रविवार, 29 जुलाई 2018

कुशल नेतृत्वका लागि व्यक्तित्व विकास

सिनेटर नारायण शर्मा पूर्व अध्यक्ष पोखरा जेसीज
विश्वमा मानवजातीले अस्तित्व राखेको धेरै वर्ष पछि वार्षिक पात्रो बनाएर आफूलाई व्यवस्थित गर्न खोजेको पनि एक्काइसौं शताब्दी भई सकेको छ । यस एक्काइसौ शताब्दीको हामी मानवजातिहरू व्यक्ति–व्यक्तिमा परिवर्तन भईसकेको छौं । व्यक्ति व्यक्तिको आ–आनो प्रयासले संसारलाई नै साघु¥याउन थालेका छौं, संसारलाई नै सञ्चारको संजालमाध्यमबाट एक बनाउनु खोजेको छौं । व्यक्तिको अ–समिती चाहनाको खोजी बाटनै आज संचार जगतले जुन फड्को मारेको छा । त्यो सञ्चार क्षेत्रमा लागेका व्यक्तिहरूको व्यक्तित्वलाई त्यस क्षेत्रमा नेतृत्वले दिएको लक्ष्यका आधारमा सम्भव भएको हो ।
व्यक्तिलाई आवश्यक पर्ने व्यक्तिगत उपयोगका सामाग्रीहरू आफैले उत्पादन गर्न सक्षम हुनु पर्दछ भन्ने हाम्रो सामाजीक मान्यतामा विस्तारै परिवर्तन हु“दैछ । व्यक्ति जुनसुकै क्षेत्रमा लागेको भएपनि व्यक्तिले आफनो व्यक्तित्व निर्माण गर्नु पर्दछ भन्ने सोचाई आम जनमानसमा आउन थालेको छ । व्यक्तिले आफ्नो व्यक्तिगत सिप अभिवृद्धिद्वारा लिएको विशेषता, अध्ययनबाट लिएको कार्य दक्षताको शक्ति, गरेका कार्यहरूबाट पाएको उत्कृष्टताको क्षमतालाई आंकलन गरी व्यक्तिको कुन क्षेत्रमा विशेषज्ञता हासिल गरी त्यस क्षेत्रमा आफनो छवि कायम गरी आफना व्यक्तित्व विकास गर्न सक्षम भएको छ त्यसमा चर्चा हुन थालेको छ । 

जुन व्यक्तिले कुनै पनि विषयमा समाज सकारात्मक देन दिन सकेको छ र त्यस विषयमा आफ्ना विचारहरूबाट समुदायको स्वरुप परिवर्तन गराउन हरपल क्रियासिल रहन सकेको छ भने त्यस व्यक्तिमा नेतृत्वको गुण विकास भएको हुन्छ । जब कुनै व्यक्ति आफनोे विचार अनुसारको उदाहरणीय बन्न सक्ने र त्यस विषयमा अरुलाई प्रेरीत गर्न सक्ने क्षमता राख्न सक्दछ भने त्यस व्यक्तिलाई नेतृत्व वहन गर्न सक्ने व्यक्तिको रुपमा हेरिन्छ । यदि कुनै व्यक्ति आफना उद्देश्यहरूलाई मुखरीत पार्दै आफ्ना भावनाहरू र मान्यताहरूमा आफू वरपर का व्यक्तिहरूलाई अगाडि बढाउन सक्ने कार्य प्रदर्शन गर्न सक्षम हुन्छ भने त्यस्ता व्यक्तिहरूको नेतृत्व मान्न तयार हुन्छौं । 

नेतृत्व र व्यक्तित्वका विषयमा धेरै अन्यौल र मतभेदहरू देखिन्छन् । व्यक्तित्व र नेतृत्व एक हुन वा होइनन् ? भन्ने विषयमा विचारकहरू पनि एकमत हुन सकिरहेका छैनन् । नेतृत्व प्राय निर्वाचित नै हुन्छन् भन्ने मान्यताले गर्दा यस्तो भएको हो जस्तो लाग्दछ मलाई । नेतृत्व जुनसुकै व्यक्तिले पनि जुनसुकै स्थलमा जुनसुकै कार्यमा पनि लिन सक्दछ । चाहे त्यो राम्रो नराम्रो तरीका, प्रजातन्त्रीक, तानाशाही हुन्छ बहादुर शैली होस् या सदस्यहरूले मनपराउन नपराउन उ नेतृत्वमा रहन सक्दछ । तर व्यक्तित्व फरक हुन्छ । व्यक्तिको व्यक्तित्व निर्माण भएको कुरा स्वयं व्यक्तिलाई पनि थाहा नहुन सक्दछ । व्यक्तित्व निर्माणका लािग व्यक्तिलाई दशकौको समय लाग्न सक्दछ तर नेतृत्व लिन व्यक्तिले क्षणभरमा पनि सक्दछ । यसर्थ व्यक्तिमा नेतृत्व विकास र व्यक्तित्व विकास हुने प्रक्रिया फरक फरक ढंगबाट संचालित हुन्छन् । 

नेतृत्वका माथि उल्लेख गरिएका कुराहरूमा नेतृत्वका गुणहरूको विकास गर्न सक्ने, नेतृत्व वहन गर्न सक्ने र नेतृत्व लिन सक्षम व्यक्ति बारेमा हामीले समाजमा धेरै व्यक्तिहरू देखेका छौं । उनीहरू नेतृत्वमा यी ३ विधामा पारड्डत पनि छन् । तर तिनीहरू किन नेतृत्व लिन सक्दैनन् वा नेतृत्व लिन हिच्कीचाउदछन् । हामी कहा“ नेतृत्व प्रदान गर्न सक्ने संघ संस्थाको कमी भएजस्तो पनि लाग्दैन तर प्रयास नेतृत्वको खरेडी रहन्छ किन ? यो एउटा सधै मन खाइरहने प्रश्न हो । यस प्रश्नको आम नागरीकलाई पनि बेला बेलामा सोच्न बाध्य बनाउदछ । यसको लागि हामीले व्यक्तित्व युक्त नेतृत्व व्यक्ति नदेख्नु नै मुख्य कारण तत्व हो । 

कुनै पनि क्षेत्रमा लागेको व्यक्ति कुशल हुनुपर्दछ भन्ने कुरामा हामीले बारम्बार सुन्दै आएको ज्ञानका कुरा हो । व्यक्ति कुशल नबनेसम्म कुशल समाजको निर्माण हुन सक्दैन, कुशल समाजको निर्माण नभइकल कुशल नेतृत्व प्रदान गर्न सकिदैन । कुशल नेतृत्वका लागि कुशल व्यक्ति र कुशल समाजको परिकल्पना गर्दा पनि फेरी व्यक्तिको व्यक्तित्वमै फर्किनु पर्दछ । व्यक्तिमा निहीत असीमित प्रतिभाका भण्डारलाई समुदाय सामु अगाडी ल्याएर व्यक्तिको प्रतिभा प्रस्फुटित गराउनु नै व्यक्तित्व निर्माणको प्रथम चरण हो । व्यक्तित्व विकासका माध्यममा लागेको व्यक्तिले नै व्यक्तित्व विकासमा अवसर र चुनौतीहरू प्राप्त गर्दछन् । व्यक्तिले आफनो व्यक्तित्व निर्माणको क्रममा चालेको प्रयासबाट व्यक्ति स्वयंलाई त फाइदा पुग्दछ नै त्यसभन्दा बढी समुदाय र समाजलाई फाईदा पुग्न पनि सक्दछ । समुदायमा पुग्न सक्ने फाईदा र सेवाका आधारमा व्यक्तिको व्यक्तित्व मापन गरिन्छ । व्यक्तिद्वारा स्थापित कार्यक्षमताको स्तरनै व्यक्तिको व्यक्तित्व स्थापीत हुने क्रम हो ।
जब व्यक्तिमा व्यक्तित्व स्थापीत हुने क्रम शुरुवात हुन्छ तब मात्र उसमा कुशल नेतृत्व लिन सक्ने क्षमता क्रमीक सुधार हुन थाल्दछ । नेतृत्वका सिपहरू नेतृत्वका प्रकारहरू, नेतृत्वका शैलीहरू, नेतृत्वमा हुनुपर्ने गुणहरू, एवं नेतृत्वले दिन सक्ने असिमित सुधारका क्षेत्रहरू पहिचान र कार्य सम्पादन गर्न दिन सक्ने व्यापक अवसरहरू कुशल व्यक्तित्व भएका व्यक्तिहरूबाट मात्र दिन सक्दछन् । नेतृत्व एक प्रयोगात्मक सिप हो भने व्यक्तित्व व्यक्तिमा रहने गुण र सिपको विकासको गुणात्मक विशेषज्ञता हो । कुशल नेतृत्वका लागि पूर्ण नेतृत्व दिन सक्ने क्षमता भएको व्यक्ति आवश्यक पर्दछ जुन आवश्यकतालाई पुरा गर्न व्यक्तित्व विकासका माध्यमबाट प्रयोग, उपयोग र चेतना अभिवृद्धि कार्यमा सबैलाई समाहित गराउन सक्ने व्यक्तिद्वारा मात्र सक्दछन् । यसर्थ कुशल नेतृत्वका लागि व्यक्तित्व विकास अपरिहार्य भएको हुन्छ ।

नेपालमा नेता छन्, नेतृत्व छैन

संविधानसभाले नया संविधान लेखेर घोषणा गर्ने म्याद अब दुई महिना पनि बँकी छैन । तर, अझै पनि विवादका प्रमुख विषयमा दलहरूबीच सहमति जुट्न सकेको छैन । सबै कुरा एघारौं घन्टामा र चर्को दबाबका बीच गर्ने बानी लागेका नेपालका दलले अब बाकी रहेका राज्य पुनःसंरचना, शासकीय स्वरूप र न्याय प्रणालीजस्ता आधारभूत महत्वका विवादका विषयमा र सेना समायोजनमा पनि अन्तिम घडीमा मात्र टुंगो लाउलान् भनेर अड्कल काट्न गाह्रो छैन ।
सडकमा अचेल चिनेका मानिस एउटै प्रश्न सोध्ने गर्छन्– के १४ जेठमा संविधान जारी होला ? संविधान १४ जेठमै जारी हुनेमा मलाई कुनै शंका छैन, किनकि दलहरूसित अब संविधान तोकिएकै मितिमा जारी गर्नाको कुनै विकल्प छैन । उनीहरूले कस्तो संविधान जारी गर्छन्, त्यसमा मात्र शंका छ । नेपालका जनताले खोजेको जस्तोसुकै भए पनि एकथान संविधान होइन, त्यस्तो रूपान्तरणकारी संविधान हो, जसले यसअघि देशमा भीषण सशस्त्र द्वन्द्व चर्किनाको जरो कारणलाई सम्बोधन गरोस् । अहिलेको छाटकाट तोकिएकै मितिमा संविधान त जारी हुनेछ तर संघीयताका आधारभूत विषयलाई पछि टुंग्याउनका लागि थाती राखेर अपूरो संविधान जारी हुने देखिन्छ । साच्चै यस्तो भयो भने त्यो संविधान जारी भएकै दिन अस्विकार्य छ भनेर यत्रतत्र जल्न बेर छैन जुन नेपाली राजनीतिमा अर्को ठूलो दुर्घटना हुनेछ । जनतालाई स्विकार्य हुने किसिमको र यसअघिको संविधानभन्दा गुणात्मक ढंगले प्रगतिशील संविधान जारी हुनुपर्छ । हामीले ००४ सालयता गएको ६४ वर्षमा ६ थान संविधान जारी गरिसक्यौ“ । सालाखाला हरेक १० वर्षमा एउटा संविधान फेर्ने देशका रूपमा नेपाल बदनाम छ ।
नेपालको राजनीतिको विडम्बना भनेको हरेक दलमा नेताहरू टन्नै छन्, तर नेतृत्व छैन । कुनै पनि नेता देशको नेता हुनु त परै जाओस्, आङ्खनो दलको नेतासमेत हुनसकेको देखिदैन । हरेक दलमा गुटहरूको संयुक्त मोर्चासिवाय केही देखिदैन र हरेक नेताले कुनै खास गुटको अगुवा हुने हैसियतबाहेक अरू देखाइरहेका छैनन् । नेतृत्व भनेको कुनै अमूर्त आदर्शवादी कुरो होइन । नेतृत्व भनेको अन्धकारमा पनि बाटो देखाउने योग्यता राख्ने हुनुपर्छ । बृहत् सामाजिक स्वार्थका लागि आङ्खना निजी स्वार्थको नोक्सानी बेहोर्ने गुणसगै आफूसित असहमति राख्ने र आङ्खना विरोधीलाई पनि सगै लिएर हिड्ने क्षमता राख्ने हुनुपर्छ । नेतृत्व भनेको अति संकटको बेलामा पनि सफलतापूर्वक डुंगा पार लाउने योग्यताको नाम हो । विश्वमा जो–जति नेता भए ती यिनै गुणका कारण नेता भए । अब्राहम लिंकन, गान्धी, लेनिन वा माओ यी सबै अत्यन्त संकटको बेलामा पनि देशको नेतृत्व गर्न सफल भए ।
नेपालमा पटक–पटक सफल विद्रोहसम्म गर्न सक्ने नेता त देखिएका छन् तर त्यसपछिको क्रान्तिको व्यवस्थापन गर्नसक्ने नेतृत्व देखापरिरहेको छैन । ००७ सालमा राणा सामन्तवादविरुद्ध सफल विद्रोह भएकै हो तर त्यसपछिको क्रान्तिको व्यवस्थापन ठीकसित हुन सकेन । ०४६ सालमा राजाको सामन्तवादविरुद्ध पनि विद्रोह भएकै हो तर त्यसपछि ठीक त्यस्तै महाभूल भयो । अहिले ०६३ सालमा पनि जनयुद्ध र जनआन्दोलनको सम्मिलनबाट राजाकै सामन्तवादविरुद्ध फेरि एकचोटि संसार नै हल्लाउने हदको राजनीतिक विद्रोह भएको छ तर त्यसपछिको क्रान्तिको व्यवस्थापनका लागि कुशल र सक्षम नेतृत्व देखापरिरहेको छैन । नेपालका नेताको सामूहिक असफलता भनेको उनीहरू भएभरका राम्रा सम्भावनालाई आङ्खनो अकर्मण्यता र निजी स्वार्थका कारण तुहाएर देशको लागि ठूलो संकट निम्त्याइरहेछन् । संविधानसभा भनेको अरू केही होइन क्रान्तिका राजनीतिक उपलब्धिलाई नया“ संविधानमार्फत संस्थागत र व्यवस्थापन गर्ने साधन मात्र हो । यही संविधानसभालाई यस काममा ठीकसित बेलैमा उपयोग गर्न नसक्दा हाम्रा क्रान्तिका उपलब्धि खेर जाने अवस्था आएको छ । संविधानसभा विफल हुने तर नेपालका नेता सफल हुने भन्ने हुदैन । संविधानसभा विफल हुदा नेपालका सबै नेता विफल सावित हुने हो । संविधानसभालाई सफल पार्न नेताहरूले गर्नुपर्ने काम धेरै छैन्, उनीहरूले १० वटा विषयगत समितिले सर्वसम्मतिले टुंग्याएका तमाम कुरालाई नया संविधानका रूपमा लिपिबद्ध गरिदिए पुग्छ, विवादित केही आधारभूत महत्वका विषयलाई अग्रगामी ढंगले टुंग्याए पुग्छ । ०४७ सालको संविधानका दोषबाट मुक्त र नेपालको अन्तरिम संविधानभन्दा थोरै प्रगतिशील र मूर्त संविधान ल्याए अहिलेलाई पर्याप्त हुन्छ । नाम जे दिइए पनि निम्न ६ वटा अन्तर्वस्तु भए भने नया संविधान पहिलेका दोषबाट मुक्त हुनेछ ।
पहिलो, यसअघिको संविधानमा राज्य संरचना समतामूलक ढंगले समावेशी थिएन, अबको राज्यलाई वर्गीय, लैंगिक, क्षेत्रीय, जातीय र सांस्कृतिक हिसाबले समानुपातिक, समतामूलक र समावेशी बनाउने । दोस्रो, यसअघिको राज्य संरचनामा सत्ता र स्रोत केन्द्रमा थुप्रिएको थियो, अब त्यसलाई विकेन्द्रित गरेर प्रदेश र भुइ तहको स्थानीय निकायमा ल्याउने । तेस्रो, यसअघिको राज्यमा सम्पत्ति र प्राकृतिक स्रोतको न्यायपूर्ण र समतामूलक वितरणको व्यवस्था थिएन, अबको संविधानमा त्यसको व्यवस्था गर्ने । चौथो, यसअघिको राज्यमा शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, असहाय अवस्थामा भरणपोषणका मामलामा सबै नागरिकको पहुच सुनिश्चित भएको लोककल्याणकारी राज्य र सामाजिक सुरक्षाको व्यवस्था थिएन, अब त्यो सम्भव बनाउने । पाचौं, यसअघिको शासकीय संरचनामा बढी मत ल्याउनेले सबै कुरा लिन्थ्यो अरू अधिकांशले केही पाउदैनथे र त्यो शासकीय स्वरूप लगातार राजनीतिक अस्थिरता पैदा गर्ने खालको थियो । अब राजनीतिक स्थिरता हुने ढंगले हरेक तहको कार्यकारी शासकीय परिषद्लाई समावेशी बनाउने र शासकचाहि जनताले सिधै चुन्ने बनाउने र छैटौं, यसअघिको संविधानमा सबै कुरा परिवर्तनीय थिएन, अब संविधानका सबै कुरा परिवर्तनशील बनाउनु पर्ने हुन्छ । अहिलेको आवश्यकता भनेको राजनीतिक दलहरू संविधानसभाबाहिर होइन, त्यसभित्र रातोदिन बसुन् र यी अन्तर्वस्तु नया संविधानमा पर्नेगरी नया संविधान लेख्दै शान्तिप्रक्रियाका गाठा पनि फुकाऊन् । आम जनताको कामना यो छ कि नेपालका नेताले अहिलेको संकटबाट देशलाई पार लाउने नेतृत्व क्षमता देखाऊन् ।

कस्ता नेता, कसका नेता ?

वारेन बेनिसले भनेका छन्–‘नेतृत्व भनेको योजनालाई यथार्थमा बदल्न सक्नु हो ।’ जोन म्याक्सवेलले नेता भनेको बाटो चिन्ने, बाटोमा हिड्ने र बाटो देखाउने व्यक्ति हो भनेका छन् । साधारणतया समाजको मौजुद संरचना र परिस्थितीबाट समाजलाई प्रगतिशिल बाटोमा अघि बढाउने व्यक्ति नै नेता हुन् ।
sudesh-Parajuliराजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक आन्दोलनका अलग अलग नेता हुन सक्छन् तर सबैको मुल भनेको राजनीतिक नेतृत्व नै हो । संसारको राजनीतिक आन्दोलनमा विचारका हिसाबले काल्र्स माक्र्स अहिलेसम्मकै सर्वमान्य विचारक हुन् । प्रगतिशिल विचारका आधारमा राजनीतिक क्रान्तिलाई सम्पन्न गर्दै विश्व मञ्चमा प्रगतिशिल झण्डा फहराउने महान राजनीतिज्ञका रुपमा लेलिन, माओत्सेतुङको नाम अग्रपंक्तिमा आउँछ ।

अहिले संसार मार्क्सले अघि सारेको विचार र त्यसका जगमा स्थापना गरिएका राज्य सत्ताहरुको पक्ष र विपक्षमै सिमित भएको छ । विचारका हिसाबले कार्ल मार्क्सले अघि सारेको कम्युनिष्ट दृष्टिकोण र राज्य सत्ताका हिसाबले रसिया, चीन, भेनेजुयला र क्युबालीहरु सामान्यतया एकातिर देखिन्छन् भने अमेरिका, बेलायत, जर्मन र जापान लगायतका राज्य सत्ताहरु तिनका विपरिद ध्रुवमा उभिएका छन् ।
जसरी संसार विचार राज्य सत्ताका आधारमा दुई ध्रुवमा विभाजित भएको छ, नेपालको राजनीतिक आन्दोलन पनि मुलतः दुई ध्रुवमै विभाजित भएको देखिन्छ । नेपालको राजनीतिमा कम्युनिष्ट र गैर कम्युनिष्ट शक्तिहरुका बिचमा मुलभूत संघर्ष देखिन्छ तर त्यो रुपमा भने कहिले जातीय त कहिले क्षेत्रीय शक्तिहरुको गठजोडमा सरकार गठन र विघटनका श्रृंखलाहरुमा पनि अभिव्यक्त भैरहेको छ । तर विचारका रुपमा हेर्ने हो भने कम्युनिष्ट र गैर कम्युनिष्टबीचकै संघर्ष हो । जातीय र क्षेत्रीयतावाद भने क्षणिक जस्तै हुन् ।
राजनीतिक नेतृत्वले जनताका लागि बाँच्न सकेन भने ऊ जनताको नेता बन्नै सक्दैन। तर नेपाली राजनीतिमा यतिबेला कस्को नेता बन्ने र कस्तो नेता बन्ने भन्ने मान्यता नै गौण हुँदै गएको छ । देश र जनता प्रति बफादार भन्दा पनि सिमित झुण्डहरुका आधारित नेता बन्ने परिपाटी वृद्धि हुँदै गएको छ । समाजमा प्रतिष्ठा कमाउने नाममा मौलिक प्रतिष्ठा गुमाउने प्रवृति बढेको छ । सत्ता र शक्तिको भोकले राजनीतिज्ञहरुले नैतिक र अनैतिक कर्मबीचको भेद बुझ्न छाडेका छन् । पार्टी र संगठनहरु सम्मेलनदेखि सम्मेलनसम्म सिमित भएका छन् । सरकारहरु गठन र बिघठन अप्राकृतिक श्रृंखलामा रुमलिएका छन् । लोकतन्त्र भनेकै सरकार गठन र बिघठन हो भन्ने नजिर स्थापित गर्न खोजिदैछ । लोकतन्त्रमा सरकार गठन र विघठनलाई सामान्य प्रक्रिया मानिन्छ तर सरकार बनाउने र गिराउने प्रक्रिया मात्रै पनि लोकतन्त्र होइन, त्यो त लोकतन्त्रको सबै भन्दा कुरुप पक्ष हो । लोकतन्त्रको कुरुप पक्षलाई प्रश्रय दिँदै सुन्दर पक्षमाथी प्रहार भैरहेको छ । जसले गर्दा उनीहरु प्रतिको जनविश्वास घट्दै गैरहेको छ ।
यतिबेला राजनीतिक नेतृत्व यति अलोकप्रिय बन्ने बाटोमा अघि बढेको छ की अब फलानो नेता आउँदैछन्, उनले देश बनाउने कुरा बोल्नेछन् भनेर कसैले पत्याउनै छोडिसकेका छन् । समाज बदल्छु, देश बनाउँछु भन्नेहरु आखिर किन यस्तो बाटोमा अघि बढे ? यो प्रश्नको जवाफ सरल छ । देश बनाउँछु भन्नेहरुले देश बनाउने योजना ल्याउन सकेनन् । गरिबका नेता बन्छु भन्नेहरु रातारात सडकबाट महलमा पुगे । झुपडीबाट नव धनाढ्यका रुपमा स्थापित भए । तर जनताको चुलो चौको उस्तै रह्यो । भारी बोक्नेहरु, कुटो कोदालो र हलो समाउनेहरु अनि गीट्टी बालुवा कुट्नेहरुलाई बाढिएको मुक्तिको सपना फगत सपनै रह्यो ।
लोकतन्त्रका नाममा जनतामाथी शासन गर्नेहरुले त जनताका पिरपर्का नबुझ्नु नौलो कुरै भएन । गरिबका नाममा नाममा राजनीति गर्ने, संसारमा सामाजिक न्याय र समानताको वकालत गर्ने कम्युनिष्टहरुले नै पनि जनताका मागको यथोचित सम्बोधन गर्न नसक्नु दुर्भाग्य नै हो । द्धन्द्धात्मक भौतिकवादालाई आत्मसाथ गर्ने कम्युनिष्ट पार्टी भित्र पनि वैचारिक संघर्षका नाममा झुण्डहरुको निर्माणले प्राथमिकता पाईरहेको छ ।
जनजिबिका, सामाजिक रुपान्तरण र राज्य सत्ताको चरित्र परिवर्तनका सवालहरुले महत्व पाउनै छाडेका छन् । राजनीतिक नेतृत्व र पार्टीका गतिबिधीहरु फराकिलो हुन छाडेर झनै साँघुरिँदै गएका छन् । वैचारिक संघर्ष व्यक्तिमा पुगेर टुंगिन थालेका छन् । अन्तरसंघर्षहरुका खुम्चिएर गुटगट आरोप प्रत्यारोपहरुमा बदलिन थालेका छन् । राजनीतिज्ञहरु नेता त बनिरहेका छन तर कस्को नेता बनिरहेका छौं भन्ने हेक्का आफैले पनि पाउन सकिरहेका छैनन् ।
यसको ज्वलन्त उदाहरण हो नेकपा(एमाले), माओवादी केन्द्र जस्ता मुलधारका कम्युनिष्ट पार्टीहरुमा देखिएको पदलोलुपता तथा गुट बन्दी हुन् । काँग्रेस भित्रको झगडा त इतिहासदेखि नै छर्लंग छदैछ । काँग्रेसभित्रकै आन्तरिक कलहका कारण २०१७ सालमा तत्कालिन राजा महेन्द्रले प्रजातन्त्र मासेको इतिहास हामीसँगै छ । फेरी त्यहि काँग्रेसबिचको गुटबन्दीकै कारण ज्ञानेन्द्र शाहले पछिल्लो पटक प्रजातन्त्रको घाँटी निमोठेका थिए । अस्वस्थ आन्तरिक प्रतिष्पर्धाकै कारण नेकपा(एमाले) फुटको शिकार भएको थियो र २०५६ सालको निर्वाचनमा भारी बहुमत ल्याएर जनपक्षिय शासन सञ्चालन गर्ने अवसरबाट चुकेको थियो । पछिल्लो पटक माओवादी पार्टी पनि त्यस्तै गुटको चपेटामा फसेर पटक पटक फुटको शिकार भैसकेको छ । राजनीतिक सिद्धान्त र स्पष्ट गन्तब्य बिनै च्याउ जस्तै राजनीतिक पार्टी गठन भएका छन् । बल्ल बल्ल जमानत जोगाएर एकाध समानुपातिक सिट प्राप्त गरेका पार्टीहरु पनि पटक पटक बिभाजनको शिकार भएका छन् ।
अधिकांशलाई पार्टीको अध्यक्ष नै बन्ने भुत सवार भएको छ । नेता बन्ने खेति यति फस्टाएको छ की अब सडकमा हिड्दा कुम ठोक्कियो भने त्यो कुनै पार्टीको केन्द्रिय सदस्य हुन सक्ने सम्भावना बढेको छ । पार्टी के हो ? त्यसको निर्माणका वैचारिक र सैद्धान्तिक आधार के हुन् ? कुन वर्गका लागि पार्टी निर्माण गर्ने हो ? तत्कालिन तथा दिर्घकालिन रणनीतिक के हुन ? आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण कसरी गर्ने भन्ने ठोस योजना बिनै लहैलहैमा नेता बन्ने होडबाजी चलेको छ । नयाँ खुल्ने पार्टीहरु कुनै पनि रुपमा योजना तथा कार्यक्रमबारे स्पष्ट छैनन् नै ।
पुराना र स्थापित राजनीतिक दलहरुका व्यवहारहरुले पनि जन चाहानालाई सम्बोधन गर्न सकिरहेका छैनन् । समाजलाई एकिकृत गर्ने जिम्मेवारी पाएकाहरु आफ्नै नेतृत्वमा समाजलाई खण्डित बनाइरहेका छन् । आखिर हामी कस्ता नेता र कस्ता नेता बन्न खोजिरहेका छौं ? यो प्रश्न दिन दुई गुणा रात चार गुणा पेचिलो बन्दै गएको छ । जतिसक्यो चाँडो हामी कस्ता र कस्का नेता बन्न खोजिरहेका छौं भन्ने स्पष्ट एकिन हुनु आवश्यक छ । गरिबका कुरा गरेर नव धनाढ्यका रुपमा स्थापित हुने छुट कसैलाई छैन र जनताले त्यस्तो प्रवृत्तिलाई कहिल्यै माफी गर्ने छैनन् ।
लेखक एमाले सम्बद्द  बिद्यार्थी संगठन अनेरास्ववियुका सचिव हुन् 

दीगो सिकाइ र सफलताका लागि प्रेरणा

आर. के. ढुंगाना
संसारमा सफलतालाई परिभाषित गर्ने अनेक आयामहरु हुन्छन् । लक्ष्य प्राप्तिलाई सफलता मान्ने हो भने लक्ष्यमा पुग्ने पहिलो आधार कुनै पनि ज्ञान, सिप र कलामा निपुणता प्राप्त गरि हुने दिगो सिकाइलाई मान्न सकिन्छ । सिकाइ आफैमा निरन्तर प्रक्रिया हो । सफलताको सुचक पनि सिकाइको निरन्तरतामा आउने सकरात्मक परिणामहरुको आधारमा निर्धारित हुने गर्दछ । सिकाइ र सफलता एक अर्काका परिपूरक पनि हुन् । सफल जीन्दगीको परिभाषा र भोगाइभित्र नभइ नहुने कुरा हो–अर्थपूर्ण सिकाइ, सकारात्मक रुपान्तरणको निरन्तरता र खुसी प्राप्ति । व्यक्तिले ठान्ने सफलता र बाह्य जगतले मान्ने सफलता फरक हुन्छन् । व्यक्तिगत रुपमा ठान्दा व्यक्तिले लिएको लक्ष्य प्राप्तिलाई सफलताको आधार मान्न सकिन्छ । समाजले मान्ने सफलताको सुचक भने फरक हुन सक्दछ । नदेखिएको संघर्षलाई अवमूल्यन गर्दै देखिएको प्राप्तिलाई मात्र मूल्याङ्कन गरेर सफलतालाई दाज्नु उचित हुदैँन । निरन्तर संघर्ष र अनुभवहरु नै सफलताको आधार हुन । सफलताका लागि उत्प्ररित गर्न बाह्य अथवा आन्तरिक, दुवै उत्प्ररेणाको आवश्यकता हुन्छ । आजको विज्ञान र प्रविधिको जमानामा मानिस क्षणभरमै कुनै कर्म लागि उत्साहित र अभिप्रेरित हुन सक्दछ, त्यसैगरि रत्तीभरमै अघिको उत्प्रेरणा हराउन सक्छ । मानिस विरलै घण्टौसम्म एउटै विषयवस्तु वा कोर्समा तल्लिन हुन सक्दछ । लामो अध्ययन, अनुसन्धान र ध्यानबाट मात्र मानिसमा ज्ञानको अथाह उर्जा प्राप्त हुन्छ । जव व्यक्ति कुनै एउटा कर्मलाई सफल नबनाएसम्म, अध्ययन र अनुसन्धानको तात्विक ज्ञान प्राप्त नगरेसम्म अगाडि बढ्न प्रेरित भइरहन्छ, तवमात्र दिगो सिकाइको लागि आधार तयार हुन्छ ।
जो कोहिको जीवन अत्यन्तै मूल्यवान छ, तर हामीले जानेर वा नजानेर यसको अवमूल्यन गरिरहेका हुन्छौँ । हामी सबै सफल हुन चाहन्छौँ तर चुक्न चाहँदैनौँ, झुक्न चाहँदैनौँ । जीवनमा सफलता भनेको कुनै रोगको विरुद्ध एन्टिवायोटिक खाए जसरी प्राप्त हुँदैन । यो त एक निरन्तर योजनावद्ध प्रक्रियाबाट मात्र प्राप्त हुन्छ । जुन पक्रियामा निरन्तर प्रेरणाको प्रमुख भूमिका रहन्छ । कुनै पनि मानिस दुई तरिकाबाट उत्प्रेरित हुन सक्छ, एक जीवन र जगतको अध्ययनबाट भित्रैबाट उत्पन्न हुने आन्तरिक उत्प्रेरणा र अर्को अरुले भरिदिने, भराइदिने र वातावरणले प्रवाह गरिदिने बाह्य उत्प्रेरणा । यी दुईमा सवैभन्दा प्रभावकारी भनेको आन्तरिक उत्प्रेरणा नै हो । यसको प्राप्तिका लागि सत्कर्म, लक्ष्यप्राप्तिको तिव्र इच्छाशक्ति र प्रतिकुल वातावरणका बाबजुत अगाडि बढ्ने ट्याक्टिसको आवश्यकता हुन्छ ।
कुनै व्यक्ति विशेषको बिलकुल हामी सबैले आफ्नो कार्य अनि संघर्षलाई अंगालेका छौँ । सबै आ–आफ्नो गतिअनुसार दौडमा छौ तर बिडम्वना ती सबै संघर्षशील जीवनहरुलाई सफल भएको देख्दैनौ, केवल थोरै प्रतिशत मात्रै सफल भएको हामी पाउँछौँ । आखिर के हो त त्यो जड तत्व जसले हामीलाई सफल बनाउँछ र जसको कमीले मानिसलाई असफलतामा नै रुमलिएर बेवारिसे जीवन जीउन बाध्य तुल्याउँछ । हामीले बुझ्नुपर्ने कुराको चुरो यहि छ । मानिसलाई सहि मार्गमा डोहो¥याएर गन्तव्यमा सफल अवतरण गर्न नभइ नहुने कुरा हो व्यक्तिको तिव्र इच्छाशक्ति र आन्तरिक उत्प्रेरणा । यहि मानिसले लिएको लक्ष्य सहि छ, सहि योजना र रणनीति बनाएर अगाडि बढेको छ, र लक्ष्यप्राप्तिको आन्तरिक उत्प्रेरणामा अडिग छ भने भने जस्तोसुकै प्रतिकुल समय, चुनौति र वाधाव्यवधानका बाबजुत सफल भएरै छोड्दछ । त्यसैले सफल जीन्दगीको कुनै पनि वास्तविक कथा र इतिहासमा व्यक्तिको आन्तरिक उत्प्रेरणा र इच्छाशक्तिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
यसै प्रसङ्गमा तीब्र इच्छाशक्ति र आन्तरिक उत्प्रेरणाको कुरा प्रस्ट्याउन एउटा सान्दर्भिक कथा जोड्नु उपयुक्त होला । कुनै एउटा दरबारमा राजाले कुकुर पाल्ने मनसाय बनाए । कुकुरलाई पाल्ने योजनामुताविक सहजै पाइने गाँउले कुकुरभन्दा शहरमा पालिएको राम्रो किसिमको कुकुरलाई लाखौँ खर्च गरेर ल्याइयो । उक्त कुकुर एकदम हृष्टपुष्ट थियो, बलियो थियो र हैर्दै खाइलाग्दो पनि । एकदिन अचानक दरबारमा मृग पस्यो । त्यो मृग देखेपछि राजालाई मृगको मासु खान मन लाग्यो । मृग मार्न उक्त कुकुरलाई खटाइयो । कुकुरले कडा मेहनतले लखेट्यो तर विडम्बना उसले मृग मार्न सकेन, मृग दरबारबाट भागेर बाहिर निस्कियो । बाहिर एउटा भुसिया कुकुरले मृगलाई देख्यो र खेदायो । अन्ततः उसले मृगलाई मारेर खान सफल भयो । यो अचम्मको दृश्य राजाले देखिरहेका थिए । उनले आश्चर्य मान्दै सोधे, त्यो लाखौँ खर्च गरेर पालेको कुकुरले जाबो एउटा मृग मार्न सकेन तर बाहिरको भोको भुसिया कुकुरले मार्यो ! कसरी यस्तो भयो ? दरबारको एकजना मन्त्रीले भने महाराज दरबारको कुकुरले अरुको भोकको लागि, अरुको इच्छाको लागि काम गर्दै थियो भने बाहिरको भुसिया कुकुरले आफ्नो भोकको लागि, आफ्नो तीब्र चाहनाको लागि काम गर्दै थियो । भित्रको कुकुरलाई बाह्य उत्प्रेरणाले उत्प्रेरित गरेको थियो तर बाहिरको कुकुरलाई उसको आन्तरिक उत्प्रेरणाले काम गरेको थियो ।
कथामा भनिएजस्तै साँच्चै हामी के गर्दैछौ ? र हाम्रो आन्तरिक प्रेरणाको स्रोत के छ ? आफ्नो लक्ष्य प्राप्तिका लागि कति भोका छौ ? भन्ने कुराले हाम्रो काम गराइ र सिकाइमा फरक पारेको हुन्छ । वास्तवमा हामी कसका लागि संघर्ष गर्दैछौँ ? यदि सफलताका लािग हो भने हाम्रो सिक्ने शैलि, चिन्तन गर्ने शैलि, इच्छाशक्ति र आत्तरिक उत्प्रेरणालाई मजबुत बनाउन जरुरी छ । सफलता एकै पाइलामा पाइने कुरा होइन् । हरेक दिनको सहि कर्मले सफलताका लागि इँटा थप्ने काम गर्दछ । त्यसैले दिगो सिकाइ र सफलतालाई सहि अर्थमा हासिल गर्न उपयुक्त समय आउँला भनेर बस्ने होइन्, आजैबाट सोचि सम्झि सकारात्मक सोच र अभियानको सुरु गर्न आवश्यक छ ।
सामान्यतः मानिसलाई मनोरञ्जनात्मक कार्य गर्न कसैले भनिरहन पर्दैन । त्यहा उत्प्रेरणाको आवश्यकता पर्दैन । व्यक्ति स्वयम आनन्दजनक क्रियाकलापका लागि स्वयम उत्प्रेरित हुन्छ । जस्तै, टि.भी हेर्न, राम्रा फिल्म हेर्न, फेसबुकमा च्याट गर्न, मिल्ने साथीसँग घण्टौँ गफिएर बस्न, पार्टीमा रम्न आदिआदि । किनकी यस्ता कर्ममा मानिसलाई आनन्द र मजा आउँछ तर साँच्चिकै दिगोरुपमा सिकाइ हुने कुराका लागि, संघर्ष गर्नुपर्ने कर्मका लागि मानसिक लगानी हुने कर्मका लागि हामीलाई झ्याउँ लागेर आउँछ, जाँगर हराएर जान्छ । जस्तै, एउटै विषयवस्तुमा घण्टौ अध्ययन, अनुसन्धान गर्न, रामो समयसम्म पढ्न, विद्यालयमा गुरुहरुको लेक्चर सुन्न, धेरै मानसिक शक्ति प्रयोग हुने कार्य गर्न आदिआदि । यस्ता कर्म गर्न हामीलाई धेरै जाँगर चल्दैन्, भित्री उत्प्रेरणा मजबुत भएको वेला बाहेक यस्ता कार्य गर्दा हामी मुस्किलले एक घण्टा पनि टिक्न सक्दैनौ । कारण, आनन्द नदिने कार्यमा हामीलाई मजा आउँदैन् । त्यसैले २१ औँ शताव्दिमा लामो ध्यानका लागि हामीले आनन्द लाग्ने, मजा आउने कारणको खोजी गर्नुपर्दछ । त्यो कारण भनेको सफलताका लागि सहि लक्ष्यको छनोट, लक्ष्यप्राप्तिका लागि आवश्यक रणनीतिको तयारी, दिगो सिकाइ र अर्थपूर्ण सिकाइका लागिे सशक्त उत्प्रेरणा नै हो ।
(लेखकः शैक्षिक विकाससँग सम्बन्धित तालिमका उप्रेरक तथा व्यक्तित्व विकास, नेतृत्व विकास र व्यवस्थापनसम्बन्धी प्रशिक्षक हुन्)

उत्प्रेरणा

उत्प्रेरनाको शाब्दिक अर्थ अग्रसर बनाउनु हो । संगठनात्मक उद्देश्य हासिल गर्नका लागि संगठनमा आबद्द कर्मचारीहरुमा काम गर्ने तिब्र चाहना, इच्छा र जागरण अत्यावश्यक हुन्छ ।तसर्थ उत्प्रेरणाले कर्मचारीको संगठनात्मक कार्य गर्न बल प्रदान गर्छ ।
उत्प्रेरणा मनोबैज्ञानिक मानबिय पक्ष हो । यो कर्मचारीलाई कामप्रति उत्सुकता जगाउने कार्य हो ।

william G Scott

उत्प्रेरणा भनेको लक्षित उद्देश्य प्राप्त गर्न मानिसहरुलाई काम गर्न उत्साहित गर्नु हो ।
Decenzo and Robbins

उत्प्रेरणा उच्च मेहनत गर्ने इच्छा हो ; जुन प्रयास व्यक्तिगत उद्देश्य   प्राप्त गर्ने सर्तमा गरिन्छ ।
Dalton E. McFarland

उत्प्रेरणाको धारणा विशेष गरि मनोबैज्ञानिक छ । यसले कर्मचारीहरुलाई निश्चित तरिकाले कम गर्न वा नगर्न तत्पर बनाउने सबै तत्वहरु संग सम्बन्ध राख्छ ।
koontz and O'Donnell

उत्प्रेरणा भनेको उत्साह , इच्छा , आवश्यकता तथा त्यस्तै अन्य तत्वहरु प्रदान गर्नु हो ; जसले मानिसहरुलाई कम गर्न प्रेरित गर्छ ।
Dale S Beach

उत्प्रेरणा लक्ष्य अथवा पुरस्कार प्राप्त गर्नका लागि शक्तिको विस्तार गर्ने तत्परता हो ।
उत्प्रेरणाका विशेषताहरु
मनोबैज्ञानिक प्रक्रिया

नियमित प्रक्रिया

जटिल तथा भविष्यवाणी गर्न

नसकिनेसर्वव्यापी कार्य

व्यवहारमा प्रभाव

सम्पूर्ण व्यक्ति उत्प्रेरित

सकारात्मक वा नकारात्मक

उत्प्रेरणाको महत्व
नाफा हुने कार्य गर्ने

उच्च उत्पादकत्व

परिवर्तनको स्वीकार

मानव संसाधनको प्रभावकारी उपयोग

कर्मचारी सन्तुष्टि

विवाद र हड्तालमा कमि

समन्वयको आधार

कर्मचारी स्थायित्व

निरीक्षण खर्चमा कमि

संगठनात्मक लक्ष प्राप्ति

उत्प्रेरणाको सिद्धान्तहरु
आवश्यकता शृंखला सिद्धान्त
मुख्य लेख : आवश्यकता शृंखला सिद्धान्त

आवश्यकता शृंखला सिद्धान्त.png
आवश्यकता शृंखला
अब्राहम मास्लोको यो सिद्धान्त निम्नलिखित मान्यताहरुमा आधारित छ ।

मानिसका आवश्यकता र उद्देश्य अनगिन्ती हुन्छन् ।

आवश्यकताको शृंखला हुन्छ ।

असन्तुष्ट आवश्यकताले कर्मचारीलाई उत्प्रेरित गर्छ ।

मानिसले विकास र विस्तार चाहन्छ ।

दुई तत्त्व सिद्धान्त
कर्मचारी उत्प्रेरणाका तरिकाहरु
१. वित्तिय सुविधा

२. सहभागिता

३. अख्तियार प्रत्यायोजन

४. जागिरको स्थायित्व

५. कार्य सम्रिद्दीकरण

६. कार्य आलोपालो

७. कार्य जीवनको गुण

 व्यवस्थापनको सिद्धान्त : डा. सन्तोषराज पौड्याल , गोपालमान प्रधान, केदारप्रसाद भण्डारी २०७०

के हो युवाको जिम्मेवारी ?

 जिएन पाण्डे
करिब ७० बर्षको लामो संघर्षपछि देशमा राजनीतिक परिवर्तन भइ संक्रमणकालको अन्त्य भएको छ । लामो समय देखी नेपाली युवाहरू राजनीतिक परिवर्तनको आन्दोलन र राजनीतिक दल स्थापना गर्नमै आफ्नो जवानी खर्च गरे । हिजो राजनीतिक परिवर्तनको आन्दोलनले गर्दा युवाहरूको मुद्दा छाँयामा परेको थियो । अब युवाहरूको काधमा आर्थिक क्रान्ति गरेर मुलुक लाई समृद्ध बनाउने जिम्मेवारी थपिएको छ ।
जसरी हामी राजनीतिक परिवर्तन गर्नमा अग्रपंक्तिमा लागेर हिड्याँै, त्यसरी नै अब राष्ट्रलाई समृद्ध बनाउन पनि युवा अग्रपंक्तिमा लागेर हिड्न जरुरी छ । देशको महत्वपूर्ण र निर्णायक शक्ति भनेकै युवा शक्ति हो, तर आज महत्वपूर्ण शक्तिनै देशमा बढ्दो युवा बेरोजगारीको समस्याले देशमा कुनै सम्भावना देखेन । खाडी र मलेसियामा जानुपरेको अवस्था छ । अब यसको अन्त्य गर्न पनि युवाहरू नै अगाडि आउन जरुरी छ । आज देशको राजनीति गञ्जागोल छ । भुकम्प ,भारतीय नाकाबन्दी र मधेस आन्दोलनले गर्दा देशको अर्थतन्त्र डामाडोल भएको छ । तर, राजनीतिक दलहरु भने समस्या समाधान गर्न दिनप्रतिदिन असफल हुँदै गइरहेका छन । यो रमिता युवाहरुले टुलुटुलु हेर्नू बाहेक विकल्प छैन । उमेरले नेटोकाटेकालाई देशको जिम्मेवारी दिदा आज युवाहरू त्यसको भागिदार भएका छन ।
युवा बेरोजगारी अन्त्य गर्न अब युवाहरूको परिचालन गर्न जरुरी छ । राजनीतिक, सामाजिक ,आर्थिक, सांस्कृतिक सबै क्षेत्रमा युवाहरुले हस्तक्षेप गर्न जरुरी छ । देशमा बढ्दो बेरोजगारीको अन्त्यको लागी युवाहरुलाइ उत्पादनमुखी काममा प्रयोग गर्न जरुरी छ , बिदेशमा बगाउने पसिना अब देशमै बगाउने वातावरण बनाउन जरुरी छ ।
‘सार्थक सहभागिता, क्षमता र नेतृत्व विकासको माध्यमबाट युवालाई राष्ट्रिय विकासको मूलधारमा समाहित गर्दै समृद्ध, आधुनिक र न्यायपूर्ण नेपाल निर्माण गर्न युवाको भूमिका र तिनीहरूमा रहेको अन्र्तनीहित क्षमतालाई गुणात्मक बनाउन जरुरी छ । राज्यले यसो गर्न सकेको छैन ।
अहिलेका युवा गरिखाने ठाउ को खोजीमा छन् । अहिलेका युवा भनेको त्यस्तो पुस्ता हो, जो साक्षर र शिक्षित छ । कृषिप्रधान मानिने देशका शिक्षित युवा आफ्नो शिक्षा र सीप अनुसार गैर कृषिक्षेत्रमा कामको खोजीमा छन् । बाबुबाजेले गरेको कृषि पेसा गर्नुभन्दा बेरोजगार बस्ने र केही उपाय नलागे खाडी मुलुक जान तयार हुने युवाशक्ति प्रशस्तै देख्न सकिन्छ । राज्यले देशमा विभिन्न रोजगारीका अवसर सिर्जना गरेर युवा शक्तिलाई उपयोग गर्ने नीति बनाउनुपर्छ ।
विकास निर्माणका कार्यलाई सुचारु गरेर युवाशक्ति पलायन हुनबाट रोक्न सक्ने योजना ल्याउनुपर्छ । युवाशक्तिले बगाउने रगत, पसिना विदेशी भूमि होइन आफ्नै जन्मभूमिको माटो सिंचित गर्ने वातावरण बनाउनुपर्छ ।
अब पनि युवावर्गलाई सदुपयोग गर्न सक्ने सही नीति नबनाउने हो भने देशका धेरै युवा विदेशिन बाध्य हुनेछन् । युवा सशक्तीकरणको माध्यमबाट सामथ्र्यवान, उद्यमशील, सिर्जनशील तथा वैज्ञानिक एवं सकारात्मक सोचयुक्त समृद्ध युवा तयार गरी उनीहरूलाई राष्ट्रको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा लगाउनुपर्छ । बेलामै युवावर्गलाई देशमै स्थापित गराउन सक्नुपर्छ ।

दिगो विकास लक्ष्यहरु: एक परिचय

दिगो विकास लक्ष्य(एसडीजी)हरूको उद्देश्य सन् २०३० सम्ममा गरिबीको अन्त्य गर्नु हो । विश्वका नेताहरूले मानिस, पृथ्वी र समृद्धिका लागि एक कार्ययोजना तयार गरेका छन् । चरम गरिबी लगायत गरिबीका सबै स्वरूप तथा आयामहरूको उन्मूलन गर्नु विश्वको सबैभन्दा ठूलो चुनौती रहेको छ र दिगो विकासका लागि गरिबीको अन्त्य एउटा अपरिहार्य आवश्यकता बनेको छ ।

Sustainable Development Goals (SDG) all icons of the goals

यी १७ विकास लक्ष्यहरूले सहस्राब्दी विकास लक्ष्य (एमडीजी)हरूको उपलब्धिमा टेकेर त्यसबाट हासिल हुन नसकेका कुराहरूलाई पूरा गर्न खोजेका छन् । सबैका लागि मानवअधिकार प्राप्त गर्ने र सबै महिला तथा बालिकाका लागि लैङ्गिक समानता तथा सशक्तीकरण हासिल गर्नु तिनको उद्देश्य रहेको छ । यी लक्ष्यहरू एकीकृत तथा अविभाज्य छन् र तिनले दिगो विकासका तीन आयाम– आर्थिक, सामाजिक र वातावरणीय– लाई सन्तुलित गर्दछन् ।

यो विश्वव्यापी अभियानको नेतृत्व गर्न पाएकोमा यूएनडीपी गौरव महसुस गर्दछ ।

१. गरिबीको अन्त्य
सबै प्रकारका गरिबीलाई सबै ठाउ"बाट अन्त्य गर्ने

कुनै पनि प्रकारको गरिबीमा बाँचेका मानिसहरूको अनुपातलाई कम्तीमा आधा कम गर्ने
सबैका लागि सामाजिक संरक्षण प्रणाली र उपाय लागु गर्ने र गरिब तथा जोखिममा रहेकाहरूलाई उल्लेख्यरूपमा समेट्ने
गरिब र जोखिमपूर्ण स्थितिमा रहेका मानिसहरूको सामना गर्ने क्षमताका निर्माण गर्ने र वातावरणसँग सम्बन्धित विपत्तिजन्य प्रकोप तथा अन्य आर्थिक, सामाजिक र वातावरणीय असर तथा विपद्सँगको उनीहरूको संसर्गलाई न्यून गर्ने
२. शून्य भोकमरी
भोकमरीको अन्त्य गर्ने, खाद्यसुरक्षा तथा उन्नत पोषण हासिल गर्ने र दिगो कृषिको प्रबद्र्धन गर्ने

सबै प्रकारका कुपोषणको अन्त्य गर्ने र किशोरी, गर्भवती तथा सुत्केरी महिला र अन्य व्यक्तिका पोषणसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्ने
विकासोन्मुख देशहरूमा कृषि उत्पादकत्व क्षमता वृद्धि गर्न ग्रामीण पूर्वाधार, कृषि अनुसन्धान, प्रविधि विकास, वनस्पति तथा चौपायाको जिन बैंक स्थापनामा लगानी वृद्धि गर्ने
खाद्यमूल्यको चरम अस्थिरतालाई सीमित गर्नमा मद्दत पु¥याउन खाद्यवस्तु बजार र तत्सम्बन्धी कारोबारहरूको समुचित सञ्चालन हुने गरी उपायहरू अवलम्बन गर्ने
३. आरोग्यता तथा कल्याण
स्वस्थ जीवन सुनिश्चित गर्ने र सबै उमेरका सबै मानिसको कल्याणको प्रवद्र्धन गर्ने

नवजात शिशु र पाँच वर्षमुनिका बालबालिकाको रोक्न सकिने मृत्युको अन्त्य गर्ने
परिवार नियोजनलगायत यौन तथा प्रजनन्सम्बन्धी स्वास्थ्यसेवा र सूचना तथा शिक्षामा सर्वसुलभ पहुँचका साथै तथा प्रजनन् स्वास्थ्यलाई राष्ट्रिय रणनीति तथा कार्यक्रममा समायोजन गर्ने कार्यलाई सुनिश्चित गर्ने
सर्बसुलभ स्वास्थ्यसेवा, गुणस्तरीय स्वास्थ्यसेवामा पहुँच तथा सबैका लागि सुरक्षित, प्रभावकारी, गुणस्तरीय र उचितमूल्यमा अत्यावश्यक औषधी तथा खोपहरूमा पहुँच हासिल गर्ने
४. गुणस्तरीय शिक्षा
सबैका लागि समावेशी तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने तथा आजीवन सिकाइलाई प्रवद्र्धन गर्ने

सबै किशोर तथा किशोरीहरूले निःशुल्क, समतामूलक तथा गुणस्तरीय प्राथमिक तथा माध्यमिक शिक्षा प्राप्त गर्ने कुरालाई सुनिश्चित गर्ने
शिक्षामा लैङ्गिक असमानताको उन्मूलन गर्ने र अपाङ्गता भएका व्यक्तिलगायत जोखिममा रहेका व्यक्तिहरू, आदिवासी तथा जनजाति र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई सबै तहको शिक्षा तथा व्यावसायिक तालिममा समान पहुँच सुनिश्चित गर्ने
दिगो विकास तथा दिगो जीवनशैली, मानवअधिकार, लैङ्गिक समानता, शान्ति तथा अहिंसाको संस्कृतिको प्रवद्र्धन, वैश्विक ९नयिदब०ि नागरिकता, र सांस्कृतिक विविधताको सराहनाका लागि शिक्षालगायतका माध्यमबाट सिक्न चाहने सबैले दिगो विकास प्रवद्र्धनका लागि आवश्यक ज्ञान तथा सीप प्राप्त गर्ने कुरालाई सुनिश्चित गर्ने
५. लैङ्गिक समानता
लैङ्गिक समानता हासिल गर्ने र सबै महिला तथा शोरीहरूको सशक्तीकरण गर्ने

ओसारपसार तथा यौनशोषणलगायत सार्वजनिक तथा निजी क्षेत्रहरूमा सबै महिला तथा किशोरीबिरुद्ध हुने सबै प्रकारका हिंसाको उन्मूलन गर्ने
राजनीतिक, आर्थिक तथा सार्वजनिक जीवनका सबै निर्णायक तहमा नेतृत्वका लागि महिलाहरूको प्रभावकारी सहभागिता तथा समान अवसर सुनिश्चित गर्ने
सबै तहमा लैङ्गिक समानता र महिला तथा किशोरीहरूको सशक्तीकरणको प्रवद्र्धनका लागि नीति तथा कानुनहरूको अवलम्बन गर्ने र तिनलाई सबल बनाउने
६. सफा पानी तथा सरसफाइ
सबैका लागि सफा पानी तथा सरसफाइमा पहँचु सुनिश्चित गर्ने

सबैका लागि सुरक्षित तथा खर्चले धान्न सक्ने मूल्यमा पिउने पानीमा सर्वसुलभ तथा समतामूलक पहुँच हासिल गर्ने
सबैका लागि पर्याप्त तथा समतामूलक सरसफाइ र स्वच्छतामा पहुँच हासिल गर्ने र खुला ठाउँमा दिसा गर्ने चलनको अन्त्य गर्ने
पानी तथा सरसफाइ व्यवस्थापनको सुधारका लागि स्थानीय समुदायहरूको सहभागितालाई साथ दिई त्यसलाई अझ सबल बनाउन
७. खर्चले धान्न सक्ने स्वच्छ ऊर्जा
सबैका लागि खर्चले धान्न सक्ने, भरपर्दो, दिगो तथा आधुनिक ऊर्जामा पहुँच सुनिश्चित गर्ने

खर्चले धान्न सक्ने, भरपर्दो र आधुनिक ऊर्जा सेवामा सर्वसुलभ पहुँच सुनिश्चित गर्ने
सन् २०३० सम्ममा विश्वव्यापी ऊर्जाको उपलब्धतामा नवीकरणीय ऊर्जाको अंशलाई उल्लेख्यरूपमा वृद्धि गर्ने
नवीकरणीय ऊर्जा, ऊर्जा बचत तथा त्यसको व्यवस्थापन र अत्याधुनिक तथा स्वच्छ जीवाश्म इन्धन प्रविधिहरूलगायत स्वच्छ ऊर्जा अनुसन्धान तथा प्रविधिहरूमा हुने पहुँचलाई सहज तुल्याउन र ऊर्जा पूर्वाधार तथा स्वच्छ ऊर्जा प्रविधिमा लगानी प्रवद्र्धन गन अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्ने
८. मर्यादित काम तथा आर्थिक वृद्धि
सबैका लागि समावेशी तथा दिगो आर्थिक वृद्धि, रोजगारी तथा मर्यादित कामको प्रवद्र्धन गर्र्नेे

अति कम विकसित मुलुकहरूमा राष्ट्रिय परिस्थितिअनुसार प्रतिव्यक्ति आर्थिक वृद्धि र कम्तीमा ७ प्रतिशत वार्षिक कुल ग्राहस्थ उत्पादन (जीडीपी) वृद्धि कायम राख्ने
सबै महिला र पुरुषका लागि पूर्ण एवं उत्पादनशील रोजगारी तथा मर्यादित कामका साथै समान कामका लागि समान ज्याला हासिल गर्ने
दिगो पर्यटन प्रवद्र्धनका लागि नीतिहरू तर्जुमा गरी कार्यान्वयन गर्ने जसबाट रोजगारी सिर्जना हुनुका साथै स्थानीय संस्कृति तथा वस्तुहरूको उत्पादन प्रवद्र्धन हुन्छ
९. उद्योग, नवीन खोज र पूर्वाधार
बलियो पूर्वाधार निर्माण गर्ने, औद्योगिकीकरणलाई दिगो बनाउने तथा नवीन खोजलाई प्रोत्साहन गर्ने

आर्थिक विकास र मानव कल्याणलाई सघाउ पु¥याउन दिगो तथा बलियो पूर्वाधार विकास गर्ने
समावेशी तथा दिगो औद्योगिकीकरणलाई प्रवद्र्धन गर्ने र राष्ट्रिय परिस्थितिअनुसार रोजगारी तथा कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा उद्योगको अंशलाई उल्लेख्य मात्रामा वृद्धि गर्ने र अति कम विकसित देशहरूमा यसको अंश दोब्बर गर्ने
धान्न सकिने कर्जालगायतका वित्तीय सेवाहरूमा लघु उद्योग तथा अन्य उद्यमहरूको पहुँच वृद्धि गर्ने र मूल्य शृङ्खला तथा बजारमा तिनको समायोजन गर्ने
१०. न्यून असमानता
देशभित्रै वा देशहरूबीच रहेको असमानतालाई न्यून गर्ने

उमेर, लिङ्ग, अपाङ्गता, जातीयता, उत्पत्ति, धर्म वा आर्थिक वा अन्य हैसियत जेसुकै भए तापनि सबैका लागि सामाजिक तथा राजनीतिक समावेशितालाई प्रवद्र्धन गरी त्यसलाई सशक्त पार्ने
विभेदपूर्ण कानुन, नीति र प्रचलनहरूको अन्त्य तथा तत्सम्बन्धी उपयुक्त कानुन, नीति र प्रचलनको प्रवद्र्धन गर्नेलगायतका काम गरी सबैलाइ समान अवसर सुनिश्चित गर्ने र परिणाममा असमानता कम गर्ने
क्रमशः बृहत्तर समानता हासिल गर्न वित्तीय, ज्यालासम्बन्धी र सामाजिक संरक्षण नीतिहरू अवलम्बन गर्ने
११. दिगो सहर र समुदायहरू
सहरहरूलाई समावेशी, सुरक्षित, सबल र दिगो बनाउने

पर्याप्त, सुरक्षित तथा खर्चले धान्न सक्ने आवास र आधारभूत सेवाहरूमा सबैको पहुँच सुनिश्चित गर्ने र झुपडवस्तीहरूको स्तरोन्नति गर्ने
सडक सुरक्षामा सुधार गर्दै सुरक्षित, धान्न सकिने, सहज र दिगो यातायात व्यवस्थामा पहुँच उपलब्ध गराउने
विपद्का कारण हुने मृत्यु, प्रभावित व्यक्तिहरूको सङ्ख्या र आर्थिक क्षतिलाई उल्लेख्यरूपमा कम गर्ने
१२. जिम्मेवारपूर्ण उपभोग तथा उत्पादन
दिगो उपभोग तथा उत्पादनको ढाँचा सुनिश्चित गर्नेे

प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन तथा चुस्त प्रयोग हासिल गर्ने
स्रोतमै फोहोरको कम उत्पादन, न्यूनीकरण, पुनर्उत्पादन (रिसाइकल) र पुनःप्रयोग मार्फत् फोहोर उत्पादनमा उल्लेख्यमात्रामा कमी ल्याउने
दिगो विकास र जीवनशैलीबारे सबै ठाउँका मानिसहरूमा आवश्यक जानकारी र सचेतना होस् भन्ने सुनिश्चित गर्ने
१३. जलवायु सम्बन्धी कारबाही
जलवायु परिवर्तन तथा यसका प्रभावहरूविरुद्ध लड्न तत्काल कारबाही थाल्ने

सबै मुलुकमा प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनसँग सम्बन्धित जोखिमहरूको सामना गर्नसक्ने र अनुकूलन क्षमता वृद्धि गर्ने
जलवायु परिवर्तनसम्बन्धी उपायहरूलाई राष्ट्रिय नीति, रणनीति र योजनाहरूमा समायोजन गर्ने
जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन, प्रभाव न्यूनीकरण तथा पूर्व चेतावनी दिने सम्बन्धमा शिक्षा, जनचेतना अभिवृद्धि र संस्थागत क्षमतामा सुधार गर्ने
१४. जलमुनिको जीवन
समुद्र, महासागर र समुद्री स्रोतहरूको संरक्षण तथा दिगो प्रयोग

१५. जमिनमाथिको जीवन
वनको दिगो व्यवस्थापन गर्ने, मरुभूमीकरणविरुद्ध लड्ने, भूक्षयीकरण रोकेर त्यस्तो प्रक्रियालाई उल्ट्याउने तथा जैविक विविधताको क्षतिलाई रोक्ने

सन् २०२० सम्ममा, मरुभूमीकरणविरुद्ध लड्ने र खडेरी तथा बाढीप्रभावित भूमिलगायत अन्य भूमि तथा माटोमा आएको ह्रासलाई सुधार गरी पहिलेकै अवस्था पु¥याउने
दिगो विकासका लागि अत्यावश्यक लाभहरू उपलब्ध गराउने हिमाली पारिस्थितिकीय प्रणाली (इकोसिस्टम)को क्षमता अभिवृद्धि गर्न जैविक विविधतासहित तिनको संरक्षण सुनिश्चित गर्ने
संरक्षित जीवजन्तु तथा वनस्पतिको चोरीसिकार तथा अवैध ओसारपसार अन्त्य गर्न तत्काल कारबाही थाल्न
१६. शान्ति, न्याय र सशक्त संस्थाहरू
न्यायपूर्ण, शान्तिपूर्ण र समावेशी समाजहरूको प्रवद्र्धन गर्ने

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा कानुनी शासनको प्रवद्र्धन गर्ने र सबैका लागि न्यायमा समान पहुँच सुनिश्चित गर्ने
सबै प्रकारका भ्रष्टाचार तथा घुसखोरीलाई उल्लेख्यमात्रामा घटाउने
जन्म दर्तालगायतको कानुनी पहिचान सबैलाई प्रदान गर्न
१७. यी लक्ष्यका लागि साझेदारी
दिगो विकासका लागि विश्वव्यापी साझेदारीलाई पुनर्जीवन दिने

कर तथा अन्य राजश्व सङ्कलनका लागि आन्तरिक क्षमतालाई सुधार गर्न आन्तरिक स्रोत परिचालनलाई बलियो बनाउने
उत्तर–दक्षिण, दक्षिण–दक्षिण तथा त्रिकोणीय क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोग तथा विज्ञान, प्रविधि र नवीन खोजअनुसन्धानमा पहुँच अभिवृद्धि गर्ने
सबै दिगो विकास लक्ष्यहरूको कार्यान्वयनका लागि राष्ट्रिय योजनाहरूलाई सहयोग गर्न विकासोन्मुख मुलुकहरूमा प्रभावकारी तथा लक्ष्यित क्षमता निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्ने
नोट: यस सामाग्री दिगो विकास लक्ष्यका सबै सूचकांकहरु समावेश गरिएको छैन ।

यो सामाग्री UNDP बाट साभार गरिएको हो।

नेता, नेतृत्व र विकासका कुरा

सरोज राई
विगत केहि  समयदेखि ने.वि संघ महाघिवेशन र NEA(नेपाल इन्जिनियरिङ एसोसियसन)को चुनावी सरगर्मी बढिरहेको छ। धेरै साथीहरु र अग्रजहरुको नेता बन्ने होड र दौड देखेर मानिस किन नेता बन्न चाहन्छन् ? भन्ने प्रश्न आइरह्यो । प्रश्न आफैँमा जटिल भएपनि उत्तर दार्शनिक, राजनितिक, सामानय ढंगले भेटिन सकिन्छ । उद्देश्य प्राप्तिका निम्ति निश्चित समूह र संगठनको नेतृत्व गर्ने व्यक्तिलाई न नेता भनिन्छ । नेता त्यो हो, जसले समूहगत मान्छेहररुलाई के गर्ने भनेर निर्देशित गर्ने अख्तियारी राख्दछ । र उसलाई मान्छेहरु पछ्याउँछन् । नेता राजनैतिक क्षेत्रको व्यक्तिमात्र नभएर सामाजिक, आर्थिक, खेलकुद र हरेक Cluster  (क्लष्टरको) अभियन्तालाई मान्न सकिन्छ । नेता र नेतृत्वको विषयमा पूर्विय र पश्चिमा, अमेरिकन र युरोपियन मान्यता अनुसार फरक फरक दर्शन पाइन्छ । अमेरिकन मान्यता अनुसार नेतृत्व भन्नाले “एउटा प्रक्रिया जुन व्यक्तिको  सामाजिक प्रभाव हुन्छ र निश्चित काम, उद्देश्य हासिल गर्न अरुको सहयोग र समर्थन प्राप्त गर्दछ ।” अर्को मान्यता अनुसार नेता भन्नाले सामुदायिक परोपकारमा मात्र सिमित नभएर सँगसँगै व्यक्तिगत शक्तिको खोजसँग  सम्बन्धीत हुन्छ । मान्छे जस्तै सबै जीवले खान बस्न र वंश विस्तारका निम्ति शक्ति संचय गर्न चाहन्छ । त्यस्तै नेता पनि सर्वश्रेष्ट मानव जातिबाट नै हुने भएकाले स्वभाविक ढंगले शक्ति आर्जन गर्न खोज्दछ । शक्तिले उद्यात्त रुपलिए बुद्धिमानी महान व्यक्तित्व बन्छ भने, संकिर्ण र निकृष्ट रुप लिए  विनाशकारी, विध्वंशकारी बन्दछ ।
 
मान्छे  किन नेता बन्न चाहान्छ ?
सामान्यता व्यक्ति २ ओटा कारणले नेता बन्न चाहान्छ । केही व्यक्तिहरु Vocation (तिव्र चाहना , आवेग कुनै क्षेत्र÷पेशा प्रति)ले राजनीतिमा आउँछन् । भने अर्को सामान्य सैद्धान्तिक आधार, कारण र लिगेसीबाट राजनीतिमा आउँछन् । Vocation को कारण नेता बन्नेहरु नै इतिहासमा महान नेता भनि दर्ज भएका उदाहरण छन् जस्तो वी.पि.कोइराला, गान्धी, अब्राहम लिङ्कन आदि । उनिहरुलाई राजनीतिबाट (नेता बन्न) बाट Detach (अलग) गर्न सायद असम्भव थियो । 
 
Political Voracity (राजनीतिक मुख) भन्दा अलग भएर विरासत र क्रमबद्धताले नेता भएकाहरुको कम चर्चा हुन्छ । किनकि उनिहरुले आफ्नो मान्यता स्थापित गर्नु भन्दा पनि अग्रजहरु कै सैद्धान्तिक धरातललाई निरन्तरता दिन्छन् । नेताको प्रवृतिको कुरा गर्दा गणेशमान सिंहले भन्नु भएको थियो  “कोही भिडको पछाडि लागेर नेता बन्छन्, कोही भिडलाई आफु पछाडि लाएर नेता बन्छन् ।” असली नेता त्यही हो जसले आफ्नो Conviction (मान्यता) मा अरुलाई हिडाउन सक्छन् ।
 
सैद्धान्तिक धरातल र दार्शनिक पक्ष जेसुकै भए पनि हाम्रो जस्तो समाजमा व्यक्तिहरु नेता वन्नुमा विशिष्ट, मौलिक र Pragmatic (व्यवहारिक) कारणहरु प्रधान छन् । प्रजातन्त्र प्राप्तिको लडाई, तानाशाही राजतन्त्र, माओवादी जनयुद्ध, Inclusive Democracy (समावेशी लोकतन्त्र) को सङघर्षले गर्दा व्यक्तिहरु धेरै राजनैतिक पार्टीहरुमा स्थापित नेता बने । अधिकार प्राप्ती, लोकतन्त्र संस्थागत भएपछि पनि किन यत्रो धेरै नेता बन्ने भिड आयो त भन्ने प्रश्न उठ्न सक्छ ? लोकतन्त्रमा सामाजिक मुद्दाहरु, समस्याहरु नहुने होइनन् तर के नेता बन्नुमात्र समाधान हो त ? कि "Leadership is not only obligation but also an opportunity" (नेतृत्व गुनासो मात्र होइन अवसर पनि हो) यो व्यवहारमा चरितार्थ हुनुपर्छ । नत्र आवधिक निर्वाचन बाट नेता बन्ने र राजनीतिलाई बिना लगानीको व्यापार बन्छ । सेवा भन्दा पेशा बनाउनाले समाज रुपान्तरीत हुनुको सट्टा विकृति सिवाय केही हुनसक्दैन । समाजमा सिर्जनशिल व्यक्तिहरु नेता बन्ने कि बेरोजगारहरुको अखडा राजनीति बन्ने ? समस्या उजागर गर्न मात्र नेता बन्ने कि समाधानमुखी बन्ने आजको प्रश्न यहि हो । 
 
अबको नेता कस्तो ?
भर्खरै डा. भट्टराईको नयाँ शक्ति नेपालले  २५ वर्षमा समृद्ध नेपालको परिकल्पना गर्‍यो ।  प्र.म. ओलिले दिनका दिन समृद्धीका सपनाहरु बाँडेका बाँड्यै छन् । यी सबै घोषणाहरु कति कार्यन्वयन हुन्छन् ? हामी सबैको चाहाना समृद्ध र विकसित मुलुक नै हो तर गफमात्र हो भने यस्ता आश्वासनले जनताका दैनिक समस्याहरु र जिवनस्तरमा केही प्रभाव पार्नेवाला छैन । देश जहाँको त्यही हुन्छ । एक विद्धानले भनेका छन् "Don't tell people how to do thing tell them what to do and let them surprise you with their result"। (जनतालाई कुनै कुरा कसरी होइन के गर्नुपर्छ भनेर भन जब नतिजा आउँछ उनिहरुसँगै गएर क्रेडिट लेऊ) सायद हाम्रो परम्परा पनि यहि हो । केवल सकारात्मक कुराको जसमात्र राजनीतिक पार्टीका नेताहरुले लिने गर्दछन् ।
 
मूलतः हाम्रा राजनैतिक पार्टीहरु अधिकार प्राप्तीको उद्देश्यले स्थापित भए त्यसैले व्यवस्था परिवर्तन पछि पनि सधै राजनैतिक दर्शन र वादमा मात्र अल्झिएको पाउँछौं । राजनैतिक वाद र सिद्धान्तले मात्र देश विकास सम्भव हुदैन रहेछ । हाल नेपालको विद्यमान गरिबी, दिनको १७०० दरले युवा पलायन, ५-७ जनाको लास एयरपोर्टमा आउने क्रम यही नै हाम्रो यथार्थ हो । आर्थिक बृद्धिदर ०.७%, भ्रष्टाचार, महँङ्गी, व्यापारघाटा, शैक्षिक बेरोजगारी, लोडसेडिङ, कालो बजारी, देश अत्यन्त frazil(कमजोर) भइसकेको छ । र यहि स्थितिमा भविष्यको आशा गर्न पनि सकिन्न । महाभारतमा पटक–पटक युद्ध, अशान्ति,  लोभ, क्रोध, भय को निदान के हो ? र यो Inevitable हो भनिन्छ ।  निदानका निम्ति धर्मको पालना गर्नुपर्छ भने झै नेता बन्नु भनेको विकासको निम्ति हो समाज रुपान्तरण गर्नु हो भन्ने एउटै उद्देश्यले नेता बन्नु आजको आवश्यकता हो ।
 
विकास र नेताको आवश्यकता ?
“मान्छे खुशी हुनको निम्ति आफ्ना आवश्यकतालाई नियन्त्रण गर्नुपर्छ” भन्ने अर्थशास्त्रको सिद्धान्त छ । तर अहिलेको आधुनिक युगमा यो कति सम्भव छ अर्का विद्धान्ले के भनेका छन् भने “नेपालले अमेरिका, युरोप र समृद्ध देशको उदाहरण दिएर हुँदैन, उनीहरुको यो स्थिति आजै आएको  होइन यस पछाडि लामो सङ्घर्ष र इतिहास छ । त्यसो भए  हाम्रा सामु मलेसिया, सिंगापुर,  द.कोरिया लगायत देशहरु पनि त छन् । छोटो इतिहास र चाँडो समृद्धी हासिल गरेका । Maxover ले भने जस्तो नेता बन्न Passion(आशक्ति)  चाहिन्छ । तर आफुमात्र बन्नको निम्ति Passion होइन अरुको परोपकार र नतिजा दिने खालको Desperate & passionate नेता समाजले खोजि गरिरहेको छ । अबको पुस्ताले वाद र सिद्धान्त भन्दा व्यवहार कार्यान्वयन क्षमता र नजिता चाहन्छन् । चाइनामा एउटा उखान छ “विरालो कालो होस् या सेतो मुसा मार्नु पर्छ ।” बौद्धिकताको नाममा खुराफाती र क्रान्तिकारीताको नाममा गुण्डागर्दी गर्ने नेता होइन Action oriented (नतिजामुखि) नेता चाहिन्छ।
 
जुनसुकै छोटो अवधिमा विकास भएका मुलुकमा ३ वटा कुराहरु अयmmयल छन् । एक स्थायि सरकार र कुशल शासन। लगानीको वातावरण । उत्पादन। दुर्भाग्यपूर्ण कुरा हाम्रो देशमा ३ वटै कुराहरु छैनन् । उत्पादनमा हाम्रा युवाशक्ति त्यहि निर्यात हुन्छन् ।
 
देशमा बाह्य र निजीक्षेत्रको लगानी न्यून छ । कारण अशान्ति र Payback (लगानी फिर्ता) नहुने खतरा छ । लगानी मैत्री वातावरण छैन भने वर्षै पिच्छेको सरकार परिवर्तनले स्थाई नितीको अभावमा हाम्रो अर्थतन्त्र  सिथिल बनेको छ । अर्को शब्दमा आर्थिक अनुशासन नभएर देशको अर्थव्यवस्था जर्जर छ ।
 
यी सबै अस्तव्यस्तताका बिच पनि देश नेता र नेतृत्वविहिन बस्न सक्दैन । लोकतन्त्रमा करिस्मेटीक असाधारण नायक खोजेर बस्न मिल्दैन ।  किनकि त्यस्ता नायकहरु युद्ध मैदानमा आन्दोलनको मोर्चामा मात्र सम्भव हुन्छ । त्यसैले भएकै साधारण नेताहरु बाट देशको नीति सुधार गर्नु हाम्रो बाध्यता छ ।
 
अन्त्यमा कुनै बेला भारत वर्षमा आफ्नो साम्राज्य विस्तार गर्दै सिकन्दर आएका थिए । उनको शासन ढाल्नका लागि चाणक्य भन्ने विद्धानलाई खोजि गरियो । (चाणक्य लाई धेरैले विश्वास नगरेकाले सत्ताबाट विमुख भएका थिए) । चाणक्यले देश भरीबाट केही व्यक्तिहरुलाई खोजेर सम्पूर्ण राजनीतिको पाठ पढाए र राजकाजमा पठाए फलस्वरुप सिकन्दरको भारत छाड्न बाध्य भयो भनिन्छ । आधुनिक कालमा के मान्यता छ भने "A Good leader produces another Good Leader. But bad leader only produces the followers" Siv Kheda (एउटा राम्रो नेताले अर्को राम्रो नेता बनाउँछ भने एउटा नराम्रो नेताले कार्यकर्ता मात्र उत्पादन गर्छ ।) मैले भन्न चाहेको पुरानो पुस्ताले देश विकास गर्न  सक्दैनन भने नयाँलाई छाडिदिनु पर्छ मात्र कार्यकर्ता र झोले बनाउने होइन । तर नेता भन्नाले मुद्धाले हुने हो उमेरले होइन । तसर्थ नेता बन्ने दौडमा रहेका युवाहरुले पुरानै समस्याहरु र पुरानै ढंगले राजनीतिलाई निरन्तरता दिने हो भने नेता किन बन्ने ? 
 
होइन समाज रुपान्तरण विकास, सकारात्मक परिवर्तन गर्ने हो भने नेता बनौं, स्थापितहरुले छाड्दैनन् तर एउटा मान्यता यो छ सुरुमा दावि गर्ने अरुको विश्वास जित्ने अनि आफूले काम गरेर प्रमाणित  गर्ने प्रक्रिया बाट नेता बनिन्छ । "First nobody recognized you, after that everybody start to pull down at the end you will be success" (सुरुमा तपँइलाई कसैले चिन्दैन त्यसपछि खुट्टा तान्न शुरु गर्छन् अनि तपाइ सफल बन्नु हुन्छ) जय होस् ।

आर्थिक विकास र समृद्धिका आधार

डा. बाबुराम भट्टराई-
अबको हाम्रो देशको मुख्य कार्यभार भनेको तीव्र आर्थिक विकास र समृद्धि नै हो। आर्थिक विकास र समृद्धि साथसाथै न्यायपूर्ण वितरण र सामाजिक सुरक्षा व्यवस्था पनि हो। यसमा केन्द्रित रहेर हेर्दा पहिले समस्याको पहिचान, दोस्रो त्यसलाई निदान गर्ने आवश्यक सैद्धान्तिक अवधारणा नीति अथवा सोच, तेस्रो प्राथमिकताको क्षेत्रको छनोट र चौथो त्यसलाई कार्यान्वयन गर्ने विधि अथवा कार्यक्रम र कार्यतालिका नै हाम्रो आर्थिक विकास र समृद्धिका मुख्य कार्यभार हुन्।
 
समस्याको पहिचान
सबैभन्दा पहिले नेपालमा आर्थिक क्षेत्रको मुख्य समस्या के हो ? समस्या त सबै समस्या नै हुन् तर मुख्य गाँठो परेको कहाँ हो ? र, त्यो समस्याको गाँठो कसरी फुकाउने भनेर हेर्दा चार विषय केन्द्रित गरेर हेर्नुपर्छ।
 
(१) निरपेक्ष गरीबी
असाध्यै धनी देशमा पनि केही मानिस गरीब हुन्छन्। तर, हाम्रो देशका जनता आम रूपमै गरीब छन्। किनभने हाम्रो प्रतिव्यक्ति आम्दानी नै वार्षिक जम्मा सात सय डलर छ। त्यो भनेको दैनिक प्रतिव्यक्ति जम्मा दुई डलर हुन आउँछ। यो निरपेक्ष गरीबी नै हो। त्यसैले हाम्रो सम्पूर्ण देश नै निरपेक्ष गरीबीको रेखामुनि छ। र यो हाम्रो सवैभन्दा ठूलो समस्या हो।

(२) चरम बेरोजगारी
गरीबी भएर पनि कम्तीमा मानिसले रोजगारी प्राप्त गर्ने हो भने त्यसले गरिबीलाई थोरै भए पनि न्यूनीकरण गर्छ। तर, हाम्रो देशमा बेरोजगारी समस्या चरम चुलीमा पुगेको अवस्था छ। अहिले देशमा ३९ लाख मानिस बेरोजागार भएको अनुमान गरिन्छ। यो समस्या हल गर्न  देशभित्र प्रतिवर्ष झन्डै पाँच लाख रोजगारी सिर्जना गर्नुपर्छ, त्यो हामीले गर्न सकिराखेका छैनाँै। यो नसक्दा प्रतिवर्ष पाँच लाख नै मानिस विदेश पलायन भइरहेका छन्। जति रोजगारी चाहिने हो त्यो देशले नगन्य मात्रामा मात्र सिर्जना गर्ने भएकाले बेरोजगारको त्यो संख्या दिनहुँ बढ्दो छ।

(३) असमानता
हाम्रो अर्को समस्या भनेको असमानता हो। आम गरीबीबीचमा पनि केही मानिस सम्पन्न र बहुसंख्यक विपन्न छन। ५ प्रतिशतजति मानिस सम्पन्न भए पनि अरु विभिन्न रुपमा गरीब छन। त्यसैले देशमा गरीब र धनीबीचको फाटो तीव्र छ। यस्तै सहर र गाउँबीचको फाटो छ। केही सीमित मानिसमात्र सहरमा बस्छन्, ती धनी छन्। बहुसंख्यक गाउँमा बस्ने मानिस गरीब छन्। क्षेत्रगत रूपमा पनि असमानता छ। पूर्व र मध्यक्षेत्र केही विकसित छन् भने कर्णाली र हिमाली क्षेत्र ज्यादै गरीबीको अवस्थामा छन्। यसरी वर्गीय असमानता, क्षेत्रीय असमानता र गाउँ र सहरबीचको असमानता छ। साथै लैंगिक र जातिगत असमानता पनि छ।

(४) पराश्रितपना
अर्को समस्या भनेको पराश्रितपना अथवा डिपेन्डेन्सी हो। हाम्रो अर्थतन्त्र अहिले पनि मूल रूपमा विदेशमा आश्रित छ। हाम्रो जुन व्यापार छ, त्यो निर्यातभन्दा आयात आठगुणा बढी छ। त्यसले गर्दा प्रतिवर्ष झन्डै ६ सय अर्बको व्यापार घाटा छ। विदेशको बिप्रेषणबाट नआउने हो भने हाम्रो देश नै टाट पल्टने अवस्था छ। यो सँगसँगै हाम्रो विदेशी ऋण यति तीव्र गतिले बढेर गएको छ, प्रतिव्यक्ति ऋण २० हजार रुपैयाँ पुगेको छ। बच्चा जन्मँदै थाप्लोमा २० हजार ऋण बोकेर जन्मन्छन्। हाम्रो आन्तरिक राजस्वबाट उठेको ठूलो रकम विदेशीबाट लिएको ऋणको ब्याज तिर्नमा खर्च हुन्छ।

यसरी यी चार विषय हाम्रो देशका मुख्य आर्थिक समस्या हुन्।
 
नीतिगत र सैद्धान्तिक अवधारणा
यसलाई समाधान गर्न नीतिगत र सैद्धान्तिक अवधारण के हुनुपर्छ ?, सामाजिक र राज्यको संरचना कस्तो छ भन्ने कुराले नै आर्थिक विकासको नीति तय हुन्छ। यदि सामाजिक र राज्यको संरचना आर्थिक विकासका लागि उपयुक्त भएन भने हामी जतिसुकै चर्का कुरा गरे पनि त्यसले हामीलाई कहीं पनि पु¥याउँदैन।

(१) पुँजीवादको विकास
हामी मार्क्सवादी विचार बोक्नेहरू के भन्न रुचाउँछौँ भने नेपाली समाज अहिले भर्खर युगौंदेखिको जुन सामन्ती निरंकुश र एकात्मकप्रकारको राज्यसत्ता छ, कृषिमुखी र गाउँमुखी अर्थतन्त्र छ, यसलाई अन्त्य गरेर पुँजीवादी विकासको दिशामा गइरहेको छ। यहाँ तीव्र ढंगले एउटा पुँजीवाद अथवा उत्पादक शक्ति विकास नगर्ने हो र आर्थिक वृद्धिदरलाई (जो अहिले ३÷४ प्रतिशत छ) बढाएर दुई अंकको आर्थिक वृद्धिदर केही दशकसम्म हासिल नगर्ने हो भने हामीले गरीबी अन्त्य गर्न सक्दैनांै। त्यसैले केही समय हामीले एउटा पुँजीवादी प्रकारको उत्पादक शक्ति विकास गर्नु आवश्यक हुन्छ।

परन्तु हामीले पुँजीवादको मात्र विकास ग¥यौं भने पुँजीवादमा जुन अन्तरनिहित असमानता हुन्छ, त्यसले गर्दा सीमित मानिसलाई मात्र फाइदा हुन्छ र बहुसंख्यक मानिस गरिब हुन्छन्। पछिल्लोपटक थोमस पिकेटीको ‘क्यापिटलिजम इन ट्वान्टी फस्ट सेन्चुरी’ भन्ने किताब विश्वमै निकै चर्चित छ। त्यसमा गत दुई सय वर्षको तथ्यांकलाई अगाडि सारेर पुँजीवादमा असमानता भनेको अन्तरनिहित नै हुन्छ, त्यसले केही थोरै मानिस धनी हुने र बहुसंख्यक मानिस गरीब हुनु पुँजीवादको चरित्र हो भनिएको छ।अहिले अमेरिकामा १ प्रतिशत धनी र अरू ९० प्रतिशत तलका मानिसको आम्दानी बराबर छ। विश्वमा ८५ जना धनी मानिसको र तीन अर्ब ५० करोड अथवा विश्वको आधा जनसंख्याको सम्पत्ति बराबर छ। यस्तोप्रकारको असमानता पुँजीवादले ल्याउँछ। फेरी पनि युगौंदेखिको प्राकृतिक र सामन्ती अर्थतन्त्रमा टाक्सिएर वसेको उत्पादक शक्तिलाई प्रष्फुटित गर्न र आर्थिक विकासको आधार तयार गर्न पुँजिवादी सिँडी पार गर्नैपर्छ।
 
(२) समाजवादी आधार निर्माण
पुँजीवादी उत्पादक शक्ति विकास गरेरमात्र हुँदैन, सँगसँगै सामाजिक न्याय, अथवा आम्दानी र उत्पादनको न्यापूर्ण वितरण पनि गरिनुपर्छ। यो भनेको समाजवादी आधार निर्माण हो। हाम्रो अर्थतन्त्रमा पनि यो हुनुपर्छ। त्यसैले हाम्रो आर्थिक नीतिको आधार समाजवादोन्मुख राष्ट्रिय औद्योगिक पुँजीवाद हुनुपर्छ। समाजवादोन्मुख राष्ट्रिय औद्योगिक पुँजीवाद भन्नेबित्तिकै तीन÷चारवटा कुरा त्यसमा जोडिएर आउँछन्। अर्थतन्त्रको मूल चरित्र अहिले पुँजीवाद नै हुन्छ। तर, त्यसको ओरिन्टेसन अथवा दिशा समाजवादतिर सोझिएको हुन्छ। यसले आर्थिक वृद्धि सँगसँगै सामाजिक न्याय पनि कायम गर्छ भन्ने एउटा मान्यता छ भने अर्को यो अर्थतन्त्रको प्रवृत्ति बढी राष्ट्रिय प्रकृतिको पनि हुन्छ। प्रत्येक कुराको निम्ति विदेशमा आश्रित हुनुको साटो हामीले राष्ट्रिय साधन, स्रोतको अधिकतम प्रयोग गरेर प्राकृतिक र मानवीय साधन स्रोत प्रयोग गरेर राष्ट्रिय अर्थतन्त्र विकास गर्नुपर्छ। संक्षिप्तमा भन्नुपर्दा हाम्रो आर्थिक नीति समाजवादोन्मुख राष्ट्रिय औद्योगिक पुँजीवाद भन्ने नै हुन्छ।
 
प्राथमिकताका क्षेत्र
समाजवादोन्मुख राष्ट्रिय औद्योगिक पुँजीवाद विकासका निम्ति हामीले कुन–कुन क्षेत्रलाई प्राथमिकतामा राखेर लैजाने भन्ने कुरा छुट्याउनुपर्छ। हामीले सबै क्षेत्रमा हात हालेर पनि हुँदैन। त्यसैले हाम्रो देशको आर्थिक विकास र समृद्धिका लागि निम्नक्षेत्रलाई प्राथमिकता दिएर जानुपर्छ।

(१) कृषि
बहुसंख्यक जनता अहिले पनि कृषिमा आधारित छन्। दुईतिहाइ श्रमशक्ति कृषिमा आधारित छ। एकतिहाई हाम्रो गार्हस्थ उत्पादन (जीडीपी) कृषिबाट प्राप्त हुन्छ। त्यसैले कृषि क्षेत्रलाई आमूल परिबर्तन गर्ने, आधुनिकीकरण गर्ने पक्ष नै हाम्रो आर्थिक विकास र समृद्धिको प्रमुख प्राथमिकता हुनुपर्छ। कृषि क्षेत्रको आधुनिकीकरण, वैज्ञानिकीकरण र तीव्र विकासविना अर्थतन्त्रको विकास हुन सक्दैन र भयो भने पनि गाउँमा बस्ने जुन बहुसंख्यक जनता छन्, तिनले लाभ लिन सक्दैनन्। त्यसैले अहिलेको जुन निर्वाहमुखी कृषि प्रणाली छ, त्यसको व्यावसायीकरण गर्ने र आधुनिकीकरण गर्ने कुरामा हामीले मुख्य जोड दिनुपर्छ। त्यसको साथसाथै जमिन वितरणको प्रश्न पनि छ।

पहाडी भेगमा त खासै छैन तर तराईमा अहिले पनि आफू खेती नगर्ने जमिनदारको हातमा धेरै जमिन छ। खेती गर्न चाहने भूमिहीन, गरिब किसान, कमैया र हलियालगायतका कृषिमा टाँसिएर बसेका समुदायलाई उत्पादनको मुख्य साधन जमिन अभाव छ। त्यसैले हामीले वैज्ञानिक भूमिसुधार कार्यक्रम पनि साथसाथै अगाडि बढाउनुपर्छ। कृषि क्षेत्रको क्रान्तिलाई बढी जोड दिएर खाद्यान्नमा आत्मनिर्भर हुने एउटा पक्ष छ भने अर्को फलफूल, तरकारी, पशुपालन, पक्षीपालनलाई व्यावसायीकरण गरेर जानुपर्छ।

अहिले हामीले जुन विदेशबाट अर्बांै रुपैयाँको कृषिजन्य पदार्थ आयात गरिराखेका छांै, त्यसलाई रोकेर देशमा एउटा आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिन्छ। त्यसैले पहिलो जोड कृषिमै हुनुपर्छ। त्यसनिम्ति कृषकलाई आधुनिक उत्पादनका साधन उपलब्ध गराएर, बैंकबाट सस्तो सरल कर्जा उपलब्ध गराएर, सहकारी आदि ढंगले खेतिपाती गर्ने नीति राज्यले अगाडि सारेर कृषि क्षेत्रको विकासमा ध्यान दिनुपर्छ।
 
(२) जलविद्युत्
ठूलो रूपमा आर्थिक वृद्धिदर हासिल गर्ने र अहिले हाम्रो जुन व्यापार घाटा छ, त्यसलाई अन्त्य गरेर तीव्र औद्योगिकीकरण गर्ने दिशामा जाने हो भने ऊर्जा क्षेत्रको लगानीलाई र ऊर्जा विकासलाई दोस्रो प्राथमिकता दिनुपर्छ। त्यो भनेको नेपालको सन्दर्भमा जलस्रोत नै हो। जलस्रोतको क्षेत्रमा ठूला, मझौला र साना यी तीनवटै योजनलाई समन्वययात्मक ढंगले विकास गर्ने कुरामा ध्यान दिनुपर्छ।

ऊर्जा विकास भयो भने मात्र बल्ल विदेशी लगानी पनि आउने र हाम्रा उद्योगधन्दा पनि खुल्ने स्थिति आउँछ। यसबाटै अहिलेको लोडसेडिङको भयंकर अवस्थाबाट मुक्त हुन सकिन्छ। ऊर्जा विकासमा अहिले हामीले तत्काल जोड दिनुपर्ने भनेको जलाशययुक्त योजनामा हो। जलाशययुक्त योजना नबनाईकन हामीले हिउँदमा विद्युत्को आवश्यकता पूर्ति गर्न सक्दैनौं। जुन हाम्रा रनअफद रिभर्स प्रोजेक्ट छन्, तिनले वर्षायाममा मात्र बिजुली दिन्छन, हिउँदमा पुग्दैन। त्यसैले जलाशययुक्त योजना बनाउन हामीले बिशेष जोड दिनुपर्छ।
 
(३) पर्यटन
नेपालको आर्थिक विकास र समृद्धिको लागि तेस्रो प्राथमिकताको क्षेत्र पर्यटन हो। हाम्रो देशमा हिमालयसहितको अनुपम प्राकृतिक सौन्दर्य छ, जैविक विविधता छ। काठमाडौं उपत्याकामा पुराना वास्तुकला सहितका साँस्कृतिक सम्पदा र लुम्बिनी, जनकपुर, पशुपतिनाथ, मुक्तिनाथजस्ता सांस्कृतिक केन्द्र छन्। पश्चिममा खप्तड, रारा, बीचमा मनकामना – गोरखकाली, स्वर्गद्वारी, पूर्वमा हलेसी, तराईमा सिम्रौनगढ, गढीमाई लगायतका जुन पर्यटन विकासका सम्भावना भएका ठाउँ छन्, यसको तीव्र विकास गरेर लाखांै पर्यटक देशभित्र ल्याउन सकिन्छ।

पर्यटन विकास गर्दा सकभर स्थानीयले पनि लाभ लिनेगरी गर्नुपर्छ। टे«किङ, ¥याफटिङ, पदयात्रालगायतका क्षेत्र विकास गरेर स्थानीयले लाभ लिने व्यवस्था मिलाउनुपर्छ। अर्कोतिर लुम्बिनीजस्ता ठाउँमा हामीले ठूलो विकास गर्न सक्यौं भने विदेशबाट खासगरी चीन, जापान, कोरिया, थाइल्यान्डलगायतका ठाउँबाट करोडांै पर्यटक भित्र्याउने सम्भावना रहन्छ।
 
(४) भौतिक पूर्वाधार
आर्थिक विकास र समृद्धिका लागि चाहिने अर्को असाध्यै महत्वपूर्ण कुरा भौतिक पूर्वाधार हो। यदि बाटोघाटो, ठूला सिंचाइ योजना, एयरपोर्टजस्ता भौतिक पूर्वाधार भएनन् भने औद्योगिक लगानी हुन सक्दैन। त्यसैले आर्थिक विकास र लगानीनिम्ति तथा ग्रामीण अर्थतन्त्र विकासका लागि आन्तरिक सडक, रेल, खानेपानी, एयरपोर्टजस्ता भौतिक पूर्वाधार विकासमा विशेष ध्यान दिनुपर्छ। योविना आर्थिक विकास र समृद्धि हुनैसक्दैन।
 
(५) शिक्षा र स्वास्थ्य
प्राथमिकताको अर्को महत्वपूर्ण क्षेत्र शिक्षा र स्वास्थ्य हुनुपर्छ। शिक्षा मानिसको ज्ञानको ज्योति र आफ्नो सीप अभिवृद्धि गर्ने एउटा माध्यम हो भने स्वास्थ्य भनेको भौतिक र मानसिक शक्ति आर्जन गर्ने महत्वपूर्ण माध्यम हो। शिक्षा र स्वास्थ्यमा लगानी नगरीकन दक्ष जनशक्ति निर्माण गर्न सकिँदैन। दक्ष र स्वस्थ जशक्तिविना आर्थिक विकास सम्भव छैन। शिक्षा र स्वास्थ्यमा विशेष लगानी गरियो भने मानिस आफैले पनि रोजगारी सिर्जना गर्न सक्ने र विदेशमा गयो भने पनि उसको उत्पादकत्व बढ्ने हुन्छ र स्वदेशमा पनि काम गर्दा श्रमको उत्पादकत्व बढ्छ र त्यसले बढी प्रतिफल दिन्छ। शिक्षा र स्वास्थ्य क्षेत्रको लगानी एउटा मानवीय भावनात्मक पक्षमात्र नभएर आर्थिक विकासका लागि पनि अनिवार्य तत्व हो।
 
(६) उद्योगधन्दा
प्राथमिकताको अर्को क्षेत्रमा तुलनात्मक लाभ भएका उद्योगलाई लिन सकिन्छ। कतिपय अवस्थामा भारतीय ठूलो अर्थतन्त्रसँग हामीले प्रतिस्पर्धा गर्न सक्दैनांै तर हाम्रा केही तुलनात्मक लाभ भएका उद्योग छन्। जस्तै सिमेन्ट उद्योग, जडीबुटी प्रशोधन र औषधि उत्पादन गर्ने उद्योग, कृषिजन्य वस्तु प्रशोधन गर्ने, चिया, कफी उत्पादन गर्ने उद्योग। यस्ता क्षेत्रमा विशेष रूपमा औद्योगिक लगानी गरेर हामीले यसलाई अगाडि बढाउन सक्नुपर्छ।
 
(७) विज्ञान प्रविधि
हाम्रो अर्को प्राथमिकताको क्षेत्र विज्ञान र प्रविधि हुनुपर्छ। बिज्ञान र प्रबिधिमा बिशेष तरिकाले लगानी गरेर विकास नगरीकन आधुनिक विज्ञान र प्रविधिको युगमा हामी प्रतिस्पर्धा गर्न सक्दैनांै। संचार प्रबिधि क्षेत्रको विकास गरेर सेवा क्षेत्रबाट पनि हामीले प्रशस्त आर्थिक विकास गर्न सकिन्छ। जुन हाम्रो सुन्दर हावापानी छ, यसले वैदेशिक लगानी आकर्षित हुनसक्छ। हाम्रै जुन शिक्षित युवा छन्, उनीहरूले यो क्षेत्र विकास गरे प्रविधि, सूचना सञ्चारमार्फत ठूलो आर्थिक विकास गर्न सक्छांै।
 
​आर्थिक विकास र समृद्धिका आधार
हामीले प्राथमिकताका क्षेत्र छुट्याइसकेपछि अब यो पूरा गर्न हामीले मुख्यतः कार्यान्वयन बिधिमा  ध्यान दिनुपर्छ।

(१) राज्य, सहकारी र निजी क्षेत्रको सन्तुलन
यसका लागि सबैभन्दा पहिले राज्य र निजी क्षेत्रको सन्तुलित भूमिका हुनुपर्छ। पहिलो चरणमा निजी क्षेत्रलाई नै हामीले व्यापक रूपमा प्रसारित नगरीकन पुँजीवादको विकास हुन सक्दैन। राज्यले मात्र हात हालेर सवै गर्न सक्दैन र निजीले मात्र पनि हाम्रो देशको विकास किन गर्न सकिँदैन भने हाम्रो निजी क्षेत्र त्यति विकसित र सवल छैन। विदेशी एकाधिकार पुँजीको यहाँ ठूलो वर्चस्व  छ। राज्यले सुरक्षा, प्रोत्साहन नदिने हो भने हाम्रो निजी क्षेत्र एक्लैले प्रतिस्पर्धा गर्न सक्दैन। कतिप यस्ता आधारभूत क्षेत्र हुन्छन्, त्यहाँ राज्यले लगानी नगर्ने हो र उपयुक्त नीति निर्धारण नगर्ने हो भने आर्थिक विकास सम्भव हँुदैन। त्यसैले मुख्य रूपमा निजी क्षेत्र र त्यसपछि राज्य क्षेत्रको महत्वपूर्ण भूमिकामा हामीले ध्यान दिनुपर्छ। यस्तै, सहकारीले राज्य र निजी क्षेत्रबीच पुलको काम गर्छ। हाम्रोजस्तो साना उत्पादनकर्ता भएको ठाउँमा सहकारी क्षेत्रलाई पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ। राज्य, सहकारी र निजी क्षेत्रको सन्तुलन कायम गर्न आवश्यक छ। कतिपय हिजोआज पब्लिक प्राइभेट पार्टनरसिप भन्ने चलन छ, त्यो पक्षलाई पनि हामीले ध्यान दिनु पर्छ।
 
(२) वित्तीय पुँजी निर्माण र सरल कर्जा प्रवाह
आर्थिक विकास र समृद्धिका आधार पूरा गर्न वित्तीय व्यवस्थापन महत्वपूर्ण मानिन्छ। औद्योगिकीकरण, कृषिको व्यावसायीकरण गर्न र सेवा क्षेत्रको विस्तार गर्न वित्तीय क्षेत्रको विस्तार गर्नुपर्छ। यसका लागि आवश्यक पुँजी संकलन, सञ्चय र कर्जा उपलब्ध नगराएसम्म आधुनिक अर्थतन्त्र निर्माण हुन सक्दैन। विप्रेषणबाट आउने रकम, कृषि क्षेत्रबाट बचत भएको रकम आदिलाई बैंकिङ र वित्तीय सस्था मार्फत संकलन गरी त्यसको पुँजीकरण गर्ने र उत्पादनका काममा सरल ढंगले कर्जा उपलब्ध गराउने व्यवस्था हामीले गर्नुपर्छ। पुँजी संकलन र कर्जा वितरण व्यवस्था गर्न बैंक ÷वित्तीय क्षेत्रमा ध्यान दिनुपर्छ। यसको ंसञ्जाल देशव्यापी रूपमा बढाउनुपर्छ। किनभने अहिले बैंक र वित्तीय सस्था सहरमा मात्रै केन्द्रित छन्। ग्रामीण साना बजार भएका क्षेत्रमा आवश्यक कर्जा अभावमा उद्योगधन्दा सुरु हुन सकेको छैन। र, त्यो पाउँदा पनि ब्याजको दर यति धेरै बढी छ कि त्यसबाट पर्याप्त मुनाफा गर्न सकिँदैन, त्यसैले बैंक र वित्तीय व्यवस्थापन आर्थिक बिकासका लागि एउटा महत्वपूर्ण पाटो हो।

(३) विदेशी लगानी
हामीले जुन दुई अंकको आर्थिक वृद्धिदरको कुरा गरिरहेका छौँ, त्यसका लागि हाम्रो आफ्नो आन्तरिक पुँजी पर्याप्त हुँदैन। पहिलो प्राथमिकता त हामीले आफ्नै देशभित्रको पुँजी सञ्चय गर्ने र विप्रेषणबाट आएको जुन रकम छ, त्यसलाई खालि वस्तु आयात गरेर खर्चमात्र गर्नु भन्दा त्यसलाई बचत गर्ने व्यवस्था गरेर आफ्नो आन्तरिक स्रोतबाटै पुँजी संकलनलाई पहिलो प्राथमिकता दिनुपर्छ। तर, यसो गर्दागर्दै पनि आन्तरिक स्रोतबाट मात्रै हामीलाई चाहिने पर्याप्त पुँजी प्राप्त हुन सक्दैन।

किनकि दुई अंकको आर्थिक वृद्धिदरको सामान्य फर्मुला के हुन्छ भने हाम्रो जुन कुल गार्हस्थ उत्पादन छ, त्यसको ३५÷४० प्रतिशत लगानी गर्नुपर्छ। त्यसको निम्ति अहिले हाम्रा १८÷ १९ खर्बको कुल गार्हस्थ उत्पादन छ, त्यसको ४० प्रतिशत भनेको झन्डै हाम्रो आठ/साढे आठ खर्ब हुन आउँछ। त्यो हाम्रो आन्तरिक स्रोतबाट मात्र सम्भव हुँदैन। हाम्रो राजस्वको ठूलो हिस्सा हामीले साधारण खर्च गर्छौँ उत्पादनमूलक खर्च खुब गर्‍यौँ भने डेढ/दुई खर्बभन्दा बढी गर्न सक्दैनौँ।

बाहिर विप्रेषणबाट आउनेबाट दुई÷तीन खर्ब नै बचाइएछ भने पनि चार÷पाँच खर्ब लगानीले मात्र पुग्दैन। तीन÷चार खर्ब प्रत्येक वर्ष हामीलाई पुँजी न्यून हुन्छ, जुन बाहिरबाट ल्याउनुपर्ने हुन्छ। यसैले राष्ट्रिय नीतिअन्तर्गत हामीले विदेशी लगानी ल्याउने वातवरण बनाउनुपर्छ। त्यसनिम्ति हामीले विभिन्न देश जस्तै मुख्यतः भारत, चीन, जापानजस्ता देशसँग बिप्पा सम्झौता गरेर उनीहरूको पुँजीलाई सरक्षण दिने र उनीहरूलाई यहाँ ल्याएर लगानी गर्न अनुकूल वातावरण बनाउने गर्नुपर्छ। त्यसैले राष्ट्रिय पुँजी र बाह्य पुँजीको उचित सन्तुलन मिलाएर आर्थिक विकास समृद्धि गर्न सकिन्छ।
 
(४) राजनीतिक नेतृत्व र इच्छाशक्ति
आर्थिक विकासका लागि सवैभन्दा मुख्य कुरा राजनीतिक नेतृत्व स्पष्ट सोच र इच्छाशक्ति पनि हो। त्यसैले आफ्नो देशको विकासनिम्ति राजनीतिक नेतृत्वमा स्पष्ट विचार र दृढइच्छाशक्ति भयो भने देशको तीव्र आर्थिक विकास गर्न सकिन्छ। अहिले हामी पुँजिवादी राजनीतिक परिवर्तनको प्रक्रिया पूरा गरेर संविधानसभामार्फत यसलाई संस्थागत गर्दै समाजवादको दिशामा अगाडि बढ्ने चरणमा छौँ।

अहिलेदेखि हामीले आर्थिक विकासका नीतिगत र व्यावहारिक कुरामा प्रस्टता हासिल गर्दै त्यो सोच बनाएर अगाडि बढ्यांै भने नेपालाई केही दशकभित्र यो क्षेत्र र विश्वकै एउटा सम्पन्नतम देशभित्रमा रूपान्तरण गर्न सकिन्छ। हामीले स्पष्ट सोचसाथ अगाडि बढ्ने हो र देशभित्र प्राप्त प्राकृतिक र मानवीय स्रोतको सही परिचालन गर्न सक्ने हो भने हाम्रो देश केही दशकभित्रै विश्वको सम्पन्न मुलुकमा परिणत हुन सक्छ। त्यसैले केही समय विकासमुखी राजनीति मुख्य राष्ट्रिय एजेण्डा बन्नुपर्छ। प्रस्तावित ‘नयाँ शक्ति’ को प्रमुख आधार त्यही हो।
समयबोध मासिक २०७१ भदौ अंक  Dr. Babu Ram Bhattarai