास्तविक संसार सिक्न तयार हुनुहोस् । दोस्रो, यदी तपाई शिक्षक हुनुहुन्छ भने तपाईलाई सफल प्रयोगको ज्यादा आवश्यकता छ ।
बिल गेट्सको टिप्पणी : यस विषयलाई लिएर आशावादी छु कि आविस्कारमा त्यो संभावना छ जसले थुप्रै समस्या समाधान गर्न हाम्रो सहयोग गर्छ । तर हामीलाई धेरै जानकारीको जरुरी छ ।
८ अमेरिका फेल बिहान्ड इन द वल्र्ड इट इन्भेन्टेड एन्ड हाउ वी क्यान कम ब्याक
लेखक : थोमस एल फ्रेडम्यान र मिशैल म्यान्डेलबाउम
किताबमा के छ : किताब अमेरिकाको परिवेशमा लेखिएको छ । तर यसले सामान्य मानिसलाई धेरै सिकाउँछ । हामीले प्राय अरुलाई आफूजस्तै बन्न प्रेरणा भर्छौ । अब पालो आएको छ कि हामी आफै अरुबाट प्रेरित भएर अगाडी सोचौँ र आफ्नो लागि बाटो पहिल्यायौँ ।
बिल गेट्सको टिप्पणी : यो एक उम्दो पुस्तक हो । म यो पुस्तक पढ्न मानिसहरुलाई सुझाव दिन्छु ।
९ डेंग श्याओपिंग
लेखक :  एज्रे एफ भोगल
किताबमा के छ : सफल हुनुको अर्थ हो गाह्रो परिस्थितीलाई सहज रुपमा बदल्नु । डेंग श्याओपिंगले दुनियाँकै सबैभन्दा धेरै जनसंख्या रहेको देशमा यही गरे । श्याओपिंग शक्तीमा आउनुअघि चीन गरिब देश थियो । किताबमा बताईएको छ कि शक्तीमा आएपछि श्याओपिंगले चीनको व्यवसायलाई कसरी अगाडी बढाए ।
बिल गेट्सको टिप्पणी : १९७९ मा चीन दुनियाँकै गरिब देशमध्ये एक थियो । भारतभन्दा पनि धेरै गरिब । यस देशको जनसंख्या यति धेरै थियो कि सबैलाई पेट भर्न समेत मुस्किल थियो । देशमा सांस्कृतिक स्थिरता र आर्थिक समून्नती ल्याउन श्याओपिंगले थुप्रै काम गरे । यो दुनियाँकै इतिहासमा एउटा नयाँ प्रयोग हो । यो प्रयोग बुझ्न पुस्तक पढ्नु जरुरी छ ।
१० द मस्ट पावरफुल आइडिया इन द वल्र्ड
लेखक : विलियम रेप्सेन
किताबमा के छ : सूरुआतमा पढ्नेलाई यो पुस्तक रेल रोड र इन्जिनका विषयमा मात्रै आधारित छ भन्ने लाग्छ । जबकी पुस्तकको मुख्य उद्धेश्य मेसिन कसरी सफल भयो भन्ने बताउनु हो । रेल रोडमा यस्तो कुन आइडिया थियो , जसले दुनियाँ बदल्यो  ।
बिल गेट्सको टिप्पणी : रेप्सेनको नजर र मेरो नजर प्राय मिल्छ । तपाईको कामलाई थप परिस्कुत बनाउन शक्तीको प्रयोग गर्न सकिन्छ । यदी तपाई आफ्नो लागि लक्ष्य तय गर्नुहुन्छ र यस बाटोमा हिड्नुहुन्छ अनि आफ्नो सुधारको मापन गर्नुहुन्छ भने तपाई आवश्य सफल बन्नुहुन्छ ।
source :https://kendrabindu.com/post/1502862166

समृद्धिका लागि युवा परिचालन, उद्यमसिलाता अनि युवामा लगानी आवस्यक

डा. प्रदीप मान तुलाचन
एसएलसी परीक्षा उत्तीर्ण गरेर श्रम बजारमा आउने युवाको संख्या वर्षमा करिब ६ लाख हाराहारी छ । अनि वर्षमा करिब चार लाख ५० हजार वैदेशिक रोजगारमा जान्छन् । नेपालका  औपचारिक र अनौपचारिक क्षेत्रमा वार्षिक करिब ६० हजार युवाले अवसर पाउँछन् । त्यसरी हेर्दा वर्षमा एक लाख युवा पूर्णत: बेरोजगार हुन्छन् । त्यसरी बाहिरिने युवाबाट वर्षमा करिब सात खर्ब नेपाल भित्रिन्छ, रेमिट्यान्सका रूपमा । अनि यससँगै अर्को तथ्यांक जोडेर विश्लेषण गर्न आवश्यक हुन्छ । गतवर्ष मात्रै उच्च शिक्षाका लागि ३२ हजार चार सयले बिदेसिने भन्दै शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएका थिए । उनीहरूबाट वर्षमा करिब १९ अर्ब बिदेसिइरहेको छ । यसैसँग जोडिने तर केही वर्षअघि सार्वजनिक भएको नेपालको अर्थतन्त्रसम्बन्धी एउटा तथ्यांकले भन्छ– नेपालमा विदेशी अनुदान वर्षमा करिब ३५ अर्ब आउँछ र नेपालबाट वर्षमा करिब ६३ अर्ब बाहिरिन्छ । नेपालको समृद्धिका लागि यसरी बाहिरिने रकम र युवाको संख्यालाई कसरी नेपालमै उपयोग गर्न सकिन्छ ? बहस यहीँबाट सुरु
गर्नुपर्ने हुन्छ ।

युवाकेन्द्रित योजना
नेपालको अर्थतन्त्र युवाको मिहिनेतले धानेको छ । वर्षमा सात खर्बभन्दा बढी रकम युवाले खाडी मुलुकबाट ठाउँछन् । त्यही रकमले नेपालको राजनीतिक संक्रमणमा अर्थतन्त्र धानिरहेको छ । तर, रानजीतिक नेतृत्व र कर्मचारीतन्त्रले नेपाललाई समृद्ध बनाउने कार्यक्रम र योजना बनाउन सकेका छैनन् । अर्थात् युवाकेन्द्रित मार्गचित्र तयार हुन सकेको छैन । अहिलेसम्म नेपालमा जति पनि विकास निर्माणका कार्य भए, यसमा युवालाई समाहित गरेर योजना, कार्यक्रम वा परियोजना बनाउन सकिएको छैन । र, युवाबाट फाइदा लिन सकिन्छ भन्ने सोचको विकास पनि भएन । ती कार्यक्रम, परियोजनाले देशको समृद्धिमा कति फाइदा गर्छ ? वा कसरी फाइदा लिन सकिन्छ भन्ने सोचाइ भएन । हुन त युवासँग सम्बन्धित केही योजना बर्सेनि नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरिन्छ । तर, त्यसले परिणाम दिन सकेको छैन । राजनीतिज्ञ, योजनाकार र बुद्धिजीवीले युवालाई केन्द्रित गरेर योजना र कार्यक्रम बनाउन सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा, त्यसो हुन सकेको छैन । अहिलेसम्म उनीहरूले पनि यस सम्बन्धमा आवाज उठाएका छैनन् । नारामा उनीहरूले युवालक्षित कार्यक्रमको पक्षमा वकालत गरेको त देखिन्छ तर परिणाम निकाल्ने गरी काम गरेको भने देखिन्न । त्यसमा केही राजनीतिक कारण पनि छन् ।
राजनीतिक मुद्दा र फाइदाका लागि युवाको पक्षमा बोल्ने तर त्यसलाई टुंगोमा पुर्‍याउनेतर्फ कसैले चासो दिएको देखिन्न । युवा समस्या समाधान भएमा राजनीतिक दलका नेताको राजनीतिक नारा नै टुंगिन्छ, जुन उनीहरूले चाहने विषय नै भएन ।

पूर्वाधारमा युवा
नेपालको समृद्धिका लागि घरेलु तथा परम्परागत उद्योगधन्दाभन्दा पनि मेघा प्रोजेक्ट आवश्यक पर्छ । अहिलेसम्म त्यस्ता परियोजना नेपालमा सञ्चालन हुन सकेका छैनन् । सरकार र निजी क्षेत्रले हजारौँ युुवालाई एउटै ठूला परियोजना र कम्पनीमा रोजगार सिर्जना हुने गरी परियोजना सञ्चालन गर्न नसक्दा खुद्रे योजनाले समृद्धिको नारा  कार बनाउँछ । युवाशक्ति अहिलेका लागि राष्ट्रको शक्ति हो । युवालाई रोजगार दिन सकियो भने राष्ट्रलाई समृद्धिको बाटोतिर लैजान सकिन्छ र विकास निर्माण स्वत: उचाइतिर जान्छ । त्यसकारण युवालाई कसरी विकास निर्माणका ठूला परियोजना र कार्यक्रममा सहभागी गराउन सकिन्छ भन्ने सोचको विकास गर्न आवश्यक पर्छ । देशको विकास र युवा लक्षित कार्यक्रमका लागि पूर्वाधार निर्माण पहिलो प्राथमिकता हुनुपर्छ । त्यस्ता परियोजनामा शिक्षित, सीपयुक्त, अर्धसीपयुक्त, र सीपविहीन सबै प्रकारका युवाले अवसर पाउँछन् । त्यस्ता युवामा प्राविधिक र
गैरप्राविधिक दुवै पर्छन् । त्यसकारण सरकारले प्राथमिकतासाथ ठूला रेलवे, पुल–पुलेसा, जलविद्युुत् आयोजना, सडकलगायत पूर्वाधार योजना बनाउन आवश्यक छ । ती परियोजना निर्माण गर्न युवालाई लगाई आर्थिक विकास गर्न युवाशक्तिलाई सहभागी गराउन आवश्यक छ । कृषिमा खपत कृषि मन्त्रालयको एउटा तथ्यांकअनुसार अहिले नेपालको करिब एक लाख ५० हजार हेक्टर खेतीयोग्य जमिन बाँझिएको छ । जमिनमा काम गर्ने युवाशक्तिको अभाव, सिँचाइको समस्या, बिउबिजनको समस्याले समग्र कृषि उत्पादनमै कमी ल्याएको छ
। यसले मुलुकलाई बिस्तारै परनिर्भरतातिर धकेलिरहेको छ । कुनै समयमा धान निर्यात गर्ने प्रमुख देशमा नेपाल पनि पथ्र्यो, अहिले एकादेशको कथाजस्तै भएको छ र कुल खपतको ३० प्रतिशत धान आयात गर्न थालेका छौँ हामी । अर्थात् नेपाली भान्सा आयातीत खाद्यान्नले भरिभराउ भएको छ । त्यसकारण अब युवालाई
खपत गर्न सकिने सबैभन्दा ठूलो क्षेत्र कृषि नै हो । कृषि  क्षेत्रअन्तर्गतका खेतीपाती, पशुपालन, माछापालनलगायत तत्काल आम्दानी दिने क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगसम्बन्धी आवश्यक ज्ञान, सीप र दक्षता प्रदान गरी आधुनिक कृषि उत्पादन र बजार व्यवस्थापनमा युवालाई लगाउन सकिन्छ । यसका लागि उनीहरूलाई आधुनिक प्रविधिको प्रयोग गर्न अभिमुखीकरण तालिम दिन सकिन्छ ।
आइसिटी क्षेत्रमा अवसर
अहिलेको संसार डिजिटलाइज्ड बन्दै गएको छ । स्वाभाविक रूपमा त्यसको प्रभाव नेपालमा पनि परेका छ र युवामा यसको आकर्षण बढेको छ । सूचना तथा प्रविधिको क्षेत्र हरेक दिन नयाँ हुने क्षेत्र हो । त्यसकारण मान्छेका हरेक व्यवहार डिजिटल हुँदै गएका वेला आइसिटी क्षेत्रमा हजारौँ युवालाई खपत गराउन सकिन्छ । अहिले यो नेपालमा निकै ठूलो क्षेत्रको रूपमा विकास भइसकेको छ । स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, विपत् व्यवस्थापनलगायत क्षेत्रको छिटो सूचना प्रवाह गराउनका लागि दक्ष बनाएर युवालाई अवसर प्रदान गर्न सकिन्छ । साथै, ई–मार्केटिङ वा ई–बिजनेसमा पनि युवालाई जोड्न सकिन्छ । पर्यटन प्रवद्र्धनमा खपत नेपालमा वर्षमा करिब सात लाख विदेशी पर्यटक भ्रमणमा आउँछन् । पर्यटनले वर्षमा नेपालको कुल गार्हस्थ उत्पादनमा करिब दुई प्रतिशत योगदान गर्छ । र, एकजना पर्यटकबाट करिब ११ जनाले अवसर पाउँछन् भन्ने अनुमान गरिन्छ ।
तर, नेपालको पर्यटन क्षेत्रमा दक्ष र सीपयुक्त युवाको संख्या कम छ । पर्यटनमा युवालाई सीपयुक्त बनाएर उपयोग गर्न सकिन्छ । पर्यटनका पर्वतारोहण, पदयात्रालगायत विविध क्षेत्रमध्ये नयाँ क्षेत्रका रूपमा एग्रो टुरिज्मको विकास गर्न सकिन्छ । एकातिर क्षेत्रविस्तार गर्ने अर्कातिर सीपयुक्त दक्ष जनशक्ति पर्यटनमा संलग्न हुने स्थिति आउँदा
पर्यटकले गर्ने खर्चमा वृद्धि हुन्छ । त्यस्ता युवालाई होटल, पदयात्रा, पथप्रदर्शक, सांस्कृतिक पर्यटन, होमस्टेमा आदिमा अवसर दिन सकिन्छ ।

युवालाई नयाा अवसर
नेपालका त्यस्ता थुप्रै संरचना र क्षेत्र छन्, जहाँ युवालाई सबैभन्दा बढी उपयोग गर्न सकिन्छ । एउटा सोझो, सामान्य र सहज रूपमा लाखौँ युवालाई ‘सोसल मोबिलाइजर’ बनाएर परिचालन गर्न सकिन्छ । निश्चित पारिश्रमिक दिएर
उनीहरूलाई परिचालन गर्ने नीति बनाउन सकिन्छ । प्रत्येक सांसदलाई तीन करोड बाँड्नुको सट्टा सोही रकमले युवालाई राष्ट्रसेवामा लगाउन सकिन्छ । स्वास्थ्य, शिक्षा, जनचेतना, कालोबजार नियन्त्रणका लागि अनुगमनमा पनि
युवालाई परिचालन गर्न सकिन्छ । यस्तो अवसरमा लाखौँ युवा खपत हुन सक्छन् र त्यसले देशलाई सुशासनतिर लैजान सक्छ र रोजगारी बढाउँछ । सही कार्ययोजना बनाउन सकियो भने प्रत्येक जिल्लामा हजारौँ युवायुवतीलाई स्वरोजगार बनाउन पनि सकिन्छ । युवालाई केन्द्रमा नराख्दा देशको समृद्धिको बाटोमा युवालाई केन्द्रित र आकर्षित गराउन सकिएको छैन ।  विकास निर्माणका कार्यक्रममा युवा वञ्चित छन् । योजनामा युवालाई सहभागी
गराउन सकिएको छैन । त्यसो गर्न सकियो भने धेरै युवालाई दिनुपर्ने विज्ञता र दक्षताका विषयमा केन्द्रित हुन पाइन्छ । यसका लागि पुँजीको व्यवस्था गर्नुपर्छ । यसबाट युवामा आत्मविश्वास बढाउन सकिन्छ ।
मास मुभमेन्ट आवश्यक
बेरोजगार युवालाई मास मुभमेन्टमार्फत अभियान चलाउन आवश्यक छ । धेरै युवा बेरोजगार भएको विभिन्न संघसंस्थाले तथ्यांक सार्वजनिक गरिरहेका छन् । उनीहरूले उक्त तथ्यांक सार्वजनिक गरेर के फरक पर्छ ? यसबारे कुनै चासो कसैले दिएको देखिन्न । यद्यपि सरकार र संघसंस्थाले त्यो तथ्यांकको बेवास्ता गरिरहेका छन् । तर, उनीहरू स्वयंले के–के काम गरे त बेराजगार युवाका लागि ? प्रश्न स्वाभाविक रूपमा उठ्छ । अब ती बेरोजगार युवालाई अवसर प्रदान गर्न कसरी आवाज उठाउने र कसरी बढीभन्दा बढी ‘प्रोडक्टटिभ’, दक्ष र सीपयुक्त बनाउने त ? यससम्बन्धी कुनै आवाज उठेको छैन । सरकारले कार्ययोजना पनि बनाएको छैन । अहिलेसम्म सरकारले सानातिना कार्यक्रम मात्रै चलाएको छ, फाटेको लुगा टालेजस्तो ।

युवाकेन्द्रित आयोग र मन्त्रालय
युवाकेन्द्रित कार्यक्रम सञ्चालन गर्न योजना आयोग र युवा मन्त्रालयको अहिलेको संरचनाले सम्भव छैन । अहिलेको अवस्थामा ती निकायले युवालाई आकर्षित गर्न पनि सक्दैनन् । उनीहरूको सोचाइ र योजना परम्परागत मात्रै छ
। उनीहरूको भूमिका परिवर्तन गर्ने हो भने ती निकायमा युवाको भूमिका बुझेको मान्छे चाहिन्छ वा दक्ष र क्षमतावान् नयाँ व्यक्ति आवश्यक हुन्छ ।
यदि राष्ट्र बनाउने र देशका लागि पसिना बगाउने हो भने संरचनागत परिवर्तन आवश्यक छ । अनि प्रक्रियामुखी संरचनालाई परिणाममुखी बनाउन पनि आवश्यक छ । नेपालको कर्मचारीतन्त्र सामन्ती सोचबाट आएको संरचना हो । अहिले पनि यसको सोच सामन्ती नै छ । त्यो संरचनासँग नयाँ भिजन छैन । सोच नै साँघुरो छ । ९० प्रतिशत कर्मचारी चाकडीबाज मात्रै छन् । त्यसले परिणाम कहिल्यै दिँदैन । युवालाई विभिन्न क्षेत्रमा आकर्षित गर्न सकियो भने एकतातिर युवाको विदेश पलायन रोकिनेछ भने अर्कातिर लगानी पनि बढ्नेछ । विदेश र निजी क्षेत्रबाट
लगानी बढाउन लगानीमैत्री वातावरण आवश्यक छ, तर त्यसका लागि आकर्षक र ठूला परियोजना आवश्यक पर्छ । यी क्षेत्रका लागि कार्यक्रम बनाउन सकियो भने कति जनशक्ति खपत गर्न सकिन्छ ? कतिलाई तालिम दिनुपर्छ वा कतिलाई अन्य ज्ञान दिन आवश्यक पर्छ, त्यसको प्रस्ट तस्बिर आउँछ । स्वदेशका युवालाई खपत गराउन सकियो भने स्वत: राष्ट्रियताको भावना अभिवृद्धि हुन्छ । बाहिरबाट कसरी विदेशी लगानी भित्र्याउन सकिन्छ ? कसरी निजी क्षेत्रको लगानी बढाउन र सुरक्षित गराउन सकिन्छ ।
नयाँ सोच
नेताहरूले युवाशक्तिलाई राष्ट्रको विकास निर्माणमा लगाउनुभन्दा कसरी आफ्नो स्वार्थपूर्तिका लागि आफ्नो पार्टीको झन्डा बोक्न लगाइरहेका छन् ? युवा राष्ट्रका सम्पत्ति हुन् र यसलाई राष्ट्र निर्माणमा लगाएर नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने सोच अहिले राजनीतिक दलमा पलाएको छैन । तसर्थ युवा शक्तिलाई नै राष्ट्रको सम्पत्ति र शक्ति मानी युवा शक्तिकेन्द्रित आर्थिक विकास र निर्माणसम्बन्धी कार्ययोजना तयार गर्ने सोच बनाएको छ । युवालाई रोजगार तथा स्वरोजगारका लागि आवश्यक पर्ने ज्ञान सीप र दक्षता
हासिल गर्न दिने हालसम्म राष्ट्रियस्तरको एक उच्चस्तरीय संस्थान वा केन्द्र छैन । विभिन्न विषयमा युवालाई ज्ञान, सीप र दक्षता दिने राष्ट्रियस्तरमा एउटा संरचना तयार गर्न सकिन्छ र प्रत्येक प्रदेशमा एउटा यस्तै संरचना निर्माण गरी युवालाई आवश्यक व्यावहारिक दक्षता दिन आवश्यक छ |

(अमेरिकाको कर्नेल बिश्वबिद्यालय बाट पीएच डी गरेका डा तुलाचन स्वरोजगार र उद्यम सिलाताको क्षेत्रमा संयुक्त राष्ट्र संघ लगायत विभिन्न अन्तरास्ट्रिय संघ संस्थाहरुमा ३० वर्ष बढी काम गरिसकेका छन् उनि राष्ट्रिय उद्यमसिलाता अभियानका संयोजक हुन् )

समाज विकासका लागि युवामा लगानी

समाज परिवर्तनका प्रमुख हिस्सेदार युवाहरु हुन । वर्तमान परिवेशमा हाम्रो समाज पुरातनवादी सोच र परिवर्तनकारी सोचको मध्यबिन्दुमा अडिएको छ । सामाजिक मुल्य मान्यतालाई लिएर समाज दुई कित्तामा बिभाजित भईराखेका बेलामा समाज विकास र सुधारका लागि युवाहरुको भूमिका महत्वपूर्ण देखिन्छ । जो परिवर्तनको पक्षमा छन र समाजको विकासका लागि चिन्तित छन उनिहरुलाई केन्द्रित गरेर अगाडि बढ्नु प्रमुख कुराहो ।
युवा शक्ति, जो सहि बाटो हिडेमा विकासको ढोका खुल्न सक्छ र समाजमा नमूना बन्न सक्छन । नमूना समाज र उद्यमशिल युवा बनाई देशको भविष्य वारे कल्पना गर्ने हो भने वर्तमान अवस्थामा रहेको युवा जमातलाई केन्द्रित गर्न जरुरी छ । समाजमा बिभिन्न सामाजिक अभियानहरु संचालन गर्न युवा परिचालन, कुरिती कुसंस्कार बिरुद्ध युवा परिचालन, सामाजिक सेवाका कार्यमा युवामा सकरात्मक सोचको विकास र विकास निर्माणका कार्यमा युवाको भूमिकालाई प्रभावकारी बनाँउनका लागि एवम दुई कित्तामा बिभाजित समाजलाई विकास र परिवर्तनको मुलधारमा डोर्याँउनका लागि युवामा लगानी प्रमुख कुरा हो । युवामा सकारात्मक सोचका साथ समाज विकास र परिवर्तनको एजेण्डालाई स्थापित गर्न पनि युवाको पक्षमा लगानी हुन आवस्यक छ ।
जसले समाजलाई धानेका छन, जसले रेमिटान्स पठाएर देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएका छन, जसकै कारणले विकासका आयोजनाहरु सफल र सार्थक हुन सक्छन तिनै युवाहरुमा सकारात्मक सोचाई राख्न, क्षमता विकास गर्न, नेतृत्व विकास गर्न, ब्याक्तित्व विकास गर्न आदि कुरामा किन लगानी नगर्ने ? यीनै कुराहरुलाई मध्यनजर गर्दै राज्य, बिभिन्न सहयोगी निकाय र अन्य सरोकारवालाहरुले युवामा प्रभावकारी लगानीको बातावरण बनाँउनमा जोड दिनुपर्दछ । युवामा लगानी भयो र उनिहरु सकारात्मक सोचाईका साथ समाज विकासमा तल्लिन भए भने मात्रै हाम्रो कल्पनाको सुन्दर बन्न सक्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय र स्थानिय स्थरमा सामाजिक विकासमा क्रियाशिल एनजिओ÷आईएनजिओ र अन्य निकायको लक्ष पनि युवामा लगानी भएमा मात्रै पुरा हुन सक्छ । हाम्रा हरेक कार्यक्रमका नीतिहरुले बोलेको कुरा जस्तो जनताको आर्थिक स्तर माथि उठ्ने कुरा, कुरीति कुसंस्कार अन्त्य भई सुन्दर समाज निर्माण हुने कुरा, उत्पादन बृद्धि देखी लिएर सबै क्षेत्रमा सबैको समान पहुंच पुग्ने कुरा र समाज विकास भई समृद्ध देश निर्माको कुरा पनि युवा वर्गमा लगानी भएमात्रै सम्भव छ ।
यहाँ लगानीको कुरा गर्दै गर्दा सवाल आँउन सक्छ हरेक निकायले गाँउ बस्तिमै लगानी केन्द्रित गरेको छ नी, त्यहाँ पनि याुवाहरु सहभागि छन नी । तर प्रष्ट हुनैपर्छ त्यो लगानीले युवाहरुलाई सम्वोधन गरेको छैन । युवाहरुमाझ हाम्रो समाज विकासका लागि केही भईरहेको छ भनेर सकारात्मक सोच आँउन सकेको अवस्था छैन । बिभिन्न कित्तामा बिभाजित समाजले युवामा पनि बिरोधी र नैरास्यताको मानसिकतालाई मजबुत रुपमा स्थापित गराईदिएको छ । त्यो अवस्थालाई चिर्नु युवामा लगानीको उद्देश्य हुनुपर्ने अवस्था छ । देश विकासका लागि दक्षिण कोरिया, सिंगापुर र मलेसियाको उदाहरण होईन एक ठाँउमा भएको राम्रो कुरा, विकास र सकारात्मक पक्षलाई अर्को ठाँउमा फैलाउँने, एक युवाले गरेको राम्रो काम, उद्यमशिलता आदिको प्रभाववारे अर्को युवालाई सुसूचित पार्ने आदि सामान्य सामान्य कुराहरुमा पनि हाम्रा कार्यक्रम र योजनाहरु केन्द्रित हुन जरुरी छ ।
देशको कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी युवाहरु भएको अवस्थामा विकासको सवालले प्राथमिकता पाँउनु आवस्यक कुरा हो । यस कुरालाई मध्यनजर गर्दै राज्यले पनि बिभिन्न नीति नियमहरु, युवा केन्द्रित संरचनाहरु (राष्ट्रिय युवा परिषद जस्ता), युवा लक्षीत कार्यक्रमहरु र युवाको सवाललाई जोडदार रुपमा उठान गर्नका लागि बिभिन्न निकायलाई परिचालन गर्नु आफैमा सराहनिय कार्य हो । तर यसको कार्यान्वयन प्रक्रियाले बास्तवमै युावालाई समेट्न सकेको छैन । यहाँको राजनीतिक संस्कार, नीति, नियम र कार्यक्रमहरुको कार्यान्वयन प्रक्रियाले गर्दा युवाहरुलाई निरास बनाएको अवस्था छ । बास्तविक लक्षीत समुदाय राज्यका सेवा सुवीधा पाँउनवाट बञ्चित रहेको अवस्था छ । समाजका टाठा बाठाहरुकै हालिमुहाली र हाम्रो राजनीतिक संस्कार (जसले युवाहरुलाई पनि बिभिन्न कित्तामा बिभक्त पारेको छ) ले गर्दा युवाहरुमा नैरास्यता बढ्दो अवस्थामा छ ।
१६ वर्ष देखी ४० वर्ष उमेर समूहको युवा शक्ति, जो संग श्रम गर्नसक्ने अदभुत क्षमता छ, जसले अवसर र सही मार्गदर्शक पाँउने हो भने समाज विकास र आर्थिक उन्नतीको पाटो मजबुत बन्न सक्छ, त्यसभित्र पनि जसले केही गर्ने आँट गरेका छन र समाज विकासका लागि केही गर्छु भन्ने सोच राखिरहेको छन त्यस्ता युवाहरुलाई प्राथमिकतामा राखेर लगानी बढाँउनु आजको प्रमुख आवस्यकता हो ।
यहाँ युवामा लगानी र युवाका आवस्यकताको कुरा गरिरहंदा स्थानिय स्थरमा भएका गतिविधी र युवा लक्षीत तथा आम जनमानसमा सकारात्मक प्रभाव पारेका महत्वपूर्ण गतिविधीहरुलाई बिर्सन मिल्दैन । अछाम जिल्लामा मात्रै पनि युवाहरुलाई जागरुप पार्नका लागि बिभिन्न गतिविधी भएका छन । अहिले केही पनि युवा केन्द्रित काम कार्य भैरहेका छन । जसको सकारात्मक प्रभावले गर्दा युवाहरुमा जागरण आएको छ । जस्तो, पछिल्ला तिन चार वर्ष यता अछाम जिल्लाका युवाहरु संगठीत रुपमा युवाका सामुहिक सवालका विषयमा वकालत गर्नतर्फ अग्रसर हुने गरेका छन । जिल्लामा जिल्ला युवा संजाल अछाम नामक युवाहरुको साझा संगठन स्थापना भई युवाको ब्याक्तित्व, नेतृत्व र क्षमता विकासका क्रियाकलापहरु स्वंसेवी रुपमै भएपनि निरन्तर गरिरहेको छ भने यसको प्रभाव गाँउ गाँउसम्म पर्न गई सबैतिर युवाहरु निकै क्रियाशिल छन ।
जिल्लाका १३ वटै ईलाकामा ईलाका स्तरका युवा संजाल गठन भई क्रियाशिल रहेका छन भने केही नगरपालिका तथा गाविसहरुमा पनि संजाल गठन भई सक्रिय रुपमा काम गरिरहेका छन । यस्तै हरेक टोल टोलमा गठित युवा क्लवहरुमा पनि युवाहरु संगठित भएर गाँउमा रचनात्मक र सकारात्मक काममा सक्रिय भएको कुरालाई जो कोहीले पनि सहर्ष स्वईकार्छ ।
यसरि युवाहरुलाई संगठित गर्नका लागि अछामको हकमा जिल्ला तथा ईलाका स्तरमा जिल्ला विकास समिती अछाम र दातृ निकाय संयुक्त राष्टसंघिय जनसंख्या विकास कोष (ग्ल्ँएब्) अछामले खेलेको भूमिका निकै महत्वपूर्ण छ । युवाहरुका साझा समस्या र सवालहरुलाई संगठित रुपमा उठान गर्नका लागि र समाज विकासमा केन्द्रित गर्नका लागि थप कार्यक्रमहरुको पनि आवस्यकता छ ।
युवाहरु रोजगारिको सिलशिलामा भारत र खाडितिर भौतारिरहेका बेलामा केही युवाहरु ब्यावसायिकता तर्फ उन्मुख भएका छन । युवाहरुमा सिर्जनशिल र उर्जावान समयमा स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच पलाएको छ । युवाहरु ब्यावसायिक कृषि खेती तथा बेमौसमी तरकारी खेती तर्फ लागेका छन भने ब्यावसायिक बाख्रापालन, कुखुरापालन लगायत अन्य लघुउद्यमका कार्यमा पनि युवाहरुको संलनता बढ्दो क्रममा रहेको पाँउन सकिन्छ । तर आवस्यक ज्ञान, सीप र दक्षताको अभावका कारण युवाहरुले अपेक्षीत उपलब्धि हाँसिल गर्न नसकेको तितो यथार्तता पनि हाम्रै सामु छ । यस अर्थमा पनि उद्यमशिलता तर्फ आर्कषित युवाहरुलाई आवस्यक ज्ञान र सीप प्रदान गर्नका लागि आवस्यक कार्यक्रमहरु ल्याँउन जरुरी रहेको छ ।
जिल्लामा रहेका युवाहरु पछिल्ला वर्षहरुमा सूचनाप्रविधीमा पनि मजवुत पहुंच राख्न सक्ने भएका छन । जिल्ला युवा संजालमा आवद्ध अधिकाँश पदाधिकारीहरु राष्टिय तथा स्थानिय सञ्चार माध्ययममा आफ्नो प्रभावकारी उपस्थिती जनाईरहेको कुराले पनि युवाहरु सूचना प्रविधीको पहुंचमा छन भन्ने कुरा पुष्टि हुन्छ । सूचना प्रविधीको सहि प्रयोगले युवाहरुलाई नयाँ र रचनात्मक तथा फरक ढंगले काम गर्न उत्प्रेरणा प्रदान भईरहेको छ । तर बढ्दो सामाजिक संजालको प्रयोगका कारण केही नकारात्मक कुराले पनि प्रसय पाईरहेको अवस्था छ । यसलाई निरुत्साहित पार्नक लागि १५ देखी २५ वर्षमूनिका युवाहरुलाई आवस्यक परामर्श र सचेतीकरणको आवस्यक रहेको छ । सम्वन्धित निकायहरुले यसतर्फ पनि चासो देखाएको खण्डमा युवाहरुमा सकारात्मक विकासले प्राथमिकता पाँउने अवस्था रहन्छ ।
स्थानिय स्थरमा युवाहरुमा जागरण आएको छ । स्थानिय स्थरमा रहेका युवाहरु नीतिनिर्माण तथा निर्णय प्रक्रियामा बिगत वर्षहरुमा युवाकै रुपमा प्रतिनिधित्व गर्ने अवस्था शुन्यप्राय थियो भने २ वर्ष यता हरेक क्षेत्रमा युवाको प्रतिनिधी अनिवार्य सहभागि हुने गरेको अवस्था छ । गाँउ परिषदका लागि योजना तर्जुमा गाष्ठि होउन या त जिल्ला परिषदका बिषयगत बैठकहरु होउन युवाहरुको उल्लेख्य सहभागिता रहेको कुरा जिविस तथा गाविसहरुका बैठक एवम भेलाका माईन्यूटे पुष्टि गर्छ । पर्याप्त रोजगारी र अन्य अवसरहरु नहुंदा बिदेशीनुपर्ने बाध्यता भएपनि स्वदेशमा रहेका युवाहरु हरेक कार्यक्रममा आफुहरुको सहभागिताको लागि निरन्तर खवरदारि गरिरहेका हुन्छन । यसरी युवा सहभागिता बृद्धि हुनुमा जिल्ला युवा संजालको सक्रियता तथा प्रभावकारीता र युवाको क्षेत्रमा थोरै भएपनि लगानी गरिरहेको जिविस, ग्ल्ँएब् को भूमिका पनि महत्वपूर्ण छ ।
जिल्लामा संचालन हुने हरेक सामाजिक आन्दोलनहरुमा युवाहरुको भूमिका महत्वपूर्ण छ । युवाको प्रभावकारी खटनले नै सामाजिक अभियानहरुले सफलता पाँउछन । युवा स्वस्फुर्त रुपमा स्वंसेवी भावले सामाजिक अभियानमा (जस्तो, छाउपडि कुप्रथा अन्त्य, जातिय बिभेद निर्मूलिकरण, एच आई भि एड्स रोकथाम) सहभागि भईरहेको अवस्था छ । अहिले पनि जिल्ला तथा ईलाका स्तरमा र बिभिन्न गाविस स्तरमा यस्ता क्रियाकलापहरु भईरहेका छन ।
यस्तै युवाहरु बिभिन्न रचनात्मक क्रियाकलापमा पनि उत्तिकै संलग्न छन । देउसीभैलो खेलेर संकलन गरेको रकमले अनाथ, टुहुुरा बालवालिकालाई शैक्षीक सहयोग गर्नतर्फ पनि युवा क्लव तथा संजालहरु सक्रिय छन भने सावर्जनिक स्थल –मन्दिर, धारो, पाटीपौवा) सरसफाई गर्ने कार्यदेखी बिभिन्न खेलकुद प्रतियोगीताहरुको आयोजना लगायतका सामाजमा सकारात्मक कार्यवाट युवा साथिहरु सबैका प्रिय पात्र बन्न सफल भएका छन । यस्तै बिभिन्न ठाँउमा बिभिन्न निकायसंगको समन्वयमा सूचना केन्द्र स्थापना गरि यूवाहरुलाई बिभिनन जाँनकारी गराँउन तथा सूचनाप्रविधीको पहुंचमा पुगाँउनका लागि युवाहरु सक्रिय छन । बिभिन्न निकायको सहयोगमा जिल्ला युवा संजालको समन्वय तथा प्रभाववाट भएगरेका केही प्रतिनिधीमुलक कार्यहरुको छोटो जाँनकारी गराईएको हो । पछिल्लो समय युवाहरुमा आएको जागरण र भएगरेका सकारात्मक र रचनात्मक क्रियाकलापहरुको दस्तावेजीकरण गर्ने हो भने एउटा संग्रह बन्न सक्दछ ।
अन्तमा फेरीपनि भन्न चाहन्छु, युवाहरुमा केही गर्ने आँट पलाएको बेला, युवाहरुको हिम्मत बढेको अनुकुल समय, सबै युवाहरु संगठित रुपमा युवाका साझा सरोकारका विषयमा चिन्तितभईरहेको सुनौलो समयलाई सदुपयोग गर्दै राज्यका जिम्मेवार निकाय, स्थानिय, राष्टिय तथा अन्र्तराष्टिय गैर सरकारी संस्थाहरुको लगानी युवामा केन्द्रित हुन अति आवस्यक छ । युवाहरुलाई संगठित गर्न, बिभिन्न ज्ञान सीप सिकेर उद्यमशिल बन्न तथा सूचना प्रविधीको पहुंचमा पुगाँउन सहयोग गर्ने निकायले समाज सुन्दर समाज र समृद्ध देश बनाँउनका लागि युवालाई माध्ययम बनाएर योजना अगाडि सार्ने बेला भएको छ । युवाहरुले विकास र परिवर्तनको माध्ययम बन्नका लागि तयारी अवस्थामा रहि त्यो दिन पर्खीरहेका छन । 

गुरुवार, 13 सितंबर 2018

स्थानीय तहले खोजेको नेतृत्व :

ई. रुद्र प्रसाद अधिकारी
मुलुकमायतीबेलास्थानीय तहको चुनावी सरगर्मी बढेको छ ।आगामी बैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा को उठ्ने भन्ने चर्चा परिचर्चा हुन थालेको छ । देशभरका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा एकै साथ सम्पन्न हुने निर्वाचनकालागिविभिन्न पार्टीका स्थानीय स्तरका नेतामात्रै नभई स्वतन्त्र रुपमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । यसै सन्दर्भमा स्थानीय तहले खोजेको अबको नेतृत्व कस्तो हो त भन्ने कुराको हेक्का राख्नुपर्ने देखिन्छ।
आसन्न निर्वाचनले झण्डै दुई दशक सम्म जनप्रतिनिधिविहिन अवस्थामा चलेकास्थानीय निकायलाई नेतृत्व मात्र प्रदान गर्दैन देशमा लागु हुँदै गरेको सङ्घीय व्यवस्थालाई समेत बलियो बनाउँछ । अतस् निर्वाचित भएर आउने जनप्रतिनिधिले एकातार्फ जनअपेक्षा  बमोजिम विकास निर्माणका कार्यलाई तीव्रता दिनुपर्ने देखिन्छ भने अर्कातर्फ संविधानको मर्म र भावना अनुसार सङ्घीय प्रणालीको जग बसाल्न भूमिका खेल्नुपर्ने देखिन्छ  ।
स्थानीय तहको नेतृत्व गर्न तम्सिरहेका जोकोहीले पनी यसपटकस्थानीय तहकोनेतृत्व लिनु भनेकोएउटा ऐतिहासिक अवसरका साथै चुनौतीका रुपमा बुझ्नु पर्दछ । देशमा लागु  भएको नयाँ संविधान बमोजिम गठित स्थानीय तहको पहिलो नेतृत्व आफुले गर्न पाउनु अवसर हो भने नवगठित स्थानीय तहमा पूर्वाधार विकास गरी आ(आफ्ना स्थानीय तहलाई सक्षम बनाउनु चुनौती हुनेछ ।
स्थानीय तहको निर्वाचनमा विजयी भई स्थानीय सरकारको बागडोर सम्हाल्ने उत्कट चाहनाले मात्र अबको स्थानीय नेतृत्व सफल हुँदैन । तसर्थ एक कुशल नेतृत्व तथा व्यवस्थापकमा हुनुपर्ने गुणका अलावा स्थानीय तहको नेतृत्वकर्तामा निम्न गुणहरु हुनु आवश्यक छ ।
विकासप्रेमीस् विगत १९ वर्ष देखि स्थानीय निकायको चुनाव नहुँदा कर्मचारीको भरोषामा विकास निर्माणका कार्यहरु भए । राजनीतिक सहमतीका नाममा दलीय भागवण्डामा योजनाहरुबाँढिदाविकास निर्माण भन्दा पनी पार्टीका कार्यकर्ता पोष्नेकाम बढी भयो । अतस् जन आकांक्षा अनुसार स्पष्ट खाका सहित विकास निर्माणका कार्यलाई तीव्रता दिनु स्थानीय तहका नेतृत्वकर्ताकोपहिलो प्राथमिकता हुनुपर्दछ ।
दुरदर्शीस् विगतका स्थानीय निकायहरु भङ्ग भई हालका स्थानीय तहहरु गठन भएको र कार्यप्रणाली पनी विगतमा भन्दा फरक हुने कुरामा नेतृत्वकर्ता पूर्ण रुपमा जानकार हुनुपर्दछ । आफ्नो गाउँपालिकाया नगरपालिकाको केन्द्र, वडाकार्यालयहरु स्थापना गर्ने क्रममा विवाद हुनसक्ने हुँदा बहुसंख्यक जनताको हित हुने गरी निर्णय लिनु आवश्यक छ । साथै आफ्नो स्थानीय तहलाई सबल र सम्वृध्द बनाउनउपलब्ध श्रोत साधनको अधिकतम प्रयोग र आन्तरिक आय वृध्दि गर्ने उपाय निकाल्नुपर्दछ । नेतृत्वकर्ताले यस किसिमका निर्णय गर्दा दुरदर्शी हुनुपर्दछ ।
पङ्चुअल ९समयनिष्ठ०स् भनेको काम भनेको समयमा गर्ने, बचनको पक्का र भर पर्न लायक नेतृत्व जनताले चाहेका छन् । यो तथ्यलाई मनन गर्दै आफुले गर्न सक्ने कामको मात्र आश्वासन दिनुपर्दछ र सोहि अनुरुप कार्य गर्नुपर्दछ। खोक्रे आश्वासन र झुटको खेतीले जनता आक्रान्त भैसकेका छन् । यस्ता कुरालाई अबको नेतृत्वले राम्ररी ख्याल गर्नुपर्दछ ।
डाइनामिक ९परिवर्तनशील०स् समय र परिस्थिति अनुसार निर्णय लिन सक्ने नेतृत्वको अर्को क्षमता हो । विभिन्न अवसरको सदुपयोग गर्न र चुनौतिको सामना गर्न नेतृत्वमा परिवर्तनशीलताको गुण हुनै पर्दछ । आधुनिकीकरण र भूमण्डलीकरणको वर्तमान समयमा यथास्थितिबादी सोच त्यागी बदलिँदो समाजअनुरुप आफुलाई परिवर्तन गर्न सक्नुपर्दछ।
प्रविधिमैत्रीस् आफ्नो क्षेत्रमा हुने विकास निर्माणका कार्यमा आधुनिक प्रविधिमा जोड दिनुका साथै कार्यालयबाटप्रवाह हुने सेवा सुविधामा सूचना तथा संचार प्रविधिको प्रयोगमा जोड दिनु आवश्यक छ । यसका लागि लागि सामाग्री, पूर्वाधार र जनशक्तिको व्यवस्थापनमा ध्यान दिनुपर्दछ ।
स्थानीयतहकोअबकोनेतृत्व युवा जोश र नविनतम सोचको सहितको हुनुपर्दछ । नेतृत्व परिपक्व त हुनैपर्दछ साथसाथैशिक्षित र असल आचरणयुक्त हुनु आवश्यक छ । त्यतिमात्र होइन अबको स्थानीय नेतृत्व स्पष्ट वक्ता हुनुका साथै सबैको कुरा सुन्न सक्ने सामर्थ्ययुक्त हुनुपर्दछ ।
सरकारी कामकाजमा हुने ढिला सुस्ती, गैर जिम्मेवारीपन र भ्रष्टचार नियन्त्रण गर्न अबको स्थानीय नेतृत्वले अग्रणी भूमिका खेल्नुपर्दछ । पारदर्शिता, जवाफदेहिता र जनताप्रति उत्तरदायी हुने असल शासनकाऔजारलाई आत्मसाथ गर्दै दिगो विकासका लागि कार्य गर्नु नेतृत्वकर्ताकोकर्तव्य हुन आउँछ  ।
विशिष्ट ज्ञान आवश्यक पर्ने एवं प्राविधिक क्षेत्रसंग सम्वन्धित कार्य गर्दा छुट्टैसल्लाहकार राखी कार्य गर्नु बुध्दिमानी हुन्छ । कार्यालयका आनावश्यक खर्च कटौती गरी जनताको सेवा सुविधा वृध्दिमा बिशेष ध्यान दिनु, विकास निर्माणका कार्यमा अनुगमन र मुल्यांकनलाई प्रभावकारी बनाउनु र समय समयमा जनताको घरदैलोमा गई जनताको पिर मर्का बुझ्ने अभ्यास गर्नुले अबको स्थानीय तहको नेतृत्वकर्तालाईसफलतातर्फ उन्मुख गराउँछ ।
 
(लेखक अधिकारी पोखरा-२४, कास्कीकोट, कास्की घर भई हाल संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) अन्तर्गत जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीमा सूचना तथा संचार प्रविधि स्वयम्सेवक इन्जिनियर हुन् । )
 

नेता र नेतृत्वशास्त्र

संगठन वा समूहलाई विधिसम्मत तरिकाले उद्देश्य प्राप्त गर्ने दिशामा गतिशील बनाउन गरिने कार्य नेतृत्व हो । जर्ज टरीका अनुसार– ‘आपसी उद्देश्यका लागि व्यक्तिहरूलाई मनैदेखि प्रयत्न गर्न प्रभावित पार्ने क्रियाकलाप नै नेतृत्व हो ।’ एडुकेसन शब्दकोषअनुसार– ‘नेतृत्व भनेको मानिसलाई उद्देश्य प्राप्तिका लागि प्रेरणा, पथप्रदर्शन र निर्देशन गर्ने तत्परता र क्षमता हो ।’ नेतृत्व विकास एउटा निरन्तर प्रक्रिया हो । सफल नेतृत्वका लागि सकारात्मक सोच र सकारात्मक दृष्टिकोण सफलमार्ग हुने कुरालाई विद्वान्हरूले जोड दिने विषय रहेको छ । ज्ञान, गुण, बौद्धिकता र क्षमता नेतामा हुनुपर्ने आधारभूत कुरा नै मानिन्छन् । परिश्रम र समर्पण नभई सफल नेतृत्वकर्ता बन्न सकिँदैन भन्ने कुरामा यस क्षेत्रका विद्वान् सबैको साझा कुरा रहेको देखिन्छ । मन, बुद्धि र संस्कारको समन्वय गरेर काम गर्न सक्ने नेता नै सफल हुन्छ भन्ने नेतृत्वकलासम्बन्धी आमसहमतिको कुरा हो । मन भनेको संकल्प उठाउने, महान् सपना देख्ने सुन्दर संसारको परिकल्पना गर्ने कुरा हो । बुद्धि भनेको विश्लेषण गर्ने, निर्णय लिने, अरूको भावना बुझ्ने काम हो । संस्कार भनेको सभ्यता हो, चेतना हो, अरूमाथिको प्रभाव हो, बानी व्यहोरा हो । आधुनिक समाजशास्त्रको सिद्धान्तअनुसार नेतृत्वको क्षमता कुनै ईश्वरीय वरदान नभई व्यक्तिले विकास गर्ने कुरा हो । यसमा व्यक्तिका अनुवंशीय विशेषता र विशेष प्रतिभाहरूको भूमिका रहन्छ नै, यद्यपि परिस्थिति र आवश्यकताले सफल नेतृत्वको स्थापना गर्ने विज्ञानसम्मत कुरा हो । असल नेतृत्वका बारेमा कुरा गर्न जति सजिलो छ । असल नेतृत्वको लागि विकास गर्नुपर्ने क्षमता हासिल गर्न हुनुपर्ने अभ्यास गर्न त्यति सजिलो भने छैन ।
नेतृत्वसम्बन्धी पराम्परावादी सामन्ती दृष्टिकोण, सोच र संस्कारअनुसार संरचनाको उच्च तहमा रहेर अरूलाई निर्देशन गर्नु हो । नेतृत्वकर्तामा स्वत: विशेष गुण रहेको ठानिन्थ्यो । अझ घोर सामन्तवादी समयमा नेतृत्वकर्ता ईश्वरको प्रतिनिधि नै हो भन्ने गरिन्थ्यो । र, सर्वसाधारणलाई डर, धम्की, धार्मिक अन्धविश्वासमा रूमल्याउने कुराले नेतृत्वप्रति औँला उठाउन नसक्ने बनाएर राख्ने प्रयत्न गरिन्थ्यो । अरूको पैसा, अरूको श्रम, अरूलाई काम लगाएर आफू हिरो बन्ने चाहना पुरानो नेतृत्वको सोच हो । पद, प्रतिष्ठा, पैसा, सुविधा, स्रोत साधनमा हैकम कायम गर्न पाइने लालसाले नेतृत्वकर्ता हुन लालायित हुने सामन्ती प्रवृत्ति हो । नेतृत्वले नागरिकलाई सशक्तीकरण हुने बाटो देखाउनुपर्ने हो । राष्ट्रलाई विकासको बाटोमा अघि बढाउन सक्नुपर्ने हो । नेतृत्वसम्बन्धी आधुनिक अवधारणाले नेतालाई सेवक मान्दछ । परम्परागत रूपमा संरचनाको उच्च स्थानमा रहेर दिशानिर्देश गर्ने अवधारणा आधुनिक सिद्धान्तले अपूर्ण मान्दछ । आधुनिक अवधारणाअनुसार नेतृत्वकर्ता भनेको संगठन र सदस्यको असल सेवक हुनु र सबैसँग मिलेर काम गर्नु भन्ने रहेको छ । असल नेतृत्वकला भएको नेताले कुराकानीको वातावरण तातो होइन, सुमधुर बनाउन सक्छ । सीमित र साँघुरो विचारलाई फराकिलो खुला विचारको वातावरण तयार गर्न सक्छ । अनभिज्ञता र अल्पज्ञानको आधारमा नभई विस्तृत ज्ञानको आधारमा प्रस्तुति गर्न सक्छ । जोसपूर्ण अभिव्यक्तिको ठाउँमा तर्कपूर्ण अभिव्यक्ति ल्याउन सक्दछ । को ठीक को बेठीक होइन, के ठीक भनेर यथार्थ पहिल्याउने प्रयत्न असल नेतृत्वबाट हुन सक्छ । अझै असल नेतृत्वमा हुनुपर्ने चरित्रका विषयमा नेतृत्वशास्त्रको अध्ययनमा केही कुरालाई जोड दिइन्छ ।
सफल नेताले ठूलो सपना देख्नुपर्छ, उज्ज्वल भविष्यको योजना बनाउन सक्नुपर्छ । यो नेतामा हुनुपर्ने आधारभूत क्षमता हो । जो सुकै मानिसले कल्पना गरेर ठूलो सपना कोर्न सक्दैनन् । अल्बर्ट आइन्स्टाइनले कल्पना गर्नु र सपना बुन्नुलाई प्रतिभाशाली मानिसको काम भन्ने गर्दथे, सफल नेता पनि प्रतिभाशाली हुनुपर्दछ । उच्च महत्त्वाकांक्षा राख्नु, गहन प्रतिबद्धता हुनु, कडा परिश्रम गर्नु सफल नेतृत्वकर्ताका लागि नभइनहुने योग्यताका रूपमा लिइन्छ । प्रभावकारी नेतृत्वमा हुनुपर्ने योग्यताका रूपमा निष्कपट र इमानदार चरित्र, स्पष्ट वक्ता, स्थायी तथा एकीकृत विचारमा केन्द्रित, स्वयं निर्देशित हुनसक्ने, परिस्थितिअनुकूल हुन सक्ने, सहिष्णु व्यवहार भएको, उचित र निष्पक्ष मूल्यांकन गर्न सक्ने, उत्तेजनालाई नियन्त्रणमा राख्न सक्ने, सिक्ने–सिकाउने प्रभावकारी क्षमता र सीपले निपूर्ण, निर्णायक क्षमता, अप्रिय निर्णयसमेत गर्ने आँट र क्षमता भएको, नम्र तथा शालीन व्यक्तित्वको धनी । आदि विषयलाई नेतृत्वकर्तामा हुनुपर्ने गुणको रूपमा लिने गरिन्छ । नागरिकप्रति जिम्मेवार शिक्षानीति निर्माणको अभाव रहेको हाम्रो देशमा विगतमा यी विषयलाई आममानिसका लागि चाहिने विषय ठानिएनन् । तर, परिवर्तित अवस्थामा यस्ता विषयलाई प्राथमिक महत्वका विषय बनाइनुपर्छ । तब मात्र समाज विकासलाई टेवा पुर्‍याउने काममा शैक्षिक क्षेत्र अधिक सहयोगी हुनेछ ।
Source : Sourya Online