सोमवार, 16 सितंबर 2019

म को हुँ?3

 को हुँ?
तपाँइलाइ के लाग्छ? यो प्रश्न सरल हो कि कठिन ? एक पटक आफैंलाइ सोध्नुहोस।
साान्यत परीचय भन्ने बित्तीकै ना, ठेगाना, का, ….यस्तै कुराहरु जोडीन्छन।  फरक हुन खोजेको होइन तर आजभोली यी सबै कुराा  परीचय भन्दा अरु नै कुरा बढी देख्छु ।
त्यसैले त ” तँ को होस्?” भन्ने प्रश्न फाइनल एक्जा ा नजानेको प्रश्न भन्दा बढी जटिल लाग्छ लाइ!
हुन त आजभोली ान्छे प्रतीको धारणा उसको धन स्पती,उसले चढ्ने गाडी, बोक्ने ोबाइल ले निर्धारण गर्ने जाना छ अब त्यसैगरी परीचय खोज्ने हो भने त ेरो यो संसारा हनु र न हुनु बराबर नै हो। तर अलिकती फरक ढंग ले सोच्ने हो भने पक्कै पनि केही त फरक आउला।
फरक हुनुलाइ नै परीचय ान्ने हो भने पनी
कतै सुनेको एउटै अनुहार भएका त सात जना हुन्छन् रे संसारा अब ना र का जस्ता  कुराा फरक खोज्नु त झन ुर्ख कुरा भए।
विचार ान्छेको परीचय हो त ? हुन पनि सक्ला तर सय सँगै परिवर्तन हुने कुरालाइ खै कसरी परीचय भनौ।
जति सोच्दै गयो त्यती जटिल हुदै जान्छ पक्कै  पनी यो सब त्यती सजिलो कुरा होइन।
ओशोले भनेका थिए, जुन दिन तिी आफँुलाइ “ को हुँ?”भन्ने प्रश्न गर्दा केही उत्तर भेट्दैनौ त्यही पल तिी आफुलाइ चिन्नेछौ।
 को हो भनेर तपाँइलाइ चिनाउनको लागी पहिले ैले आफैलाइ चिन्नु पर्ने हुन्छ। त्यही चिन्ने प्रयास गर्दैछु। बार्बार आफैलाइ  प्रश्न गर्छु सयथरी उत्तर भेट्छु। थाहा छैन ओशो ले भने झैं कहिले हो ैले उत्तर नभेट्ने!
परीचयको नाा यतीका कुरा भनिसकेपछी यत्तीकै कुरा टुगं़्याउन नले ानने।  कुनै अपवाद होइन र बन्नु पनि छैन ।सपना देख्ने एउटा साान्य ान्छे हो । कर्ा विश्वाश गर्छु । सकेस ख़ुशी हुन सिक्दै छु । यात्रा गर्न न पर्छ। कहीले कता जे ा आउछ त्यही लेख्छु। लेखेका कुरा यतै हुन्छन् न लाग्छ भने पढ्नु होला, सल्लाहा सुझाव दिनुहोला ।
ना सचिन हो अहिले सिड्नी मा छू। बाटोा , बसा वा ट्रेनमा  भेटिन सक्छु, देख्नु भयो भने बोलाउनु होला। थप केही ेरो बारे जान्न न लाग्छ भने  तल केन्ट बक्सा लेख्नुहोला रिप्लाइ गर्ने छु!

म को हुँ, कहाँबाट आएको हुँ ?

नेपाल भौगोलिक बनौटमा विविधतायुक्त मुलुक हो । विश्वका सम्पन्न मुलुकहरुलाई हेर्ने हो भने तिनीहरुले आफ्नो देशको जैविक विविधताको अधिकतम प्रयोग र व्यापारमा आधुनिकीकरण गर्दै आर्थिक रुपमा सम्पन्न भएका उदाहरणहरु हामीले सुनेका छौ । त्यसैगरी हाम्रो देश नेपालमा पनि हरेकले एकताको भावना राखी आफ्नै देशमा रहेका जैविक विविधतालाई सही सदुपयोग गरी व्यापारलाई आधुनिकीकरण गर्दै अगाडि बढ्न आवश्यक छ । एकताको भावना राखी अगाडी बढ्ने हो भने हामी नेपाली आर्थिक रुपमा सम्वृद्ध हुन धेरै समय लाग्दैन ।
देश सम्वृद्घ हुनका लागि दुई कुराको आवश्यकता त पर्छ नै । राज्य नीतिगत कुरामा स्पष्ट र पारदर्शी हुनुपर्छ भने अर्को हरेक नेपाली जनता अझ विशेष गरी युवावर्ग यतिखेरको समयमा देशमा यो भएन त्यो भएन भनेर दोष थुर्पानु र अब आन्दोलनमा उत्रनु भन्दा त राज्यप्रतिको आफ्नो कर्तव्यप्रति सचेत र इमान्दार हुनुपर्छ । तबमात्र देश विकाशतिर लम्किन्छ ।
 हे युवावर्ग । अब जागौ अगाडि बढौ, स्वयंमानै दया गरौ, आत्मबल बढाऔ ढिला नगरौ ‘हाम्रा प्राकृतिक सम्पदालाई संसार सामु चिनायौ’ आज नभए कहिल्यै हुँदैन, हामीले नगरे कसले गर्ने, जुलुस नारा गर्दैमा र उच्च पदस्थ व्यक्तिलाई गाली गर्दैमा केही हुन सकिरहेको छैन, त्यसैले अब भूल नगरौ । भोलीलाई नपर्खौ, त्यो भोली कहिल्यै नआउने गरी विदा भइसकेको छ । जागौ एकपटक स्वयंलाई जगाऊ । आफैलाई प्रश्न गरौ म को हुँ अनि मेरो कर्तव्य के हो ? म कहाँबाट आएको हुँ ?
आज जसरी विकसित मुलुकहरु विकसित हुनका लागि त्यही देशकै युवावर्गको श्रम, सीप र त्यही देशकै स्रोत, साधनको सही सदुपयोग गरेर विकसित भए त्यसरी नै अब हामी युवावर्गले पनि अन्य खाडी मुलुकमा गएर १८÷१९ घण्टा श्रम, सीप बेच्न जाने जुन मानसिकता वा संस्कार छ । यो खालको मानसिकता वा संस्कारको अन्त्य गर्न अत्यावश्यक छ । यदि हामी विदेशी मुलुकमा जान्छौ भने श्रम, सीप बेच्न जाने होइन की आफ्नो देशको प्राकृतिक स्रोत, साधन लिएर जाआंै । आज राज्य लगायत विश्वले नै जैविक विविधताको प्रयोगबाट नै आर्थिक उन्नति सम्भव छ भनी आर्थिक दशकको घोषणा गरेको अवस्था छ तर व्यवहारमा लागु भएको भने पाइएको छैन् । त्यसै कारण अब हरेकले एकताको भावना राखी स्वदेशी उत्पादनलाई नै प्राथमिकताका साथ प्रयोग गर्ने बानी बसाल्न सक्यौ भने स्वदेशी अर्थतन्त्र बलियो हुने थियो फलस्वरुप हामी नेपाली अझ विशेष शैक्षिक बेरोजगार युवावर्ग विदेशी खाडी मुलुकमा जानु पर्ने थिएन आफ्नै देशमा आत्मनिर्भर हुन सक्छौ ।
विश्वमै सुन्दर शान्त प्राकृतिक सम्पदाको भरिपुर्ण देश नेपाल धार्मिक ग्रन्थले घेरिएको धार्मिक स्थल पशुपतिनाथ हाम्रै देशमा अवस्थित छ । जहाँ विश्वका लाखौ पर्यटक दर्शन गर्न आउछन् । हामीले तिनै पर्यटकलाई नेपालको एक–एक वस्तु बेच्यौ भने पनि धेरै आम्दानी गर्न सक्छौ, आफ्नो देशको वस्तुको गुणको बारेमा पनि उनीहरुलाई जानकारी गराउन सक्छौ । त्यसै गरी संसारको अग्लो ठाँउ सगरमाथा पनि नेपालमै अवस्थित छ, जसकारण सगरमाथा भएको देश नेपाल भनेर संसार सामु चिनिन्छौ, र अथाह जडिबुटि पनि हाम्रै देशमा छन् । दिनप्रतिदिन लोडसेडिङ्ग भोगेपनि जलस्रोतमा पनि अगाडि नै छौ, जनावर, जंगल पनि हाम्रै देशमा छन् तर बिडम्बना यति धेरै मूल्यवान् वस्तु हामी कहाँ हुदाँहुदँै पनि सस्तो श्रमिकको रुपमा विदेशिएका छौ तर आज विश्वले नै प्राकृतिक जीवन बाँच्न चाहिरहेका छन् ।
यी कुराको सोच नभएको त होइन । परम्परागत सोचमा अडिग रहनाले र प्रभावकारी तरिकाले अगाडी नबढ्नाले नै आज नेपाल आत्मनिर्भर नभएर परनिर्भर हुनपरेको छ । त्यसैले प्राकृतिक जीवन जीउन संसारले खोजिरहेको अवस्थालाई मध्यनजर गर्दै प्रभावकारी तरीकाले अगाडी बढ्नु अत्यावश्यक छ । विशेषगरी हामी युवावर्ग एकताको भावना राखी अघि बढ्यौ भने हामी अन्य विकसित मुलुक भन्दा कम हुने थिएनौ, एकैछिन सोचौ त ?
अब पनि हामीले नेताहरुकै आश गरेर बस्यौ भने हाम्रो देशलाई विदेशीले नै कब्जा गर्ने छन् । त्यसैले एकताको भावना राखी अघि बढ्न अब ढिला गर्नु हुँदैन । एकता एउटा शक्ति हो, जसका कारण असंभव कार्य पनि संभव बनाउन पोषण, तागत तथा साहस प्रदान गर्छ । एकताले ठूल्ठूला कार्यहरुलाई पनि सहज बनाइदिन्छ । एकतामा बल हुन्छ । थोरै समयमा धेरै कार्यहरु सहज रुपमा समाप्त गर्न सकिन्छ । समयको बचत अनि सामुहिक फइदा पनि हुन्छ । एकताको सहयोगले अनुभवहरुको रचना गर्न पनि सकिन्छ र कार्यको लागि उत्साह बढाउँछ तथा वातावरणलाई शक्तिशाली बनाउँछ । वास्तवमा एकताको अपनत्वको भावनाको भावनाको निर्माण पनि गर्छ साथै सबै प्रति कल्याणको भावनामा वृद्घि गर्छ ।
जुन तरिकाले संगितकारले गितारको हरेक तारहरुले लयलाई बुझेको हुन्छ । एक अर्काको आवाजको सहयोग नलिई एउटा मात्र तारबाट राम्रो लय निकाल्न खोज्दा त्यसको कुनै अर्थ रहँदैन भने जस्तै समुहमा पनि हरेकको भाव स्वभावलाई बुझेर सबैको स्वभावलाई मिलाउन जानेमा अत्यन्तै सही तरिकाले कार्य गर्न सकिन्छ । त्यो कार्य नै स्थायी तथा फलदायी हुन्छ ।
त्यसर्थ हे युवावर्ग । अब जागौ अगाडि बढौ, स्वयंमानै दया गरौ, आत्मबल बढाऔ ढिला नगरौ “हाम्रा प्राकृतिक सम्पदालाई संसार सामु चिनायौ” आज नभए कहिल्यै हुँदैन, हामीले नगरे कसले गर्ने, जुलुस नारा गर्दैमा र उच्च पदस्थ व्यक्तिलाई गाली गर्दैमा केही हुन सकिरहेको छैन, त्यसैले अब भूल नगरौ । भोलीलाई नपर्खौ, त्यो भोली कहिल्यै नआउने गरी विदा भइसकेको छ । जागौ एकपटक स्वयंलाई जगाऊ । आफैलाई प्रश्न गरौ म को हुँ अनि मेरो कर्तव्य के हो ? म कहाँबाट आएको हुँ ?

म को हुँ ? 2

यो प्रश्नले लगभग सबै मानिसहरुलाई  सताएकै छ । मलाइ पनि म ससानो हुदा म को हुँ  ? भनेर कहिले काही मनमा आइराक्थ्यो । पछि गएर संसारिक बन्धनमा परिसकेपछि यी प्रश्नको न उत्तर नै  खोज्न थालियो न त चिन्तन नै गरियो । समयसंगै बिचार र प्रसंग फेरिदै जाने रहेछ । म एउटा भौतिक बादी चिन्तन बोकेको मान्छे, जिबनको उत्तरार्ध जब म ४५  बर्षको हुदा कजेको रोग liver cirrhosis को प्रभावले बेहोस हुन् पुगे र करिब सात दिनको कोमाबाट म जागे । डाक्टरले समेत माया मारेको म किन जागे भन्ने प्रश्न मेरो मनमा उब्जिन थाल्यो । यो रोगले मेरो कलेजो पुरै बिग्रिसकेको थियो र उपचारको वाबजुद पनी  एक आध बर्षमा प्रत्यारोपण गर्न नसके मर्ने समेत डाक्टरले भनेका थिए । प्रत्यारोपणका लागि प्रयास गरिएका कथा र सन्दर्भहरु मेरो” कलेजो फेरेका मान्छे” पुस्तकमा समाबेश भएका छन । यहाँ उल्लेख गरिरहनु नपर्ला । म कोमाबाट बाच्नुको अर्थ मैले यस संसारबाट लिन पर्ने र दिन पर्ने केहि हिसाब किताब बाँकी छन् भन्ने कुरा मेरो अन्तरमनमा लागिरह्यो । र मेरो कलेजोको प्रत्यारोपण  हुन्छ र म फेरि पनि यो संसारमा बाच्ने कुरामा मेरो धारणा बलियो हुन थाल्यो । यो आत्मबल श्रोत पनी त्यहि कुरा थियो । मलाइ मेरो भान्जिले प्रभुपादले ब्याख्या गरेको भागवतगीताको पुस्तक उपहारको रुपमा पठाई दीकी थिइन ।
संस्कृत र अंग्रेजी दुवै भाषाको अल्प ज्ञानले राम्ररि बुझ कठिन  भयो मलाइ र नेपालीको भाषा टिका समेतको भागवतगीता लिएर पढन बुझ्न कोशिश गरे ।  अर्गन ट्रान्सप्लान्ट गरेको मान्छेलाई यसै पनी सम्झने शक्तिमा ह्रास आउछ ,आत्मपरक मनोदशामा बाच्न परिरहेको हुन्छ अझ नयाँ बिषय र भाषामा ज्ञानआर्जन गर्न अझझन् गाह्रो चिज हो   / के म बाबु हुँ ? के म पति हुँ ? के म छोरा हुँ ? यी नाता सम्बंधका कुरा भए डाक्टरले पेसेंट , भन्छ बसमा चढ्यो पेसेन्जर भन्छ / ससुराल्मा ज्वाई / कहिँ मामा कहिँ भान्जा , डाक्टरको  कामगरे डाक्टर इन्जिनियरको काम गरे इन्जिनियर / छोराछोरी भएपछी म बाबु हुँ , यसै गरि जहा जे रुपमा जे देख्छन अरुले त्यहि भन्छन / त्यसमाथि आफ्नो नाम पनि छ, उपनाम पनि छ यतिधेरै परिचयमा आखिर म को हुँ त  ? यी सबै आर्जन गरेका नाता, सम्बन्ध, शिक्षा, बिध्याबारिधि, धन, सम्पत्ति , पद र सम्मानित नामहरुलाई एकातिर थन्क्याएर एउटा नाङ्गो शरीर लिएर जीवित उम्भिरहदा, मलाइ वा उसलाई वा तपाइलाइ अरुले के भन्छन ? कसैले नाङ्गो मान्छे, कसैले मान्छे भन्ला !  त्यहि मान्छेले सास फेर्न छोडेपछि सवैले मलाइ, उसलाई वा तपाइलाइ लास भन्ने छन् / जस्तो सुकै सुटेट बुतेट भए पनि, राजा महाराज भएपनि , जुनसुकैपोष्ट मानको, जतिसुकै पढेकोज्ञानी भए पनि उ लाश हुन्छ / श्वासप्रश्वास क्रम छुटेकोअबस्थालाइ नै मरण भनिन्छ र  मरी सकेसम्म चाडै मलाइ, उसलाई वा तपाइलाइ बाँधेर घाटमा लगी जलाएर बिलिन गराइन्छ / यो संसारको नियति हो / यहि क्रममा चलेको छ यो मानब श्रीष्टिको लिला ? फेरी पनि हाम्रा अहं यथावत छन, लोभपाप इर्श्या प्रतिर्स्पर्दा यसैमा अल्झिएर न हामीले आफुलाइ चिन्दछौ न त अरुलाई चिन्दछौ !  सम्बन्ध भर्सेसका नातासम्बन्धका नाम, काम बिशेषका नाम, ज्ञान शिक्षा विशेषका नाम के तपाइँ हामि हौ त ? यी नाता र नामहरु समय सन्दर्भ स्थानमा फरक फरक ढंग र नामले विभूषित भए आखिर पनि म को हुँ ? प्रश्न हामिलाइ सामुन्ने तेर्सिनु स्वभाविक हो । अमेरिका आफ्नै साथीले अर्को साथीलाइ हे वडी, व्हट  आर डुइंग( he body what you are doing) ? भन्ने गर्छन, साचै  तिनले ठिकै भनेका रहेछन जस्तो लाग्यो ! यसमा नामले भन्ने पर्दैन । सबै जिउदा मान्छे वडी र मरेका डेड वडी ? यहि सत्य हो । जब शरीर म हैन भने, यसले सिध्द गर्छ कि यो नाशवान शरीरलाई चलाउने शरीरभित्र कोइ अरु चिज छ / बिज्ञानले खोज गरेकै छ  , गरिरहेको छ / पत्ता लगाएको पनि छ । फिजिक्स भन्दा पर मेटाफिजिक्स बारेका बिषयबस्तु स्विकारेको पनी छ । म को हुँ भन्ने प्रश्नको उत्तर शरीर हो कि ! मन हो कि ! मश्तिश्क हो कि ! बुध्दि हो ! यसरि ब्याख्या गरिएको पनि पाइन्छ यी सबैलाई नियन्त्रण र परिचालन गर्ने अर्को सुप्रिम पावर वा सर्वशक्तिमान भनेको अविनाशिनी  अब्यय अपरिबर्तनिय आत्मा हो जो मनुष्यको प्राणमा अबस्थित छ । आत्मा अविछिन्न अजर अमर छ भन्ने कुरा भागवतगीतामा यसरी भनिएको छ ।
नैनं छिन्दन्ति शस्त्रानी नैनं दहती पावक :   ।                                             चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः  ।।२३॥     
 भागवतगीता अध्याय २ श्लोक २३
अर्थ: आत्मालाई कुनै शस्त्रले काटन सक्दैन,त्यसरी नै अग्निले जलाउन सक्दैन | यसलाई पानीले भिजाउन, बगाउन, डुवाउन न त हावाले सुकाउन नै सक्छ |  गीतामा आत्माको बारेमा यसरि व्याख्या गरिएको छ | आत्मा कहिल्यै मर्दैन , अविनासिनी, नित्य, अजन्मा, अब्यय, अपरिबर्तनीय छ | त्यसैले आत्मा मर्दैन र न त जन्मंछ नै | हामीले मरेको भन्ने मान्नलाइ हाम्रो शरीरबाट जीवात्माले शरीर छोडेर जानुलाई नै भनिएको छ | मान्छे आफ्नो प्रारब्धमा रहेको आयु बाचेर स्थुल शरिरको मृत्यु भै अदृश्य जीवात्मामा परिणत हुन्छ | उक्त जीवात्मले पुन अर्को शरीर गरण गर्दाको अबस्थामा पुनर्जन्म भएको मानिन्छ अथवा जन्म भएको मानिन्छ |
त्यसैले हामि भित्र भएको जीवात्मा न त जन्मेको हो न त मरेकै हो | हरेक जीवात्मा फरक फरक हुन शर्वशक्तिमान परमेश्वरले प्रत्येक जीवात्मालाइ भिन्न भिन्न रुप प्रदान गर्नु भएको छ । त्यति मात्रै होइन प्रत्येकको DNA र FINGER PRINT  समेत छुट्टै छन् एक आपसमा मिल्दैनन । एउटै आमा बाबुबाट जन्मेका छोरा छोरीमा समेत रुप रंग स्वभाव र सरिर समेत फरक पाउदछौ । आमा बाबुको कोशीका त एउटै थियो किन एक समान भएनन उनका सन्तानहरु ? यसको उत्तर के भने प्रत्येकको आत्मा फरक छन , फरक फरक आत्माहरुले उनको गर्भमा बास पाएको हुनाले फरक स्वभाव, फरक रुप रंग सरिर पाएका हुन । त्यसैले म भनेको तपाइले देख्नु भएको शरीर होइन । ती  आत्मा हुन,
आत्मा परमात्मा एकै हुन् कि होइनन ?
आत्मा परमात्माको एउटा सुक्ष्म अंश हो ।  त्यसैले कोइ मानिस पनि परमात्मा होइन त्यो चाहि निश्चित हो ।  मानिस भित्र अबस्थित आत्माको बास कहा हुन्छ ? यो सरिरको इन्द्रियाहरुलाई कसले संचालन गरेको छ ? यो पनि प्रश्न हो । सरिर बिज्ञानले  एघारवटा सरिर संचालन प्रणाली हुन्छन भनेर व्याख्या गरेको छ । ति एघार वटा सरिर संचालन प्रणालीलाई कमाण्ड गर्ने शक्ति को हो ? त्यसको जबाफ बैज्ञानिकले  दिन सकेका छैनन, प्रमाण नभएसम्म उनीहरुले दिन मिल्दैन । स्वीकार गरे पनि । हो, सरिरलाइ संचालन गर्ने तत्व भनेकै आत्मा हो । यो शरीर म हैन । हरेकको म आत्मा हो । यी मनुष्यकाआत्माहरु मनुष्य नै भएर जन्मिरहेका हुन्छन । पालै पालो  आफ्नो प्रारब्ध र भाग्य लिएर, परमेश्वरले हरेक आत्मालाइ ज्ञान, प्रेम, शान्ति, सुख, खुशी, पवित्रता र शक्ति प्रदान गर्नका लागि यस धर्तीमा उतार्नु भएको हो । उसको प्रारब्धमा नराम्रो कर्म भए पनि यहा सच्चिन अवसर दिएको हो । असल कर्म कठिन हुन्छ , त्यसैले मानिसहरु क्षणिक आनन्दमा प्रलोभन र गलत आचरण गरेर  सुन्दर जिबन नष्ट गर्दछन । मानिस मरे पछि फेरी उसको पुनर्जन्म भएको सुनेका छौ । पत्र पत्रिका र मिडियामा समेत आइरहंछन । हामीले देखेका छौ स्कुल नपुग्दै, लेख्न पढन सकेको, कुनै तालिम नलिईकन संगीतमा पारङ्गत, भएका अपत्यारिला कुरा हामि अगाडी आउछन ति सबै पुर्बजन्मको संस्कारले पाएको हो । धेरै मान्छेको कर्म अनुसारको फल यसै जन्ममा पाएको देखिन्छ । असल कर्मले मानिसलाई ठुलो स्थानमा पुर्याउछ,  तिनको अहमले पाप कर्म लिप्त भए तिनलाई फेरी उधो तर्फ धकेलेर झारी दिन्छ । छली अपराधीहरुको केहि समय पछी उसको नास भएकै हुन्छ यो सर्बशाक्तिमान परमेश्वरको नियम हो । यो प्राकृतिक नियम हो भनेर मान्न सकिन्छ । म शरीरभित्र अबस्थित एक अव्दितीयआत्मारुप हुँ  भन्ने कुरामा सहमत छु। आत्माको व्याख्या  अर्को लेखमा बिस्तारित रुपमा व्याख्या गर्ने कोशिश  गर्नेछु ।
(यस लेखमा केहि छुट भएको र भ्रम शंका भएमा प्रश्न र सुझाव दिनु हुन हार्दिकअनुरोध गर्दछु।)
पुण्डरी अर्याल
०४/१५/२०१९
डालस

म को हुँ ?

स्वीकृति बराल 
म शिक्षित मान्छे । ममा धेरै कुराको ज्ञान छ । केही गर्ने हिम्मत छ । साहस छ । चानचुने मान्छे हुँदै होइन म । यस्तैयस्तै लाग्थ्यो मलाई । एकदिन जान्न मन लाग्यो आफुले केके जानेकी छु । केके बुझेकी छु भनेर । आफ्नै दिमाग पढ्दै गएँ, बुझ्दै गएँ । मौलिकता केही भेटिनँ । मलाई त्यहीत्यही कुरा थाहा रहेछ जति अरुले सिकाए । त्यति नै मात्र ज्ञान रहेछ जति मैले पढेकी छु । मलाई त्यति नै मात्र संसार थाहा रहेछ जति देखेकी छु । छक्क परेँ । एकछिन अघिसम्म ममा डेरा जमाएर बसेको अहं छिनभरमै चकनाचुर भयो । एकछिन अघिसम्म भरिपूर्ण आफू एकाएक खाली भएजस्तो लाग्यो । मैले आफूमा मौलिकता भेटिँन । नयाँ केही भेटिँन । लाग्यो म केही नि हैन ।
जिज्ञासा जाग्यो, आफ्नै दिमागलाई खोतलेर हेर्ने । खोतल्दै गएँ । आफ्नो विचारभन्दा अरुकै विचार धेरै भेटेँ । फलानोले भनेको, ढिस्कानाले भनेको । आफ्नै दिमागलाई मैले अरुको कुराको, सिद्धान्तहरुको, भनाइहरुको स्टोर बनाएकी रहेछु । छान्न मन लाग्यो मलाई दिमागमा भरिएका कुरा । सोचेँ जे आफ्नो मौलिक सोच छ त्यो राख्नेछु र अरु सबै फाल्नेछु । अनि छान्न थालेँ एकएक कुरा, के दिमागमै राखौँ र के निकालौँ भनेर । केलाउँदै गएँ अरुले सिकाएका कुरा । अरुले पढाएका कुरा ।  छक्क परेँ । आफ्ना तर्क, विचार, रहर, सोच केही छैन । अघिसम्म भरी भएको दिमाग पुरै रित्तिएको थियो । म अलमल्ल परेँ । अब खाली दिमाग लिएर हिँडौँ या फेरी एकएक गरेर अघि निकालेका सबै कुरा दिमागभित्रै हालौँ ? 
 
सबैलाई अरुकै कुरा पढ्न र जान्न मन छ तर कसैलाई फुर्सद छैन आफ्नो मन र दिमाग पढ्ने । मलाई डाह लाग्दैन धेरै पढ्नेसँग । हातमा किताब, मनमा उत्साह र समय हुने हो भने जसले पनि पढ्न सक्छ, तर खै त मौलिकता ? 
रित्तो दिमाग लिएर एकछिन टोलाइरहेँ, जिल्ल परें । हरेक नराम्रो पक्षमा एउटा राम्रो पक्ष हुन्छ भन्ने आज हो झैँ लाग्यो मलाई किनभने आज मेरो दिमाग मात्र रित्तिएको थिएन दिमागसँगै घमण्ड पनि रित्तिएको थियो ।
घोक्न हुँदैन, बुझेर पढ्नु पर्छ । यो कुरा सबैलाई थाहा छ र मलाई पनि यो कुरा थाहा थियो । बच्चै हुँदादेखि थाहा भएको कुरा । खै ! घोक्न हुन्छ कि हुँदैन । जिन्दगीको पहिलो पढाई नै घोकेर भएको हो । आजसम्म पनि क,ख,ग,घ र ए,बि,सी,डि को अर्थ थाहा छैन । मैले मात्र घोकेकी हुँ । न आफुले बुझेकी छु न अरुलाई बुझाउन सक्छु । सानोमा त बुद्धि भएन घोकेँ भनौँ भने सानोमा मात्र हैन ठूलै भए पछि पनि घोकेरै पढेकी छु । धेरैजनाका धेरैथरी सिद्धान्त घोक्नै पर्छ, दिमागलाई दबाब दिनै पर्छ । नत्र कसरी परीक्षामा लेख्ने ? 
विज्ञानमा त अझ कति कुरा हुबहु लेख्नु पर्छ । नघोकेर सुखै पाइँदैन । बुझेर पढ्नु पर्छ भन्दै घोक्न बाध्य बनाउने यो शैक्षिक प्रणालीले मलाई यतिसम्म घोकायो कि मलाई आफ्ना हैन अरुका कुरा मात्र आउँछन् । मभित्र अरुकै सोचाइ घुमिरहन्छ र बोल्दा पनि प्रायः अरुकै सिद्धान्त बोल्ने गर्छु । 
मेरा हरेक काम गराईमा अरुको झलक भेटिन्छ । जसरी पकाउन सिकेकी छु सधैं  त्यसरी नै पकाउँछु । ममा नौलौ कुरा खाने, नौलो परिकार बनाउने हिम्मत छैन । म डराउँछु कतै नयाँ कुरा खाँदा विष पर्ने पो कि ! मरिन्छ कि ! दुइटा फरकफरक कुराहरु मिसाउँदा केमिकल रियाक्सन पो हुने हो कि ? ममात्र डरैडरको पोको हुँ  जसमा न कुनै मौलिकता छ न नयाँपन । ती मानिस जसले पहिलोपटक नयाँनयाँ खानेकुरा खाने हिम्मत गरे तिनलाई सम्झँदा सलाम गर्न मन लाग्छ । 
ओखरको सारो खबटोभित्र त्यति मिठो खानेकुरा छ भनेर कसले पत्ता लगायो होला ? नरिवल फोडेर खाने हिम्मत कसले ग¥यो होला ? नयाँनयाँ कुरा चाख्न पनि हिम्मत चाहिन्छ, ज्यानकै जोखिम हुन सक्छ । छैन ममा त्यो हिम्मत । 
अन्य कुरामा पनि त्यस्तै छ हाल । न्युटनले स्याउ खसेको देखे र सोचे रे ‘स्याउ माथि फाल्दा फेरि तल किन खस्यो ?’ उनले रुखबाट खसेको स्याउ हेरेर गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाए जुन चानचुने कुरा हुँदै होइन । न्युटनले पत्ता लगाएको कुरा म पढ्छु र भन्छु ‘हो त है ...जे कुरा पनि माथि फालियो भने तलै खस्छ ।’ आँखा अगाडि कति कुरा माथिबाट तल खसे ममा कहिल्यै कुनै सोच आएन । त्यति जाबो किन खस्यो भन्ने प्रश्नले नयाँ सिद्धान्तै प्रतिपादित भयो । न्युटनमा नयाँ सोच आयो । नयाँ सोच, मौलिकपनको महत्व हुन्छ । नयाँ कुरा फलाउन नयाँ वीउ रोप्नु पर्छ । 
त्यसैले मेरो दिमाग रित्तो लाग्छ जहाँ कुनै नौलोपन छैन, मात्र अरुका कुरा छन्, अरुका भनाइ छन् । यस्तो लाग्छ  म म नै हैन, म पनि अरु नै हूँ  ।
एकथरी दङ्ग छन् धेरै पढेको छु भनेर । एकथरी जिल्ल छन् कसरी पढ्छन् भनेर । एकथरी खिन्न छन् किन पढिनँ भनेर । सबैलाई अरुकै कुरा पढ्न र जान्न मन छ तर कसैलाई फुर्सद छैन आफ्नो मन र दिमाग पढ्ने । सबैलाई आफु आफुजस्तै हैन अरुजस्तै बन्न मन छ । मलाई डाह लाग्दैन धेरै पढ्नेसँग । हातमा किताब, मनमा उत्साह र समय हुने हो भने जसले पनि पढ्न सक्छ तर खै त मौलिकता ? 
फ्रायडले भनेको मान्छेको सोच यस्तो हुन्छ रे, उस्तो हुन्छ रे । हामीलाई आफ्नो  बारेमा बुझ्न अरुको सिद्धान्त पढ्नु पर्छ र पढेर भन्छौँ, ‘अहो ! कस्तो मिलाको । म त्यस्तै त छु नि ।’ प्रायडले हाम्रो दिमाग पढेर बताए । हामी उनलाई पढ्छौँ र आफुलाई बुझ्छौं । फरक यति हो–नयाँ वा मौलिक सोच हुनु र नहुनुको । फ्रायडले दुनियाँलाई मनको बारेमा बताए । हामीले कसरी सोच्छौँ ? किन सोच्छौँ ? के कारणले सोच्छौँ ? उनले सबैका लागि नयाँ सिद्धान्त दिएर गए । हामी उनको सिद्धान्तमा आफुलाई मिलाउन खोज्छौँ र होमा हो भन्दै जान्छौँ । खैत हामीले आफुलाई बुझेको ।  
ती त भए ठूला कुरा । स–साना कुरामा पनि त्यस्तै छ मेरो हाल । मलाई म आफू पछ्यौटे झैँ लाग्छ  । अरुको कुराको पछि लाग्ने । जसले जे भन्यो त्यही सुन्ने । अरु त के कुरा मीठो नमिठो छुट्टयाउन सक्ने खुबी पनि छैन ममा । कहिलेकाहीँ आफूलाई नमिठो लागेका कुरा सात आठजनाले मिठो भनिदिए भने म अलमल्ल पर्छु । म नमिठो भनेर भन्न सक्तिन । बरु मलाई आफ्नै जिब्रोमा शंका लाग्छ । कतै मेरै जिब्रोले पो ठम्याएन कि । कतै जिब्रै खराब भयो कि ! थुक्क मेरो सोच । म अरुले जे देखायो त्यही हेर्न खोज्छु, अरुले जे सिकायो त्यही सिक्न खोज्छु । अरुले जहाँ लग्यो त्यहीँ जान खोज्छु, जुन राम्रो कुरा हुँदै होइन । 
लाग्छ म बच्चा भन्दा भिन्न छैन । मेरो सोचमा परम्परा, संस्कृति, घरपरिवार वातावरणले धेरै फरक पारेको छ । म म हैन यी सारा संस्कृति, परम्परा, वातावरणीय प्रभावको थुप्रो हुँ जहाँ पहिलेदेखि चलिआएको र सिकाइएका कुरा बाहेक नौलो छैन । ममा मौलिकता छैन ।
म अरुको आँखाबाट आफुलाई हेर्न खोज्छु । म अरुको मुखबाट आफुलाई सुन्न खोज्छु । म अरुको बुझाइबाट आफुलाई बुझ्न खोज्छु अनि भन्छु– मेरो पनि त आफ्नै सोच छ । कुनै लुगा लगाएर बाहिर निस्कँदा कसैले छ्या भनिदियो भने हतारहतार फेर्छु । कति असर गर्छ मलाई अरुका कुराले । मलाई पिरै अरुले के भन्छन् भन्ने छ । सभ्य भन्छन् या असभ्य । ज्ञानी भन्छन् या अज्ञानी । जान्ने भन्छन् या नजान्न्ने । मुर्ख भन्छन् या बुद्धिमान । मलाई थाहा छैन म कस्तो छु–अरुले मलाई भन्नुपर्छ । ज्ञानी भने फुरुङ हुन्छु, अज्ञानी भने खस्रक्क हुन्छु ।  
म अरुले भनेको कुरा नदेखे पनि विश्वास गर्छु । आफुले देखेकै कुरा पनि बरु विश्वास गर्दिन । पहिलेपहिले म रेडियोको समय अनुसार आफ्नो घडीको समय मिलाउथेँ । ‘यो रेडियो नेपाल हो अहिले बिहानको नौ बज्यो । अब सुन्नुहोस् नेपालीमा पुरा समाचार ।’ यति सुन्नासाथ हतारहतार नाडी घडी हेर्थे र एक दुइ मिनेट फरक भए मिलाइ हाल्थेँ । कति विश्वास मलाई अरुको अनि कति अविश्वास आफ्नै घडीको । 
रमाइलो कुरा त के हो भने संसारै बुझे जसरी कुरा गर्ने मैले आजसम्म आफैँलाई चिनेकी रहेनछु । कसैले ‘तिमी को हौ’ भनेर सोधिहाले गमक्क परेर नाम बताउँछु । अरुले राखिदिएको नाम । मेरो परिचय पनि अरुले नै बताएका हुन् मलाई । के घमण्ड गर्नु, किन घमण्ड गर्नु । म के नै हुँ र ? घमण्ड गर्न लायक के नै छ र ?

म को हुँ? कहाँबाट आएँ?

वास्तवमा जब कोही यसो घोत्लेर सोच्न थाल्छ आफ्ना बारेमा, अनि एक छिन अलमलमा पर्छ। अहिलेको बारेमा सोच्दा केही अतीतका बारेमा सोच्ला, केही दुःखका बारेमा सोच्ला, केही सुख र खुसीका बारेमा सोच्ला  र केही आफ्ना अपेक्षाका बारेमा घोत्लेला तर जब जीवन र  जगतका बारेमा सोच्दासोच्दै आफ्नै बारेमा सोच्न थाल्ला, अनि एउटा अचम्मको क्षण आउने गर्छ। कम्तीमा मलाई त जब म मेरो प्रादुर्भावका बारेमा सोच्न थाल्छु, त्यतिबेर अवश्यम्भावी मृत्युको भन्दा पनि अचम्मको रहस्य देख्न थाल्छु। सायद यही भएर कवि शिरोमणि लेखनाथ पौड्यालले आफ्नो बुद्धि विनोदको पहिलो कवितामा नै यसरी एउटा खुला प्रश्न तेर्‍स्‍याउनुभयो।  कहाँ थियो बास अघि म को थिएँ कसो हुँदा यो पिँजडा लिँदो भएँ कहाँ छ जानु कुन साथ लीकन  तँलाई मालुम छ कि कुरा भन?  वास्तवमा यसको उत्तर प्रत्येक व्यक्तिपिच्छे फरक आउन थाल्छ किनभने आफूले जति जीवन र जगतको अध्ययन गरेको हुन्छ, त्यतिसम्ममात्र छिचोल्न सकिन्छ। हुन त सहरको भित्री भागको बाटो , धेरै मोड भएको बाटो र उस्तै उस्तै ठाउँको घरको ठेगाना पत्ता लगाउन रैथानेलाई सजिलो हुन्छ तर एकदुई पटक गएको व्यक्तिलाई ठम्म्याउन अप्ठेरो परेजस्तै हो। कसैले देखेको छैन तर अनुमान र तथ्यका आधारमा भन्नुपर्ने हुन्छ। जस्तो कि भगवानलाई पहिले त देख्न सकिन्थ्यो रे तर कलियुगमा देख्न सकिँदैन भनेर भनेपछि कसैले देखेको पनि भनेको छैन र जसजसले देखेको कुरा गरे , कसैले पनि एकैप्रकारको स्वरूपका बारेमा भन्न सकेका छैनन्। अझ हामीजस्ता सामान्य मानिसहरूलाई त के गाह्रो हुन्छ भने भगवानको अस्तित्व स्वीकार गरौँ भने देखेको छैन, अस्वीकार गरौँ भने आम जनता मन्दिर , मस्जिद र चर्चमा लाम लागेर बसेको छ। भावविह्वल भएर भगवभक्तिमा लाग्नेलाई भगवान् छैन कसरी भन्नू , अनि भगवानको अस्तित्वको पहिचान माग्नेलाई कसरी भगवान् यहीँनेर छ भनेर भन्नू। देखा भन्दा कसरी देखाउनू अनि छ भन्नेलाई कसरी छैन भनेर मुखमुखे लाग्नू।  कस्तो हुन्छ भने —भगवानको अस्तित्व छैन भनौँ भने यो सृष्टि कसले गर्‍यो भन्दा त्यस्तो कोही पनि छैन  जसले यो सबै सृष्टिको जिम्मा लेओस् कि मैले यसरी बनाएको हो। अनि सृष्टिकर्ताको स्वरूप नदेखेपछि कुनै त्यस्तो अदृश्य शक्तिको कारणले बनेको होला भनेर त्यो अदृश्य शक्तिलाई भगवान् मान्दा पनि केही यस्ता प्रमाणहरू पनि छन् जसले सृष्टिलाई निरन्तरता दिएको देखिन्छ। अनि के हो त ईश्वर अनि उसको सत्ता? कि छैन भनाँै या छ भनौँ?  पूर्वीय मान्यतामा धेरै तर्कहरू छन् ईश्वरीय सत्ताका पक्षमा। त्यसको खण्डन गर्न पनि कसैले सकेको छैन किनभने त्यसको खण्डन गर्न त्यस्तै तर्क चाहियो जसले त्यहाँ भनेका प्रमाणहरूलाई निरन्तररुपमा प्रमाणित भइरहेका छन्। खास गरी खगोलीय विज्ञानको पूर्वीय प्रणालीको प्रामाणिकताले ईश्वरको सत्तालाई अझ बल पुर्‍याएको छ। पश्चिमी जगतमा पनि ईश्वरीय सत्ताका पक्षमा ठुलो जमात देखिएको छ र इस्लाम जगतको ईश्वरीय सत्ताप्रतिको मोहले त झन् भक्तहरूको सङ्ख्या दिनानुदिन बढेको पाइन्छ। विश्वासको कुरा हो , आस्थाको कुरा हो। पूर्वीय साहित्यले विश्वास र आस्थाको पक्षमा यसो भन्छ—मन्त्र, तीर्थ, ब्राह्मण अर्थात् धर्म नियामक व्यक्तित्व, देवता अर्थात् आस्थाको आधार, ज्योतिषी, औषधि गर्ने व्यक्ति, गुरु। यिनीहरूप्रति जस्तो भावना राख्यो, त्यस्तै परिणाम देखिन्छ। अर्थात् विश्वासका आधारमा यिनीहरूसँगको सम्बन्ध अगाडि बढ्छ अनि यी यथार्थमा त्यस्तै प्रमाणित हुन्छन् जस्तो आस्था राखिन्छ। विश्वासका आधारमा यिनको परख हुने गर्छ। वेदलाई अत्यन्त महत्त्वपूर्ण सांस्कृतिक र प्राकृतिक ज्ञानको श्रोत मानिएको छ। यो धर्म मान्ने वा नमान्ने भन्ने भेदसँग सम्बन्धित छैन। यो जीवनसँग सम्बन्धित देखिन्छ। त्यसैले पश्चिमाहरूले वेदको उत्पत्तिलाई नै एउटा अभूतपूर्व देनको रूपमा मानेका छन्। त्यसैले वेदले त्यस्ता धेरै जटिलतम प्रश्नहरू तयार गर्दै उत्तरको पनि व्यवस्था गरेको पाइन्छ। यहाँ अथर्व वेद निहित प्रश्नोपनिषदको प्रसङ्गमा एउटा धारणा राखिने छ।  प्रश्नोपनिषद् अथर्व वेदको पिप्पलाद शाखीय ब्राह्मण भाग अन्तर्गत पर्दछ। केही प्रश्नहरू छन् जीवनमा, जगतमा , त्यो बेलामा पनि जुन बेला यो वेदको प्रादुर्भाव भएको थियो हजारौँ वर्ष पहिले। अर्थात् जीवनक्रममा केही गुजुल्टिएका , केही स्पष्ट नभएका कुराहरूको प्रश्न र तिनको जटिलतम अवस्थाको खुकुलो उत्तर यसमा निहित छ। धर्मसिद्धि र कर्मसिद्धिका लागि शरीर आवश्यक छ। विना शरीर केही पनि हुन सक्दैन। नश्वर शरीरको अत्यधिक प्रयोगबाट मात्र यो संसारमा अमर हुन सकिन्छ। शरीरलाई यो लोकको साधनको रूपमा मात्र होइन , यो लोकभन्दा पर अर्थात्  सुदूर भविष्यको समेत चिन्ता गर्दै मोक्षको साधन पनि बनाउनु पर्छ। मोक्ष भनेको मुक्तिको अवस्था। मरेर गए पनि नाम रहन्छ, काम रहन्छ। त्यसले पार्ने परिणामलाई प्रश्न गर्न सकिन्छ , त्यो अवस्था कसरी सृजना भयो भनेर आफैँमा सोध्न सकिन्छ र यो ठिक , यो बेठीक भनेर आफैँले बनाउने स्वधर्मको पहिचान गर्न सकिन्छ भनेर केही प्रश्नहरू कुलबुल कुलबुल पानीमा फोका उठेझैँ उठ्ने गर्छन्? म को हुँ, अहिले कहाँ छु र किन यहाँ म अहिले छु , अनि म अवश्यम्भावी मृत्युपश्चात् कहाँ जानेछु? अनि मृत्यु किन अवश्यम्भावी छ? जब यी प्रश्नहरू आफैँमा अनुत्तरित हुन्छन् , अनि म को हुँ भनेर उठ्ने प्रश्नको उत्तर सधैँ अनुत्तरित हुनेछ।  भारद्वाज मुनिका पुत्र सुकेशा, शिवि ऋषिका पुत्र सत्यकाम, गर्ग मुनिका पुत्र सौत्रायणी, अश्वलायन ऋषिका पुत्र कौशल्य, विदर्भ मुनिका पुत्र भार्गव तथा कथ्य ऋषिका पुत्र कबन्धी ( अर्थात् ती यथा यथा भारद्वाज, शिवि, गर्ग र अश्वलायनका कुलमा जन्मिएका किशोरहरू जो अभिभावकको आज्ञामा महर्षि पिप्पलादसँग व्यावहारिक शिक्षा प्राप्त गर्न पुगेका थिए)। यी ६ जना ऋषिकुमारहरूले पिप्पलाद महर्षिलाई गुरु वरण गरेर शिष्यत्व ग्रहण गरे , गुरुकुलको नियमअनुसार एकवर्षसम्म अनुशासनमा बसेपछि मात्र प्रश्न सोध्न पाइने भएपछि मात्र आफ्ना केही जिज्ञासाहरूको उत्तर माग्न थाले। ती ६ जना  ऋषिकुमार शिष्यहरू सबै असाधारण ज्ञान भएका र ज्ञान पिपासु पनि उस्तै थिए। उनीहरूका विशेषताका बारेमा प्रश्नोपनिषदमा भनिएको छ—ब्रह्मपरा ब्रह्मनिष्ठाः परं ब्रह्मान्वेषमाणाः। अर्थात् वेदप्रति आस्था भएका ब्रह्म परायण रहँदै ब्रह्मनिष्ठाका  साथ ब्राह्मी नीतिको अनुष्ठान गरेका परब्रह्मको खोजमा अनवरत निरत ती ऋषिकुमारहरू गुरुसँग केही प्रश्न सोध्नका लागि यज्ञमण्डपमा गए। तिनीहरूलाई किन पनि एक वर्षको समय दिइएको  थियो भने ती शुद्ध होउन्। महर्षि पिप्पलादले उनीहरूलाई पहिले नै भन्नुभएको थियो—भूय एवं तपस्या ब्रह्मचर्येण श्रद्धया संवत्सरं संवत्स्यथ। अर्थात् एक वर्षसम्म तपस्या, ब्रह्मचर्य तथा श्रद्धा पालन गरेपछि अन्तःस्करण शुद्ध हुनेछ , त्यसपछि जे सोध्नु छ सोध्नू ,अनि म सबै प्रश्नहरूको उत्तर आफूले जानेअनुसार  दिनेछु। यसरी गुरुकुलको नियम पालनाले शिष्यहरूमा अभिमानको अंश नरहने र सिक्ने तत्परता रहने बुझिन्थ्यो।   


१. पहिलो प्रश्न— कुतो ह वा   इमाःप्रजाः प्रजायन्त इति। साधनामय एक वर्ष पूरा भएपछिका प्रश्नहरूमध्ये पहिलो प्रश्न कत्यका सन्तान कबन्धीले गरे। कतै उनलाई ऋषि कत्यका नाति भनिएको छ, कतै पुत्र भनिएको छ, तर उनी जे भए पनि कत्यका सन्तान थिए। प्रश्न यस्तो थियो—भगवन् १कुतो ह वा इमाः प्रजाः  प्रजायन्त इति। अर्थात् हे गुरुदेव 

१ यो शरीरको निर्माता को हो?( यहाँ प्रजा भनेको जो जन्म लिन्छ, त्यो प्रजा हो प्रजायन्ते इति प्रजाः।) अनि महर्षि पिप्पलादले स्पष्ट र सिधा अनि छोटो उत्तरमा भन्नुभयो—प्रजाकामो वै प्रजापतिः। अर्थात् शरीरको निर्माता त स्वयं सकल प्रजाका पति, अधिपति एवं नियामक परमात्मा स्वयं हुनुहुन्छ। परमात्माले इच्छा व्यक्त गर्नुभयो, अनि कोही न कोही निमित्त भएर यो संसारमा शरीरको उत्पत्ति भयो। उत्पत्ति मात्र होइन, शरीरको रचना,  पालन पोषण सबै परमात्माबाटै हुने गर्छ। परमात्माले नै सृष्टिमा उत्पत्ति भएको शरीरलाई रक्षा गर्न सूर्य र चन्द्र समान विविध उपयोगी वस्तुको निर्माण गर्नुभयो  । सूर्य र चन्द्रआदिबाट औषधि वनस्पतिआदिको पोषण हुन्छ अनि मनुष्यबाट तिनको सेवन गरिन्छ र पोषण सम्भव हुन्छ। त्यसैले सर्जक परमात्मा नै हुन् र पालक पनि उनै हुन्। विशेषतः दिन रात, शुक्लपक्ष, कृष्णपक्ष,उत्तरायण , दक्षिणायन तथा संवत्सर आदि कालमानकद्वारा समय विभाजन तथा निर्धारण गर्दै शरीर यात्रालाई अगाडि लैजाने काम हुन्छ।  यसरी कबन्धीको प्रश्नमा महर्षि पिप्पलादले दिएको उत्तरबाट ऋषिकुमार सन्तुष्ट भए।  


२. दोस्रो प्रश्न— कत्यैव देवाःप्रजां विधारयन्ते कतर एतत्प्रकाशयन्ते कः पुनरेषां वरिष्ठ इतिः। जीवनको अनुशीलनमा आएका ऋषिकुमारहरूले सायद प्रश्न सोध्न पनि आफूहरूलाई विभाजन गरेका थिए। गुरुदेवको उत्तरका आधारमा जिज्ञासा राख्ने हुनाले यी प्रश्नहरू एकअर्काका परिपूरक देखिन्छन्।  लगत्तै त्यही प्रश्नको उत्तर सुनेर बसेका अर्का विदर्भ कुलरत्न ऋषिकुमार भार्गवले सोधे—भगवन्१कत्यैव देवाःप्रजां विधारयन्ते कतर एतत्प्रकाशयन्ते कः पुनरेषां वरिष्ठ इतिः। अर्थात् हे गुरुदेव१ कति देवताहरू यो शरीरलाई जीवित राख्नका लागि सहायक हुन्छन्? शरीरलाई कसले प्रकाशित  वा संरक्षण गर्छन् र ती देवताहरूमध्ये सर्वश्रेष्ठ कुन देवता हुन्? यसमा भार्गव ऋषिले सोधेका कुराहरू हुन् —प्राणीहरूले शरीर धारण गर्दा कुन कुन देवताहरू सक्रिय हुन्छन्?ती मध्ये कुन कुन देवता सक्रिय हुन्छन् वा दायित्वबोध गरिरहेका हुन्छन्?देखिने देवताहरू कुन कुन हुन्? र ती मध्ये कुन सर्वश्रेष्ठ हुन्? या धेरै महत्त्वपूर्ण मानिन्छन्? यसको उत्तर पनि सटिकरुपमा नै महर्षि पिप्पलादले दिनुभयो—तस्मै स होवाचाकाशो ह वा एष देवो वायुरग्निरापः पृथिवी वाङ्मनुश्चक्षुः श्रोत्रं च। ते प्रकाश्याभिवदन्ति वयमेतद्बाणमवष्टभ्य विधारयामः। अर्थात् शरीरको निर्माणको मुख्य देवता , आधार देवता,  भनेका आकाश नै हुन्। तर आकाशबाट उत्पन्न हुने वायु,अग्नि,जल र पृथ्वी, यी चारैओटा महाभूतले पनि सँगै शरीरलाई धारण गरिरहेका हुन्छन्। यो स्थूल शरीर तिनैबाट बनेको हुन्छ। त्यसैले धारक देवतामा ती सबै पर्छन्। वाणी आदि पाँच कर्मेन्द्रिय, नेत्र तथा कान आदि ज्ञानेन्द्रिय पाँच अनि मनसहितका चार  अन्तस्करण गरी १४ देवता यसका प्रकाशक हुन्। शरीर यी सबैको सम्मिलित स्वरूप हो। यिनै देवताहरू धारक र प्रकाशक भएकाले धारक तथा प्रकाशक देवता मानिन्छन्। कुनै बेलामा यिनीहरूका बीचमा को ठुलो भन्ने विवाद परेकोले सबैभन्दा विशिष्ट त प्राण नै हो भनेर  भनिएको छ किनभने आफ्नो आफ्नो  अहङ्कार गर्दा प्राणले भनेको थियो—यो विशिष्ट शरीरलाई धारण गर्न र प्रकाश गर्नका लागि म नै मुख्य हुँ भन्दै सोदाहरण प्राणविनाको शरीरको कल्पना गर्न चुनौती दियो। त्यसपछि प्राणवायु नै सबैभन्दा विशिष्ट देवता मानिए।  
 ३. तेस्रो प्रश्न— कुत एष प्राणो जायते कथामायात्यस्मिन् शरीर आत्मानं वा प्रविभज्य कथं प्रतिष्ठते।  दुईओटा प्रश्नहरूको उत्तरबाट शिष्यहरूमा सन्तुष्टि देखियो र तेस्रो प्रश्न  ऋषिकुमार कौशल्यले सोधे—भगवन्१कुत एष प्राणो जायते कथामायात्यस्मिन् शरीर आत्मानं वा प्रविभज्य कथं प्रतिष्ठते। अर्थात् हे गुरुदेव१ शरीरमा मुख्यरुपमा पदासीन प्राण अर्थात् प्राणवायुको उत्पत्ति कहाँबाट हुन्छ?उसको यो शरीरसँग कसरी सम्बन्ध रहन्छ? अनि समग्र शरीरमा कसरी विभाजित भएर प्राणवायुले काम सम्पन्न गरिरहेको हुन्छ?  महर्षि पिप्पलादले भन्नुभयो—आत्मन एष प्राणो जायते। अर्थात् परामात्माले नै प्राणको उत्पत्ति गर्नुहुन्छ। समग्र शरीरलाई धारण गर्न सक्ने बनाउनका लागि शरीरभित्र प्राणको प्रवेश हुन्छ गर्भमै। अनि बाँचुन्जेलसम्म त्यो प्राण शरीरमा नै रहन्छ। शरीर पनि प्राण हुन्जेल मात्र सजीव रहन्छ। परमात्माले नै शरीरसँग प्राणको सम्बन्ध राखेकाले नै प्राणवायु सर्वश्रेष्ठ देवताको रूपमा रहे।  फेरि एउटा पूरक प्रश्न कौशल्यले सोध—त्यसो भए त्यो प्राणवायु कसरी शरीरका अवयवहरूमा बाँडिएर काम गर्छ  त? महर्षिले एउटा उदाहरण दिँदै राजाले या राज्यले  विभिन्न प्रदेशमा या टाढा टाढाका प्रान्तमा आफ्ना प्रतिनिधि नियुक्त गरेर पठाएझैँ प्राणवायुले पनि प्राण , अपान , समान, व्यान र उदान नामक पञ्चप्राणलाई शरीरका महत्त्वपूर्ण भागको जिम्मा दिएर पठाएको हुन्छ र तिनले आप्mना जिम्मेवारी समालेका हुन्छन्।  ४. चौथो प्रश्न— एतस्मिन् पुरुषे कानि स्वपन्ति कान्यस्मिन् जाग्रति कतर एष देवः स्वप्नान् पश्यति कस्यैतत् सुखं भवति कस्मिन्नु सर्वे समप्रतिष्ठिता भवन्तीति। तीनओटा प्रश्नहरूबाट शिष्यहरूका केही जिज्ञासाहरू शान्त हुँदै थिए। त्यसपछि चौथो प्रश्न ऋषिकुमार सौत्रायणीले सोधे—भगवन्१एतस्मिन् पुरुषे कानि स्वपन्ति कान्यस्मिन् जाग्रति कतर एष देवः स्वप्नान् पश्यति कस्यैतत् सुखं भवति कस्मिन्नु सर्वे समप्रतिष्ठिता भवन्तीति। अर्थात् भगवन् जब मनुष्य निद्राधीन हुन्छ, अनि कुन शक्तिले उसलाई सुषुप्तअवस्थामा सक्रिय राख्छ? त्यो बेलामा पनि कुन शक्तिले मनुष्यलाई जाग्रत बनाई राख्छ? निद्राको समयमा मनुष्यले कसरी सपना देख्छ? कोही निद्रावस्थामा रहने, कोही सपना देखिरहने, कोही जाग्रत रहिरहने, कोही स्वप्नसुख लिइरहने, कोही निद्रासुख लिइरहने के आधारमा कसले गराउँछ? गुरु यो वारेमा मलाई स्पष्ट पारिदिनु होस्।   अनि महर्षि पिप्पलादले भन्नुभयो—प्राणाग्नय एवैतस्मिन् पुरे जाग्रति। अर्थात् निदाएको बेलामा पनि प्राणाग्निहरू जाग्रत अवस्थामा नै हुन्छन्। उहाँले अरु सम्झाउँदै भन्नुभयो—बाबु, जसरी सूर्य अस्ताउने बित्तिकै सूर्यका किरणहरू संकुचित वा शिथिल देखिन्छन् , ठीक त्यसैगरी मनुष्य निद्रावस्थामा त्यसैगरी संकुचनमा रहन्छ या उसका अवयवहरू तत्काललाई आराम गर्नका लागि शिथिल हुन्छन्। मानिस अङ्गहरू शान्त हुन्छन्। दृश्यमा ती सबै शान्त हुन्छन् तर निद्रावस्थामा ती आफैँ सक्रिय रहेका हुन्छन्। आफ्ना आफ्ना कामहरू गरिरहेका हुन्छन् आराम गर्दा पनि। त्यसैलाई निद्रा भनिएको हो। इन्द्रियहरूले आराम गरेको बेलालाई नै निद्रावस्था भनिएको हो। निद्रावस्थामा सबै इन्द्रियहरू विश्राम गरिरहेका हुन्छन्। त्यो बेलामा पनि पञ्च प्राण जाग्रत नै हुन्छ। कार्यशील हुन्छ। सास फेर्ने काम हुन्छ र प्राणवायु सक्रिय नै हुन्छ जसले गर्दा शिथिल अवयवहरू विस्तारै सचेत भएर आफ्ना कामहरू गरिरहेका हुन्छन्। मनमा रहेका विचारहरूलाई ती अवयवहरूले सुषुप्तावस्थामा नै अनुभूत गर्छन्, त्यही नै सपना हो। सास फेर्ने प्रक्रिया नै प्राणायाम हो र जीवनलाई प्राणको रुपमा त्यही सासको आहूतिले जीवित राखेको हुन्छ। निद्रा सक्रियता भनेको नै सपना हो। सपनामा पनि मानिस हिँडिरहेको हुन्छ, कुरा गरिरहेको हुन्छ, काम गरिरहेको हुन्छ। अवयवहरू मानसिकरुपमा सक्रिय हुन्छन्। सपना देख्ने र सपनालाई अमूर्तरुपमा मूर्तता दिने हाम्रो आत्मा हो। सपनामा के देखिन्छ भने पहिले देखिएको वा नदेखिएको वा देख्न चाहेको कुरा, ठाउँ, मानिस आदि,सुनेको वा नसुनेको वा सुन्न चाहेको कुरा,अनुभूत गरिएको वा अनुभूत गर्न नपाइएको कुरा देखिन्छ, सुनिन्छ र अनुभूत गरिन्छ। सपनामा पनि सुँघिन्छ, बास्ना आउँछ, स्वाद पाइन्छ,छलफल हुन्छ, वार्ता गरिन्छ, गोप्य गरिन्छ,सुनिन्छ, बोलिन्छ आदि। जे पहिले अनभूत गरिएको हो वा अनुभूत गर्न बाँकी हो, त्यही देखिन्छ, सुनिन्छ , अनुभूत गरिन्छ। मनमा चाहेको कुराहरू जो विपनामा पूरा हुन नसकेको अवस्था हुन्छ, ती सपनामा पूरा गर्न सकिन्छ तर योजनाबद्ध तरिकाले होइन, अचानक पूरा हुन्छ किनभने मनुष्यको भावनामा त्यो अमिटरुपमा रहेको हुन्छ। परमात्माले नै आत्मालाई ती कुराहरूको अनुभूत गर्नका लागि सपनाको उत्पत्ति गरेको हुन्छ अनि सुषुप्तभन्दा पहिलको अवस्थामा झँै सचेतना जाग्रत भएर सपना देखिन्छ। त्यो बेलामा विपनाको स्मृति, ज्ञान, विज्ञान र अनुभव  नै जाग्रत हुन्छ। ५.पाँचौँ प्रश्न — मनुष्येषु प्रायणान्तमोङ्कारमभिध्यायीत। कतमं वाव स तेन लोकं जयतीति। ती प्रश्नहरू र उत्तरले ऋषिकुमारहरूमा सन्तुष्टि देखिन्थ्यो। अनि त्यसपछि ऋषिकुमार ऋषिकुमार सत्यकामले सोधे—गुरु शरीर उत्पत्ति, शरीरका देवताहरू , सर्वश्रेष्ठ देवताको रुपमा प्राणवायुको काम ,सपनाका वारेमा सुनेर म गदगद भएँ तर अब मलाई ध्यानका वारेमा , त्यो पनि ओमकारको वारेमा बताउनुहोस्—स यो ह वै तद्भगवन१  मनुष्येषु प्रायणान्तमोङ्कारमभिध्यायीत। कतमं वाव स तेन लोकं जयतीति। अर्थात् यदि कोही मनुष्य ओमकारलाई आधार बनाएर ध्यान गर्‍यो भने उसले कुन लोक प्राप्त गर्छ? र कस्तो फल उसलाई प्राप्त हुन्छ?  महर्षि पिप्पलादलाई पनि यो प्रश्न अत्यधिक दार्शनिक र आध्यात्मिक लाग्यो किनभने यो तहको ज्ञान पाउने गरी प्रश्न सोध्न आफ्ना शिष्यहरू लायक भएछन्। ओमकारको वारेमा ध्यान गर्ने सम्मको ज्ञानमा पुगेछन्। अनि भन्नुभयो—एतद् वै सत्यकाम१परं चापरं च ब्रह्म यद् ओमकारः। अर्थात् हे सत्यकाम, यो ओमकारको दुई अर्थ हुन्छन्। एक पर ब्रह्म अर्थात् परमात्मा अनि अर्को अपर ब्रह्म अर्थात् परब्रह्मभन्दा फरक तथा न्यून अक्षर ब्रह्म।  यदि ओम शब्दको आधारमा ध्यान गर्ने हो भने र अनुष्ठान गर्न थाल्ने हो भने दुईओटैको फरकलाइ ध्यानमा राखेर ध्यान गर्नुपर्छ। एउटै ओमको दिव्य  अर्थ हुन्छ र त्यसको अनुसन्धान गरेर मात्र ध्यान गर्नु जरुरी छ। केबल आमको शब्दलाई मात्र आधार बनाएर ध्यान गर्ने हो भने चिताएको फल प्राप्त नहुन सक्छ। त्यसैले ओम शब्दको आवाज निकालेर गरिने ध्यानले इच्छित प्रतिफल प्राप्त गर्न सकिन्छ। अर्थात् यो शरीरलाई स्वच्छता प्रदान गर्न ओमको ध्यान आवश्यक छ। महर्षिले सर्पको उदाहरण दिँदै भन्नुभयो—जसरी सर्पले आफ्नो काँचुली फेरपछि ताजा महसुस गर्छ , त्यसरी नै मनुष्यले पनि ध्यानबाट आफूलाई नयाँ जीवन प्राप्त भएको महसुस गर्छ। त्यसैले सबैभन्दा माथि रहेको अक्षर ब्रह्म अनि त्योभन्दा पनि माथि रहेको अक्षरधाममा रहनु भएको परमात्माको प्राप्तिका लागि नै ओमकारको ध्यान जरुरी छ। यसरी सत्यकामले पनि अध्यात्म साधनाको खास रहस्य पत्ता लगाए र गुरुसँग सन्तुष्ट भए।  ६. छैटौँ प्रश्न— तं त्वा पृच्छामि , क्वासौ पुरुष इति। अन्तिम प्रश्नको रुपमा ऋषिकुमार सुकेशाले एउटा आख्यान भन्दै गुरुसँग प्रश्न सोधे—गुरुदेव, एकपटक राजकुमार हिरण्यनाभले मलाई सोह्रकला भएको पुरुषका वारेमा थाहा छ कि भनेर सोधेका थिए , त्यसबारे मलाई केही पनि थाहा थिएन र मैले थाहा छैन भनेँ र अहिले पनि मलाई यसवारेमा केही पनि थाहा छैन। तं त्वा पृच्छामि , क्वासौ पुरुष इति। अर्थात् गुरुले मलाई भन्दिनु पर्‍यो कि त्यो सोह्रकलाले युक्त पुरुष को हुनुहुन्छ र कहाँ हुनुहुन्छ?   महर्षि पिप्पलादले भन्नुभयो—षोडशकलाः पुरुषायणाः। अर्थात् सोह्रकला भएको पुरुष त परमात्मा नै हुनुहुन्छ। जुन शरीरमा पृथ्वी, जल , तेज,आकाश, प्राण आदि सोह्रकला विद्यमान हुन्छ, ती सबैको पालक, नियन्त्रक र नियामक परमात्मा नै हुनुहुन्छ। जसरी एउटा रथको पाङ्ग्रोको बीचको नाभि भागमा चक्रकण्डिकाहरू नियन्त्रण गरेर  सबै रथलाई सञ्चालन गरेको हुन्छ, त्यसैगरी शरीरमा पनि परमात्मा अवस्थित हुनुहुन्छ। यी सर्वाधार परमात्माका वारेमा यदि तिमीहरूले जानकारी राख्न सक्यौ भने तिमीहरू सबै खालको त्रास र डरबाट मुक्त हुनेछौ र बारम्बार यो पृथ्वीमा हुने जीवन र मृत्युबाट पनि मुक्त हुनेछौ।  यसरी जीवन र जगतका वारेमा अत्यन्त सहज तरिकाले सम्झाए पनि महर्षि पिप्पलादले आफ्ना प्यारा शिष्यहरूलाई भन्नुभयो—एतावदेवाहमेतत् परं ब्रह्म वेद नातः परमस्तीति। अर्थात् हे शिष्यहरू१पर ब्रह्म परमात्माको विषयमा मेरो ज्ञान यत्तिकै हो। परब्रह्मभन्दा श्रेष्ठ केही तत्व पनि यस संसारमा छैन।  यसरी छओटै प्रश्नका उत्तर पाएर सन्तुष्ट भएका ऋषिकुमारहरूले गुरु पिप्पलादलाई भने —त्वं हि नः पिता। नमः परमऋषिभ्यो नमः परम ऋषिभ्यः। अर्थात् यस्तो उपदेश दिएर तपाईँ पितासरह हुनुभयो र तपाईँ जस्तो महान ऋषिलाई सदैव नमस्कार छ , सदैव नमस्कार छ।  यसरी नितान्त अज्ञात अतीतमा पनि, पूर्वीय दर्शनमा जीवनलाई यसरी व्याख्या गरिएको थियो र म को हुँ भनेर शिष्यलाई उसको परिचय यसरी दिइएको थियो। हुन त वेदका ऋचाहरूले परमात्माको विषयमा शरीरलाई तादात्म्यता देखाएका छन् तर जसको वारेमा अहिलेसम्म पनि दार्शनिक प्रश्नहरू उठिरहेका छन् , त्यो बेलामा यसरी सहज तरिकाले शरीर, प्राणवायु र परमात्माका वारेमा , एउटा अदृश्य शक्तिका वारेमा प्रश्नका रुपमा सम्झाइएको उदाहरण कति सरस र सहज छ, त्यही नै उपनिषदको जीवन्तता प्रमाणित भएको छ।

‘म को हुँ ?’1

सन् १९९० को दशकको आरम्भसँगै सोभियत संघको विघटन र पूर्वी यूरोपेली देशहरूमा साम्यवादको पतनलाई राजनीतिक चिन्तक एवं अमेरिकाको स्टानफोर्ड युनिभर्सिटीका प्राध्यापक फ्रान्सिस फुकुयामाले ‘इतिहासको अन्त्य’ को घोषणासँगै अबको विश्वले उदार लोकतान्त्रिक पद्धति अंगीकार गर्ने भविष्यवाणी गरेका थिए ।


उनै फुकुयामाले आफ्नो पछिल्लो पुस्तक आइडेन्टिटी (द डिमान्ड फर डिग्निटी एण्ड द पोलिटिक्स अफ रिसेन्टमेन्ट) मा अहिले उदार लोकतन्त्रमाथि नै कालो बादल मडारिरहेको विश्लेषण गरेका छन् । 
पछिल्ला वर्षहरूमा विश्व रङ्गमञ्चमा भएका एक पछि अर्का घटनाक्रमले अरू जस्तै फुकुयामालाई पनि अचम्भित पारेको छ । खासगरी सन् २०१६ का दुई चुनावी आश्चर्य अर्थात् युरोपियन युनियन छाड्ने बेलायतको मतादेश– ’ब्रेक्जिट’ र अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको उदय आर्थिक मुद्दाको घानमा उदारवादी मूल्य कसरी पिसिन्छन् भन्ने उदाहरण हुन् ।
बढ्दो आप्रवासनका कारण रोजगारीको अवसर गुम्नेछ भन्ने श्रमिक वर्गका रैथाने मतदाताहरूमा छाएको डर नै यी दुई निर्वाचनका अनपेक्षित नतिजा थिए ।
विश्वका धेरै मुलुक नवउदारवादी अर्थतन्त्रको बाटोमा हिंडेकाले आर्थिक मुद्दा कुनै पनि मुलुकको अर्थ–राजनीतिको केन्द्रमा रहनु स्वाभाविक हो । तर उदार लोकतन्त्रका सामु त्योभन्दा पनि बलियो चुनौती खडा भएको छ ।
त्यो हो राष्ट्रवाद, जसको चुरोमा व्यक्ति वा राष्ट्रको पहिचान रहन्छ । एउटा कुशल फोटोग्राफरले कुनै व्यक्ति वा वस्तु (सब्जेक्ट) को तस्वीर विभिन्न कोणबाट खिचे जसरी फुकुयामा पनि ‘आइडेन्टिटी’ पुस्तकमा पहिचानलाई अनेकौं कोण तथा आयामबाट नियाल्छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प हुन् वा रूसका राष्ट्रपति भ्लादिमिर पुटिन; टर्कीका राष्ट्रपति रेसिप ताइप एर्दोगान हुन् वा हङ्गेरीका प्रधानमन्त्री भिक्टोर अर्बान, अथवा हाम्रै दुई शक्तिशाली छिमेक चीनका राष्ट्रपति सी चिनफिङ हुन् वा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भाष्यका दृष्टिले वामपन्थी र समाजवादी वा धार्मिक कट्टरपन्थी र दक्षिणपन्थी जुनसुकै कित्ताका होऊन्, उनीहरू सबैको राष्ट्रवादको अन्तर्य आफ्नो इतिहास र परम्परा उजिल्याउने नै हो ।
फुकुयामा राष्ट्रको समुच्च पहिचानको मुद्दामा पुग्नु अघि व्यक्तिको मनोदशाको व्याख्या गर्छन् । उनको तर्क छ, “इच्छा र कारण मानव चित्तका अविभाज्य अंश हुन्, तर त्यहाँ तेस्रो अंश ‘थाइमोस्’ पनि हुन्छ, जुन अघिल्ला दुई (अंश) भन्दा विल्कुल भिन्न हुन्छ ।”
फुकुयामाले प्रयोग गरेको ‘थाइमोस’ ग्रीक शब्द हो, जसको अर्थ व्यक्तिको आत्म–महत्ताको अनुभूति हो । अर्थात्, कुनै पनि व्यक्ति आफूलाई महत्वविहीन अनुभूति गर्न चाहँदैन, अन्य बराबर वा त्यसभन्दा पनि श्रेष्ठतर देख्न र देखाउन चाहन्छ । यही ‘थाइमोस’ लाई उनी आजको पहिचानको राजनीतिको केन्द्रमा राख्दै व्याख्या गर्छन् ।
पुस्तकको शीर्षक ‘आइडेन्टिटी’ को परिपूरकका रूपमा फुकुयामाले ‘डिग्निटी’ (प्रतिष्ठा) र ‘रिसेन्टमेन्ट’ (आक्रोश) लाई त्यसै प्रयोग गरेका होइनन् । कारण, व्यक्तिको आक्रोश उसको प्रतिष्ठासँग जोडिएको हुन्छ ।

फ्रान्सिस फुकुयामा । तस्वीरः टेलररिपोर्ट डटकम र क्रेडिट–सुइसे डटकम

जब मानिसको सम्मानमाथि चोट पुग्छ, ऊ उद्वेलित मात्र हुँदैन, आत्म–उत्सर्ग गर्न समेत बेर लगाउँदैन । उनी ट्युनिसियाका सडक व्यापारी मोहम्मद बुआजिजीको उदाहरण दिन्छन् ।
स्वीकृति नलिई सडकमा व्यापार गरेको अभियोगमा बुआजिजीको तरकारी र विद्युतीय तराजु १७ डिसेम्बर २०१० मा प्रहरीले जफत मात्रै गरेन, उनीमाथि सार्वजनिक रूपमै चड्कन लगायो । आफूलाई अपमान गर्ने प्रहरी विरूद्ध उजुर गर्दै उनी जफत गरिएको तराजु फिर्ता लिन सरकारी अड्डामा पुग्दा पूरै बेवास्ता गरिन्छन् ।
गुजाराको माध्यम गुम्नुका साथै प्रतिष्ठामा लागेको चोटका कारण उनी आफैंमाथि पेट्रोल खन्याई जलेर प्राण त्याग्छन् । बुआजिजीको आत्म–उत्सर्ग तत्काल आम आक्रोशमा बदलिन्छ र त्यसले शासन विरूद्धको आन्दोलन ‘अरब स्प्रिङ’ को रूप लिन्छ । व्यक्तिको प्रतिष्ठाको मुद्दा नै लोकतान्त्रिक आन्दोलनको अन्तर्वस्तु भएका अनेकौं उदाहरणमध्येको एक फ्रान्सेली क्रान्ति पनि हो ।
तर, पहिचान हाम्रो समाज वा विश्वमा जसरी एक पेचिलो मुद्दाको रूपमा देखिंदैछ, त्यस्तो अवस्था हिजोको समाजमा विल्कुलै थिएन । किनकि, त्यो समाज न विविधतायुक्त बहुलतावादी थियो, न त समाजका सदस्यहरूसँग छनोटको कुनै अवसर नै हुन्थ्यो ।
पाषाण युगमा शिकार गर्दै हिंड्ने जमातलाई कहिल्यै, ‘म को हुँ, मेरो पहिचान के हो?’ सोच्ने फुर्सद रहेन । कृषि र उद्यम परम्पराको थालनीसँगै जब समाजले विविध पेशा अँगाल्न थाल्यो, तब मात्र मानिसले ‘म को हुँ ?’ भन्ने सोच्न थाले ।
फुकुयामा अन्याय विरुद्धको प्रतिरोध आधुनिक समाजको चरित्र भएकाले पहिचानको मुद्दा आफैंमा खराब नरहेको तर्क गर्छन् । तर, समस्या त्यतिबेला मात्र हुन्छ, जब अन्य बराबर हुँ भन्ने मानिस नै आफ्नो नश्ल वा जातलाई अन्यभन्दा श्रेष्ठतम मान्न थाल्छ ।
रैथानेहरूले आप्रवासीलाई वा एक धर्मावलम्बीले फरक आस्थाका जमातलाई शत्रुवत् व्यवहार गर्न थालेपछि पहिचान सकसपूर्ण बन्छ । त्यसैले फुकुयामाको विचारमा जातविशेष भन्दा बहुल पहिचानमा आधारित राष्ट्र नै उन्नत समाज हो । उदार लोकतान्त्रिक मूल्य र बहुलताले समाजलाई सहिष्णु मात्र बनाउँदैनन्, समुन्नतितर्फ पनि डोर्‍याउँछन् ।
पुस्तकः आइडेन्टिटी (द डिमान्ड फर डिग्निटी एण्ड द पोलिटिक्स अफ रिसेन्टमेन्ट) 
लेखकः फ्रान्सिस फुकुयामा
विधाः राजनीतिक दर्शन
प्रकाशकः प्रोफाइल बुक्स

म को हुँ ?

कसैले ‘तिमी को हौ’ भनेर प्रश्न गर्‍यो भने सुरुमा हामी सबैको पहिलो जवाफ आफ्नो नाम र थर हुन्छ । विदेश जाँदा कसैले सोध्यो भने म फलानो देशवासी भन्छौं । कसैले आफ्नो पेसा पनि भन्लान्, जस्तै— म पत्रकार फलानो, म डाक्टर फलानो, म बैंकर फलानो आदि–आदि । हामी आफ्नो नाम, पहिचान र शक्तिलाई जोडेर आ–आफ्नो परिचय दिन्छौं । सानो पद वा थोरै कमाइ हुने काम छ भने भन्न धकाउँछौं, लजाउँछौं । कोही शक्तिशाली वा प्रभावशाली मानिससँग संगत गर्न वा भेटेको बेला सँगै उभिएर वा कुम जोडेर फोटो खिच्ने लालसा राख्छौं र सामाजिक सञ्जालमा सम्प्रेषण गरिहाल्छौं । हामी त्यसमार्फत आफ्नो पनि पहुँच र सम्बन्ध छ है भनेर दुनियाँलाई देखाउन खोज्छौं । यस्तो लाग्छ हामी सबै शक्तिका पुजारी र भोका छौं । 

अरूका लागि कुद्दा–कुद्दै मानिस व्यस्त हुन्छ । चाहे घर–परिवारका लागि होस् वा कार्यालयको कामका लागि । परिवार नभैदिएको भए यस्तो गर्थें, उस्तो गर्थें, जागिरले गर्दा केही गर्न पाइएन, नत्र त मैले पनि जान्या थिएँ जस्ता अनेकन गनगन गरेर मानिस आफूलाई दु:खी, लाचार र पीडित छु भनेर प्रमाणित गर्न खोजिरहन्छ । खासमा मलाई यस्तो गर्न मन लाग्या थियो, खासमा त्यहाँ जान मन लाग्या थियो, मलाई अर्कै मानिस मन पर्‍या थियो तर अरूको खुसीका लागि, बाबुका लागि, आमाका लागि, श्रीमतीका लागि, प्रेमीका लागि सम्झौता गर्नुपर्‍यो भनेर पनि मानिस बकबकिरहन्छ । मानिस आफ्नो कमजोरी लुकाउन अरूलाई दोष दिएर झूटो कुरा गरिरहन्छ । आफूलाई ढाँट्न सक्दैन त्यसैले मैले यसो गर्नुपथ्र्यो, उसो गरें, यसलाई रोज्नुपथ्र्यो, अर्कैलाई रोजें भन्ने कुरा मनमा लिइरहन्छ र भित्रभित्रै पिल्सिरहन्छ ।


कतिपय मानिसलाई आफ्नो शक्ति के हो भन्ने हेक्का नै हुँदैन । अरूको लहैलहैमा लागेर धेरै मानिस कठपुतलीजस्तै भैसकेका हुन्छन् । आफूले गरिरहेको कामप्रति, संगत गरिरहेको मानिसप्रति, आफ्ना सम्बन्धहरूप्रति खुसी हुँदैन तर व्यवहारमा उसले त्यसैलाई जारी राखेको हुन्छ । न छोड्ने हिम्मत गर्छ, न भन्ने हिम्मत गर्छ, न फेर्ने हिम्मत गर्छ, किनभने ऊ आफैंसँग कहिल्यै कुरा गर्दैन, आफैंलाई कहिल्यै सोध्दैन । सधैं अरूको धारणा लिएर निर्णय गर्न खोज्छ, सबैलाई खुसी तुल्याउन खोज्छ । समाज एवं भविष्यसँग डराउँछ । 



म को हुँ ? म के गर्दैछु ? कता जाँदैछु ? म किन दु:खी छु ? म के गर्‍यो भने सुखी हुन्छु ? म किन असुरक्षित महसुस गर्छु भनेर फुर्सदमा आफैंलाई सोध्ने हो भने हरकुराको जवाफ आउँछ । आफ्नो कमजोरी स्वीकार गर्ने साहस निकै कमसँग हुन्छ, जसले स्वीकार गर्छन् र सुधारतर्फ लाग्छन् उनीहरूले आफैंलाई जित्छन् । आफू कति असल र कति खराब छु, आफ्नो बलियो पक्ष र दुर्बल पक्ष आफूलाई जति अरूलाई थाहा हुँदैन । दुनियाँलाई ढाँट्न सकिएला, आफूलाई ढाँट्न सकिँदैन । आफूले आफैंलाई नसम्झाई र आफैंले आत्मबल नदेखाई कसैले केही गर्न सक्दैन । अरूले बाटो देखाइदिन सक्छन् तर यात्रा आफैंले गर्नुपर्छ । अरूले ढाडस दिन सक्छन् तर मन आफैंले बुझाउनुपर्छ ।

कतिलाई लाग्छ आफू भइनँ भने आफ्नो घर परिवार नै डुब्छ, कार्यालय नै डुब्छ, कसैको जिन्दगी डुब्छ । यो मानिसले पाल्ने सर्वाधिक ठूलो भ्रम हो । केही दिन वा केही समय तल–माथि पर्ला तर कोही भएर वा नभएर कुनै कुरा रोकिँदैन । संसार चलिरहन्छ । केही समय कोही दु:खी होला तर सधंै यो भैदिएको भए यस्तो हुन्थ्यो भन्ने सम्झेर कोही बस्दैन । अरूको जिन्दगी बनाउन खोज्दा–खोज्दै आफ्नै जीवन भताभुंग भएको हेक्का कतिलाई हुँदैन । अरूको डाह गर्दागर्दै आफ्नो सकिएको पनि थाहा हँुदैन । अरूको जिन्दगीसँग आफूलाई दाँजेर दु:खी हुनेहरू धेरै हुन्छन् । अरूजस्तो बन्न खोज्नेहरू न अरूजस्तो हुन सक्छन्, न आफूजस्तो नै हुन्छन् । यहाँ कोही कोहीजस्तो हुनै सक्दैन, आफू आफैंजस्तो बन्ने हो । हामी सबै फरक र विशेष छौं ।

आफूले गरेको कर्म र कमाइप्रति सन्तुष्ट छौं भने त्यही ठूलो कुरा हो । जोसुकैलाई जे पनि अरूले गरेको राम्रो र सजिलो लाग्छ, अरूको जिन्दगी हराभरा लाग्छ । सबैले आफनो कर्मअनुसार सुख–दु:ख भोग्छन् । तनाव जोसँग पनि हुन्छ फरक यत्ति हो जान्नेहरू तनावलाई विर्सजन गर्दै आफूलाई ताजगीकरण गर्दै अघि बढ्छन्, नजान्नेहरू गनगन गरेर रोइरहन्छन् । 
सबैभन्दा ठूलो कुरा हामी के चाहन्छौं पत्ता लगाउनु जरुरी हुन्छ । कहाँ पुग्न खोजेको हो भन्ने थाहा पाएपछि बल्ल बाटो खन्न थालिन्छ वा बाटो पत्ता लगाउन थालिन्छ । सबैको आ–आफ्नो यात्रा हुन्छ । कसैले पनि अचानक कुनै कुरा प्राप्त गरेको हुँदैन, त्यसका लागि पृष्ठभूमिमा उसले लामो संघर्ष र मेहनत गरेको हुन्छ । धेरैलाई फल लागेपछि आँखा लाग्छ तर त्यो फल लाग्नुपूर्व उसले खेपेको हुरी–बतास, असिनापानीको मूल्यांकन गरिँदैन । अरूको देखासिकी गर्न छाडेर, अरूलाई दोष दिन छोडेर ‘म को हुँ र के गर्न सक्छु’ भनेर प्रश्न गर्न थाल्ने हो भने आफूजति शक्तिशाली मानिस अरू कोही फेला पर्नेछैनन् ।


अविरल थापा

facebook.com/abeeralthapa

Twitter@abeeralthapa 

सोमवार, 9 सितंबर 2019

कसरी बन्ने सबैभन्दा उत्कृष्ट सेल्सम्यान ?

भनिन्छ, बिक्री (सेल) गर्नु पनि एक प्रकारको कला नै हो । ‘बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भनेजस्तै यो थोरै हठी र थोरै धेर्यमा रहेर खेलिने ‘खेल’ पनि हो ।

मानिसहरु आफ्नो क्षमता प्रदर्शन गर्नका लागि ‘म तालु खुइलिएको मानिस (टक्लु)लाई पनि कांगियो बेच्न सक्छु’ भन्छन् । यो पनि एक आत्मविश्वास र उत्साह हो । आफूमा भएको कलालाई आत्मविश्वास र उत्साहका साथ प्रदर्शन गर्न सकियो भने तपाईंले होली सकिएको केही दिन पछि पनि आफ्ना ग्राहकहरुलाई रंग बेच्न सक्नुहुन्छ ।


विश्वमा चलेका जागिरमध्ये ‘सेल्सम्यान’को जागिर पनि एक उत्साहपूर्ण र आनन्ददायी मानिन्छ । तर, यसका लागि तपाईंमा केही उत्साह र धेरै मात्रामा धेर्ययता चाहिन्छ । आज हामी तपाईंलाई कसरी उत्कृष्ट सेल्सम्यान बन्ने भनेर केही टिप्स दिँदै छौं,

ग्राहकलाई महत्व दिनुहोस्

तपाईंले बिक्री गर्ने सामान कसैले किन किन्ने ? यसको उत्तर तपाईंले ग्राहकलाई स्पष्टसँग दिनुपर्छ । तपाईंले ग्राहकलाई यो विश्वास दिलाउनुपर्छ कि, जो सामान तपाईं बेचिरहनुभएको छ यसको उसलाई साँच्चिकै आवश्यकता छ ।

यस्तो अवस्था भनेको तपाईंले ग्राहकलाई धेरै नै महत्व दिनुपर्ने हुन्छ । कतिपय अवस्थामा ग्राहकको व्यक्तिगत रुचीको विषयलाई ख्याल गर्नुपर्ने हुन्छ । कुनै व्यक्ति धेरै बोल्ने र धेरै बोलेको पनि सुन्ने खालका हुँदैनन् । यस्तो अवस्थामा तपाईंले थोरै शब्द मात्रै बोलेर ग्राहकको मन जित्न सक्नुपर्ने हुन्छ ।

ग्राहकप्रति सहानुभूति राख्नुहोस्

कुनै सामान बिक्री गर्दा यो जान्ने कोशिष गर्नुहोस् कि तपाईंका ग्राहकलाई वास्तमका कुन सामान चाहिएको छ, र किन चाहिएको छ ? यसका लागि तपाईंले आफ्ना ग्राहकलाई धेरै कुरा गर्ने समय दिनुपर्छ ।

ग्राहकको रुचीलाई चिन्नुहोस् । साथै उसले किन त्यो सामान किन्न चाहिरहेको छ भनेर पनि बुझ्ने प्रयास गर्नुहोस् ।

एक्सपर्ट (विज्ञ) पनि बन्नुहोस्

तपाईं कुनै जुसको पसलमा ‘सेल्सम्यान’ हुनुहुन्छ भने तपाईंको पसलमा भएका सबै जुसबारे तपाईंलाई जानकारी हुनुपर्छ । कुन–कुन देशमा बनेका कुन–कुन कम्पनीका जुस तपाईंको पसलमा छन् भन्ने विषयमा पनि तपाईंलाई जानकारी हुनु जरुरी हुन्छ ।

साथै तपाईंले जुसबारे केही जानकारी पनि हासिल गरेको हुनुपर्छ, जुसमा क्यालोरी कति छ ? कस्ता व्यक्तिलाई कति क्यालोरीको जुस राम्रो हुन्छ ? कति बेला जुस पिउँदा राम्रो हुन्छ ? यी सबै कुरामा तपाईंले ग्राहकलाई विज्ञले जस्तै सुझाव दिनुपर्ने हुन सक्छ ।

अन्य सामान बिक्री गर्दा पनि तपाईंले विज्ञले जस्तै भूमिका निर्वाह गर्नुपर्ने हुनसक्छ । साथै तपाईंले बेचेका सामानहरु कति समयसम्म टिक्छन्, केयर कसरी गर्ने ? भन्ने विषयमा पनि ग्राहकलाई जानकारी दिनुहोस् ।

सामान बेचिसकेपछि पनि ग्राहकलाई सम्पर्क गर्नुहोस्

यदि तपाईं साँच्चिकै एक असाधारण (उत्कृष्ट) सेल्सम्यान बन्न चाहनुहुन्छ भने यसका लागि तपाईंले धेरै पटक हदभन्दा अगाडि बढेर पनि काम गर्नुपर्ने हुन्छ ।

यसका लागि तपाईंले ग्राहकसँग नियमित सम्पर्क राख्ने गर्नुपर्ने हुन सक्छ । यदि कुनै ग्राहकले तपाईंबाट दैनिक प्रयोगका लागि आवश्यक पर्ने सामान खरिद गर्छ भने उसलाई पछि पनि त्यसको आवश्यकता पर्न सक्छ । यसका लागि तपाईंले आफ्ना ग्राहकलाई पछि पनि सम्पर्क गरेर उसको आवश्यकता र चाहनाबारे बुझ्न सक्नुहुनेछ ।

यदि तपाईंको कुनै ग्राहकले कुनै पार्टी आयोजना गर्दैछन्, कुनै सुभकार्य आयोजना गर्दैछन् भने उनका लागि सहयोगी पात्र बन्नुहोस्, आवश्यक पर्ने वस्तुहरु खरिदका लागि सल्लाह र सुझाव दिनुहोस् । यसले गर्दा तपाईंले ति ग्राहकबाट अरु धेरै फाइदा पनि लिन सक्नुहुनेछ ।

कामअनुसार लूक मन्टेन गर्नुहोस्

सामान्यतः सेल्सम्यान बन्नका लागि कुनै खास स्टाइलको आवश्यकता त हुँदैन । तर, कारको शोरुममा काम गर्ने सेल्सम्यान र गितार बेच्ने सेल्सम्यानको लूकमा केही भिन्नता त हुन्छ नै । यद्यपि तपाईंले आफू कसरी सभ्य, आकर्षक र मिलनसार देखिन सक्छु भन्ने कुराको भने सधैं ख्याल राख्नुपर्ने हुन सक्छ ।


Source : https://www.khabarhub.com