बुधवार, 19 सितंबर 2018

सफल व्यवसायी बन्न चाहनु हुन्छ भने हेर्नुस यी १० फिल्म

काठमाडौ। ब्यवसायिक क्षेत्रमा सफलता हासिल गर्न त्यति सजिलो छैन। तर कहिले काँही फिल्मी कथाहरुले पनि तपाईलाई सफल बनाउन सहयोग गर्छ। ब्यवसायमा के के हुन्छ, कस्ता खेलहरु हुन्छन् भन्ने कुराहरु फिल्मबाट पनि जान्न सकिन्छ।
 
ब्यापार थाल्नुअघि केही फिल्महरु हेर्दा तपाईलाई फाइदै हुन्छ। हलिउड र वलिउडमा यस्ता थुप्रै फिल्महरु बनेका छन् जसले तपाईलाई सफल हुन प्रेरित गर्छन्।
 
द सोसल नेटवर्क
यो फिल्म सन् २०१० मा रिलिज भएको हो। यो फिल्म फेसबुकका संस्थापक मार्क जुकरबर्कमाथि आधारित छ। फिल्ममा जुकरवर्कको मेहेनत र मोटिभेसनलाई देखाइएको छ। यो फिल्ममा फेसबुकको सुरुवातदेखि जुकरवर्कको सफलताको यात्रालाई समेटिएको छ।
 
फिल्ममा जुकरवर्कको सोच र उनको एकाग्रतालाई देखाइएको छ। फेसबुक कसरी तयार भयो, कसरी यसलाई फैलाइयोजस्ता साना साना कुराहरु पनि फिल्ममा देखाइएको छ।
 
ब्यान्ड बाजा वारात
फिल्ममा दुई कलेज ग्रयाजुएटको कथा छ जो एक अर्कमा चिनजान नभए पनि मिलेर विवाहको व्यवस्थापन अर्थात वेडिङ प्लानिङको व्यवसाय गर्छन्। फिल्ममा स्टाटप्सले कस्ता चुनौतीहरु सामना गर्नु पर्छ भनेर देखाउन खोजिएको छ। फिल्ममा व्यक्तिगत र व्यवसायिक जीवनलाई फरक फरक रुपमा डिल गर्नु पर्छ भनेर देखाइएको छ। फिल्म शैक्षिक योग्यता भन्दा पनि काम प्रतिको एकाग्रता भएमा व्यवसाय सफल हुन्छ भन्ने सन्देश दिइएको छ।
 
पाइरेट्स अफ सिलिकन भ्याली
यो फिल्म विलगेट्स र स्टिभ जब्सको उदयमाथि छ। फिल्म १९९९ मा रिलिज भएको हो। यो फिल्म टेलिभिजनका लागि तयार पारिएको थियो। तर पछि यसलाई सिनेमा हलकै लागि विकास गरियो। फिल्मबाट विल गेट्स र स्टिब जब्सको जीवनलाई देखाउन खोजिएको छ। उनीहरुको संघर्ष, उनीहरुले खाएको हन्डरलाई पनि देखाइएको छ। जो व्यवसाय सुरुवात गर्दैछन् यो फिल्मले उनीहरुलाई उत्साहित बनाउँछ।
 
रकेट सिंह
मार्केटिङ पोलिसी माथि केन्द्रित यो फिल्मले शैक्षिक योग्यता राम्रो नभए पनि मेहेनत भए सफलता हासिल हुन्छ भन्ने देखाउन खोजेको छ। साथै जोखिम लिने, टिम वर्कका साथै टिमका लागि सही ब्यक्तिहरु छनौट गर्ने र ग्राहकका लागि आफ्नो प्रतिवद्धता पनि यो फिल्ममा देख्न सकिन्छ।
 
सिटिजन केन
ओरसन वेल्लेसको यो फिल्म १९४१ तिरै रिलिज भइसकेको हो। फिल्ममा एक अखवार टाइकुनको जीवन देखाइएको छ। फिल्मको माध्यमबाट सफल ब्यवसायी बन्ने उद्यमीको लक्ष्य त हुन्छ तर उसको जिन्दगीको एउटै मात्र उद्देश्य व्यवसायिक सफलता मात्रै हुँदैन भनेर देखाउन खोजिएको छ।
 
गुरु
धिरुभाइ अम्वानीको समय र उनको जीवनमा आधारित यो फिल्मले तपाईलाई नयाँ उर्जा दिन्छ। फिल्ममा आफ्नो सफलताका लागि कतिसम्म निर्दयी हुनु पर्छ भनेरसमेत देखाइएको छ। दाइजोमा मिलेको सम्पतिबाट कसरी एउटा महत्वकांक्षी ब्यक्ति सफलताको उचाइमा पुग्छ भनेर फिल्म दखाइएको छ। सफल हुनका लागि महत्वकांक्षी हुनै पर्छ भन्ने सन्देश फिल्ममा छ।
 
ग्‍लेनगेरी ग्लेन रोस
फिल्ममा आफूले रोजेको व्यवसायिक दुनिया एकदमै खराव पनि हुनसक्छ तर त्यसमा संयम र चलाखी अपनाइयो भने सफल भइन्छ भनेर देखाउन खोजिएको छ। फिल्म १९९२ मा रिलिज भएको हो। एउटा ब्यक्ति सफल हुनका लागि कतिसम्म संयमित हुन्छ भनेर देखाइएको छ।
 
कर्पोरेट
फिल्ममा कर्पोरेट वारलाई व्याख्या गर्ने प्रयास गरिएको छ। नाफा वढाउनका लागि गलत कुरालाई प्रश्रय दिनेदेखि अर्काको सुचना चोरेर आफू माथि पुग्ने विषय पनि फिल्ममा देखाइएको छ। ब्यवसायसँग राजनीति कससी जोडिएको हुन्छ र त्यसले समाजलाई कतिसम्म प्रभावित पार्छ भन्ने फिल्मको विषय बस्तु हो। ब्यवसायमा सफल हुनका लागि कतिसम्म राजनीति हुन्छ भनेर वुझ्नलाई पनि यो फिल्म हेर्नु पर्छ।
 
मनिवल
 यो ब्राड पिटको फिल्म हो। यसमा इनोभेसनले कसरी सफल भइन्छ र खराव समयमा पनि कसरी सफल हुन सकिन्छ भनेर देखाउन खोजिएको छ। थोरै पुँजी अर्थात स्रोतमा पनि कसरी धेरै राम्रो गर्न सकिन्छ भन्ने शिक्षा फिल्मले दिएको छ।
 
मञ्जिल
तपाई तल्लो आर्थिक स्थित भएको वर्गबाटै आए पनि मेहेनत र महत्वकांक्षाले कसरी माथि पुग्नु हुन्छ भन्ने फिल्मले सिकाएको छ। एउटा महत्वकांक्षी वेरोजगार युवा आफ्नै कम्पनी खोल्ने सपना देख्छ। कसरी व्यवसाय सुरु गर्छ र प्रतिस्पर्धाका कारणले कसरी व्यवसाय डुवाउँछ भन्ने कुरा फिल्ममा देखाइएको छ। फिल्मले एक उद्यमीलाई आफ्ना गल्तिहरु स्वीकार गर्न सिकाउछ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें