शनिवार, 5 जनवरी 2019

कसरी सफल व्यक्ति बन्ने ? पढ्नुहोस् यस्ता छन् उपाय

कुमार चौलागाई

सबै मान्छेको इच्छा भिन्ना भिन्ने हुन्छ । र कामको मामलामा पनि सबैका समान धारणा हुँदैनन् । कोही डक्टर बन्न चाहन्छन् भने कोही खेती किसानी गरेरै आफूलाई स्थापित गर्न चाहन्छन् । तर सबैको एउटै चाहना हुन्छ आफ्नो काममा कसरी सफल हुने ? भनिन्छ, सफल हुने चाहना सबैको हुन्छ । सफल त्यस्ता व्यक्ति मात्रै हुन्छन् जो सही समयमा उपयुक्त निर्णय गर्न सक्छन् र त्यसलाई कार्यान्वयन गर्छन् ।

कुनै पनि काममा कसरी सफल हुने त ? यो आलेख सपल हुन चाहने व्यक्तिका लागि केही हदसम्म प्रेरणादायी बन्न सक्छ । 


– आफ्नो कामलाई माया गर्नुहोस् । यसो गर्दा जीवन सुखी र सहज हुन्छ ।

– गरेको काम आफूलाई मन परेको छैन भने पनि त्यो काम गर्नुपर्नाको कारणलाई सम्मान गर्नुस् । यसले उपलब्ध गराउने आर्थिक सहयोगले तपाईंको परिवार धानिरहेको हुन्छ । कम्तीमा परिवारको सुखका लागि भए पनि त्यसमा सन्तोष मान्नुस् । कामविहीन भएर बसिरहनुले मानसिक समस्या निम्त्याउन सक्छ ।

– सानो कामबाट करियर सुरु गर्नुपर्दा नहिचकिचाउनुस् । त्यसलाई ठूलो आफ्नै परिश्रमले ठूलो बनाउने प्रयास गर्नुहोस् ।

– कामको शुरुआत सजिलोबाट गर्नुहोस् । यसो गर्दा विस्तारै गाह्रो काम सिक्ने समय मिल्छ ।

– एउटै कामलाई कहिलेसम्म निरन्तरता दिने र कहिले छोड्ने भन्ने निर्णय गर्नु सबैभन्दा गाह्रो पक्ष हो । यसबारे कसैले तपाईंलाई सिकाउन सक्दैन । त्यसैले, उपयुक्त समय छनोटको जिम्मेवारी तपाईंको आफ्नै हो ।

– कोही एक्लै सफल हुँदैनन् । सहयोग माग्न अप्ठ्यारो नमान्नुहोस् । सहयोग मिल्दा कृतज्ञ हुनुहोस् ।

– सङ्गत सधैं राम्रो मानिसको गर्नुहोस् । राम्रो सङ्गतले काममा पनि राम्रै नतीजा दिन्छ ।

– सबैको क्षमताको सम्मान गर्नुहोस् । यसो गर्दा एकको कमजोरीलाई अर्कोको सबल पक्षमार्फत मिलाउन सकिन्छ ।

– हरेक व्यक्तिको सोचाइ फरक हुन्छ । सृजनशील सोचाइलाई कम्पनीको समग्र फाइदाका लागि प्रयोग गर्न सक्नुपर्छ ।

– कसैलाई पनि इच्छाविपरीतको काम गर्न दबाब दिनु हुँदैन । आफूलाई पनि दबाबमुक्त राख्नुहोस् ।

– तपाईं जति माथि पुगे पनि वा जति सफल भए पनि तपाईंभन्दा माथि सधैं कोही पुगेकै हुनेछ ।

– सफलता सबैको एकनास हुँदैन । कोही तपाईंभन्दा बढी सफल होलान्, कोही कम । सबैलाई सम्मानको दृष्टिले हेर्नुहोस् ।

– सकेसम्म आफूले जानेको, मनले खाने काममा मान्छे आनन्दित हुन्छ ।

– कमजोरीबाट हताश हुने होइन, त्यसमा सुधार ल्याउनुपर्छ ।

– नयाँ कामको थालनी गर्दा स्वाभाविक रूपमा गल्ती हुन्छ । यो यथार्थबाट नटाढिनुहोस् ।

– यथेष्ट स्रोतसाधन (समय, पैसा, जनशक्ति) सधैं जुटिरहन्छ भन्ने छैन । आफूसँग उपलब्ध स्रोतसाधनकै बलमा उत्कृष्ट कार्यसम्पादनको प्रयास गर्नुहोस् ।

– काममा जोखीम हुन्छ नै । तर, राम्ररी सम्झीबुझी जोखीम उठाउनु बुद्धिमानी हुन्छ ।

– कुनै पनि कम्पनी, करीअर वा परियोजनाको थालनी गर्दा शुरुआती अवस्थामा धेरै परिस्थितिलाई सकारात्मक रूपमा लिनुपर्ने हुन्छ । नत्र तपाईं आत्तिएर बीचैमा हताश हुने सम्भावना बढ्छ ।

– काममा नकारात्मक प्रतिक्रिया पनि सुन्नुपर्ने हुन्छ । यो आवश्यक पनि छ । ती प्रतिक्रियाभित्र लुकेका सत्य कुरालाई आत्मसात् गर्दै सुधारको प्रयास गर्नुपर्छ । भित्रभित्रै मन खियाएर बस्नु मूर्खता हो ।

– आफूले कुनै कामप्रति कमेण्ट गर्दा व्यक्तिमाथि आक्षेप हुने गरी प्रस्तुत नहुनुुहोस् ।

– ठूलो कुरा सोच्नुहोस्, ठूलै सपना देख्नुहोस्, तर जीवन सधैं साधारण रोज्नुहोस् ।

– आफ्ना सपनालाई लक्ष्यका रूपमा अघि बढाउनुहोस् ।

– नयाँ काममा अघि बढ्दा ‘हुन्छ’ भन्नेभन्दा ‘हुँदैन’ भन्ने बढी भेटिन्छन् । तर, हरेस कहिल्यै नखानुस्, किनभने निर्णय गर्ने अधिकार तपाईंसँग सुरक्षितै छ ।

– कुनै कुरा सृजना गर्न लाग्ने समयभन्दा त्यसको निर्माणपछिको नतीजाको मूल्यमा ध्यान राख्नुहोस् ।

– सफलताका लागि आफ्ना योजनाबारे भरपर्दा व्यक्तिसँग छलफल गर्नुपर्छ । यसले सहयोगी प्रतिक्रिया प्राप्त गर्न सघाउ मिल्छ ।

– आफ्नो सम्पर्कसञ्जाल वृद्धि गर्नुहोस् । नयाँ मानिस भेट्ने प्रयास गर्नुस् । साथै, पुराना मानिससँगको सम्पर्क पनि नटुटाउनुहोस् ।

– तपाईंको सृजनशीलता केवल उत्पादनमा मात्र केन्द्रित हुनुहुन्न । उत्पादनले ग्राहकको जीवनमा पार्ने सकारात्मक/नकारात्मक असरबारे पनि ध्यान दिनुपर्छ ।

– जीवनमा जतिसुकै सफलता पाए पनि कुनै पनि बेला असफलतासँग तपाईंको सामना हुन सक्छ । यसका लागि आफूलाई मानसिक रूपमा तयार गर्नुपर्दछ ।

– काम गर्दै जाँदा अप्ठ्यारो स्वभावका मानिस पनि भेट हुन्छन् । तिनलाई पनि सम्मान गर्नुहोस्, इमानदार व्यवहार गर्नुहोस् ।

सफल बन्ने हो ? यी ७ कुरालाई ध्यान दिनुस्

तपाईलाई आफ्नो जिवनमा सफलता चाहिन्छ भने आफ्नो दिमागलाई पोजेटिभ राख्नुको साथ साथै खानपिन शैलीलाई पनि स्वस्थ्यवद्र्धक राख्नु पर्छ । करियरको  सफलताको लागि ७ नेगेटिभ कुरालाई  आफैबाट बचाउन आवश्यक छ । केही आवश्यक सुत्रहरु प्रस्तुत गर्ने प्रयास गरेका छौँ ।
१) अलार्मलाई वेवस्ता नगर्नुस्

बिहानै उठ्नको लागि हामी अलार्म लगाउछौ। तर, जब तपाईको अलार्म बज्न थाल्छ तब त्यसलाई बन्द गरेर हामी फेरि सुत्न पट्टी लाग्छौँ ।  करियरमा आखिर तपाई सफल हुने हो भने बिहानै उठ्न आवश्य छ । त्यसैले अलार्म बज्दा त्यसलाई वेवस्ता नगर्नुस् किनकी त्यसले तपाईको करियर बनाउन सधै सर्तक बनाउन सहयोगी बन्ने कार्य गर्छ ।
२) खराब खाना र खाजबाट टाढै बस्नुस्
भनिन्छ स्वास्थ्य नै ठूलो धन हो । करियरमा सफलता पाउनको लागि शरिरलाई स्वस्थ्य राख्न अत्यावश्यक । जति शास फेर्न तपाईलाई  स्वच्छ हावाको जरुरी छ । त्यतीनै करियरमा सफलता पाउन  स्वस्थ खानेकुरा खान आवश्यक हुन्छ ।  त्यसैले थोरै खाने र नियमित केही न केही खाने गर्नु पर्छ ।  खाली पेटका कारण विभिन्न रोगहरु आउन पनि सक्छ ।र, यसले तपाईको सपनालाई हानी पुर्याउछ ।
३) फजुल खर्च बन्द गर्नुस्
यदि तपाई करियरमा सफलता पाउनु हुन्छ भने फजुल खर्च बन्द गर्नुस् । फजुल खर्च बन्द गरिएन भने करियरमा लामो समय सम्म असर गर्छ ।  खर्च नियन्त्रण गर्दै जानुभयो भने सफलताको बाटो नजिकबाट नै देख्न सकिन्छ । भनिन्छ नि थोपा थोपा मिलेर नै समुन्द्र बन्छ ।
४) मनले नमानेको कुरा नगर्नुस  
करियर सफलताको एउटा अहम सिढी नै मन हो । यस्तो काम कहिले पनि नगर्नुसु जहाँ मनले तपाई लाई इजाजत नै दिदैन ।
५ ) ढिलो नगर्नुस्
समयको पालना करियरमा सफलता पाउनको लागि अत्यावश्यक छ । कुनै काममा ११ बजे नै पुग्नु पर्ने छ भने केही मिनेट अगाडी नै पुग्ने बानीको विकास हुन आवश्यक छ । तपाईमा ढिलो गर्ने बानी भए यो हानिकारक छ । यसलाई तुरुन्त निकाल्न आवश्यक छ ।
६) बहाना नबनाउनुस्
तपाईबाट कुनै गल्ती भयो भने त्यसमा विनम्रता पुर्वक माफि माग्नुस् । काम बिग्रे बहाना नबनाउनु  न कसैलाई दोषी नदेखाउनुस् ।  अरुलाई दोष देखाउने र  बहाना बनाउने बानी तपाईको करियरको लागि घातक हुन सक्छ ।
७) कसैलाई पनि शंका नगर्नुस्
भनिन्छ दुनिया विश्वासमा चलेको छ । करियरको सफलताको लागि यो सुत्रवाक्य सावित नै हुन्छ । हामीलाई हरेका कुरालाई शंकाले हर्ने बानी नियन्त्रण गर्नु आवश्यक छ । हामीले शंका मात्रै गर्ने बानीको विकासले गर्दा घाटा आफैलाई हुन्छ । यसले आफ्नो करियरको  मुल बिन्दुलाई नै असर गर्छ ।
अर्थबजार संवाददाता