मंगलवार, 27 नवंबर 2018

आत्मविश्वास जगाउने यी ३ सूत्र

कुनै पनि कार्यमा महाहस्ती बन्न असफल नभई अगाडि बढ्न सकिन्न । उत्कृष्ट परिणाम प्राप्तिका लागि तपार्इँले ठक्कर अवश्य पनि खानुहुनेछ ।

आत्मविश्वासले मानिसमा जादुमय प्रभाव पार्न सक्छ । अध्ययनहरुका अनुसार आत्मविश्वास र सफलता तथा कार्यक्षमताबीच नजिकको सम्बन्ध छ । यसैकारणले पनि हामीले देख्ने गरेका सफल मानिसहरु आत्मविश्वासले भरिएका हुन्छन् । वास्तवमा, आत्मविश्वास यस्तो चिज हो जुन जोकोहीले पनि आपूmमा विकास र वृद्धि गर्दै लान सक्छौँ । गज्जबको कुरा के छ भने विज्ञानले आत्मविश्वास कसरी बढाउन सकिन्छ भनेर वैज्ञानिक तरिका अन्वेषण समेत गरिसकेको छ । 

लेखकद्वय क्याटी केय तथा क्लेयर सिपम्यानद्वारा लिखित “द कन्फिडेन्स कोड” नामक किताबमा मानिसहरुले आत्मविश्वास कसरी बढाउन सक्छन् भनेर गरेको खोजीको व्याख्या गरिएको छ । उनीहरुको अनुसन्धानअुनसार आत्मविश्वास इच्छिक हुने गरेको वा हाम्रो इच्छामा भर पर्ने देखियो । हाम्रो अथक प्रयासले हामीले हाम्रो आत्मविश्वास बढाउन सक्छौँ । तर यो दौरानमा हामी पूरा सिद्ध वा पर्पेmक्ट बन्ने प्रयासबाट आपूmलाई जोगाउनुपर्छ र ठक्कर खानका लागि पनि तयार रहनुपर्छ ।
यसका लागि त्रुटिपूर्ण नै सही, तर केही कदम लिनुहोस् । असफल बन्नुहोस् । त्यो असफलताले सिकाएको पाठबाट फेरी अर्को कदम लिनुहोस् । आपूmलाई विश्वास नबढेसम्म र आपूmप्रति गर्व राख्न नसकुञ्जेलसम्म यही विधि दोहो¥याउनुहोस् । आत्मविश्वास जगाउने केही सूत्रहरु यसप्रकार छन् । 
१. आत्मविश्वासी मानिसहरुको वरिपरि रहने गर्नुहोस् ।
एण्जेला डकवर्थका अत्यधिक विक्रि भएको किताब ग्रिटमा व्याख्या गरिएअनुसार आपूmलाई चाहिने कुनै पनि बानी वा गुणको विकास गर्नका लागि त्यस्तै बानी वा गुण भएका मानिसहरुको संगत गर्नुपर्छ । 
कुनै समूहमा आपूmलाई भिजाउन सक्नु भनेको साँच्चै नै शक्तिशाली कुरा हो । मनोविज्ञानमा आधारित अनुसन्धान अनुसार पनि कोही पनि व्यक्तिले आपूmभन्दा भिन्दै तरिकाले सोच्ने वा काम गर्ने समूहबाट थाहै नपाई तुरुन्तै ती बानीव्यवहार टिपिसकेका हुन्छन् । यसकारण आत्मविश्वासिलो हुन सकिरहुनभएको छैन भने आत्मविश्वासिला मानिसहरुको संगतमा बस्ने गर्नुहोस् । यसो गर्दा तपाईँले उनीहरु सफल हुन प्रयोग गर्ने विचारको अनुसरण गर्ने मात्र होइन, उनीहरु सरह उनीहरुको बानी पनि सिक्नुहुनेछ । यस्ता मानिसहरु सकारात्मक हुने र अरुलाई पनि प्रोत्साहित गर्ने हुँदा आपूmमा पटक्कै विश्वास जगाउन नसकेका मानिसहरुले पनि उनीहरुको साथले धेरै कुरा सिक्न सक्नेछन् र आत्मविश्वासी बन्दै जान सक्छन् । 

२. निरन्तर मिहिनेत गर्नुहोस् ।
सफल उद्यमी, नेता, कलाकार वा प्रस्तोता जो भएपनि उनीहरु आत्मविश्वासी र सफल हुनुको कारण भनेकै उनीहरु निरन्तर आफ्नो कार्यमा लागिपर्छन् । आफ्नो सीप सुधारका लागि उनीहरु रातदिन निरन्तर मिहिनेत गर्छन् । मञ्चमा धमाका मच्चाउने कलाकार होस् वा खेलमैदानमा जादु देखाउने खेलाडी वा करौँडौ कमाउने उद्यमी नै किन नुहन् उनीहरु यसै सफल भएका हुँदैनन् । उनीहरु आफ्नो कार्यमा सिपालु हुनुमा उनीहरुले मिहिनेतमै कैयौँ समय बिताएका हुन्छन् । उनीहरु यसै नामी भएका पक्कै होइनन् । आफ्नो सन्तुष्टि हुने गरी काम गर्ने ताकत आपूmमा भएपछि मात्र आपूmमा आत्मविश्वास बढ्ने हो । आपूmमा कुशलता नल्याइकनै सोचेरै मात्र आत्मविश्वासीलो बन्न सकिन्न । योजनाबद्ध कार्य गर्नाले मात्र यसको प्रतिफल आउँछ । याद राख्नुहोस् है व्यस्त हुनु मात्र मिहिनेत गर्नु होइन, आपूmले गरेको कामको प्रतिफल मापन गर्न पनि सक्नुपर्छ । 
समाजशास्त्री डान च्यामब्लिसले ओलम्पिक पौडीबाजहरुमा गरेको अध्ययनले पनि के देखाएको थियो भने, उत्कृष्टभन्दा उत्कृष्ट प्रदर्शनमा खेलाडीहरुले सानोभन्दा सानो कुरालाई पनि मध्यनजर गरेको पाइयो । उनीहरुले आफ्नो कामको सुष्म गतिविधिलाई पनि केलाएर त्यसमा सुधार ल्याउन दिनरात खट्ने गरेको पाइयो । यसकारण उनीहरुको कार्यशैलीलाई चमात्कारिक वा इश्वरीय मान्न पर्दैन, यो त उत्कृष्टताको लागि उनीहरुको लगनशीलताको फल हो । जब उत्कृष्ट गर्नुपर्ने बानी पर्छ, तब तपाईँ आपैंm आत्मविश्वासिलो बन्नुहुनेछ । यो बानी विकास गर्नका लागि एक मात्र उपाय भनेको आफ्नो कार्यमा निरन्तर लागिपर्ने हो । 

३. कुनै कार्यको महाहस्ती बन्न चाहनुहुन्छ भने असफलतासँग नडराउनुहोस् । 
कुनै पनि कार्यमा महाहस्ती बन्न असफल नभई अगाडि बढ्न सकिन्न । उत्कृष्ट परिणाम प्राप्तिका लागि तपार्इँले ठक्कर अवश्य पनि खानुहुनेछ । असफल हुन कोही पनि चाहन्नन् तर सफल हुनका लागि असफलतासँग डराउन हुन्न । असफलताले नै सफलताको रहस्य खुलाउँछ र सफलताले नै आत्मविश्वास बढाउँछ । तपार्इँ जति असफल हुनुभयो, त्यति नै बढी ज्ञान प्राप्त गर्न सक्नुहुनेछ । के गर्दा काम बन्छ र के गर्दा बन्दैन भनेर जान्नुहुन्छ । उत्कृष्टता हासिल गर्ने तरिका जति बढी थाहा पाउनुहुन्छ, उति नै तपार्इँको ज्ञान बढ्दै जान्छ र यसले तपार्इँमा आत्मविश्वास बढ्छ । जति धेरै प्रगति गर्दै जानुहुन्छ, उति नै तपाईँको आपूmमाथिको विश्वास कसैले पनि तोड्न सक्दैन । 

१८ पटक सर्वोकृष्ट लेखक बनेका सेठ गोडिनले सर्वोत्कृष्ट किताबहरु निकाल्नुअघि १० वर्ष बुक प्याकेजरको रुपमा काम गरे, हरेक महिना एउटा किताब निकाले, १ सय २० वटा किताब निकाले जसमा धेरैजसो किताबले राम्रो बजार पाउन सकेन । यसले उनलाई पाठकमाझ कस्तो किताब लाने भन्नेबारे धेरै कुरा सिकाउन मद्दत ग¥यो । त्यस्तै, जेम्स डाइसनले खर्बौँ डलर लगानीको भ्याकुम कम्पनी सञ्चालनमा ल्याउनुअघि १५ वर्षसम्म उनले ५ हजार नमुनामा काम गरेका थिए । उनका अनुसार हरेक असफलताले उनलाई समाधानको नजिक पु¥याउँदै लग्यो ।आपूm जस्तो स्थानमा भएपनि तपार्इँ आत्मविश्वासी बन्न सक्नुहुनेछ । यसमा आपूm उत्कृष्ट हुनका लागि आपूmमा विकास गर्नुपर्ने कार्यक्षमताको पहिचान गर्न सक्नुपर्छ । त्यसपछि यसका लागि आवश्यक कार्य निरन्तर निर्वाह गर्नुपर्छ । आपूmमा सिपको विकास हुँदै गएपछि, तपार्इँको आत्मविश्वास पनि बढ्दै जान्छ र सफल मानिसको रुपमा तपार्इँले अरुमा प्रभाव पार्न सक्नुहुनेछ ।

बाँच्नका लागि के मात्रै गरिएन : तुलसी घिमिरे

चलचित्र निर्देशक तुलसी घिमिरेलाई नचिन्ने कमै होलान् । नेपाली चलचित्र क्षेत्रलाई यहाँसम्म ल्याइपुर्‍याउन उहाँले ठूलो योगदान पुर्‍याउनुभएको छ । तर उहाँ आफैँलाई यहाँसम्म आइपुग्न चाहिँ निकै संघर्ष गर्नुपर्‍यो । घिमिरेको सफलताको कथा, उहाँकै शब्दमा :

यसो सोच्छु जिन्दगी आफैंलाई कथा जस्तो लाग्छ । सुन्नेलाई त झनै दन्त्यकथा जस्तो लाग्न सक्छ । हुनपनि आखिर के मात्रै गरिएन जीवनमा बाँच्नको लागि । आफ्नो सपना पूरा गर्नको लागि । ति सबै आवश्यक थिए पनि ।
नत्र अहिलेको तुलसी घिमिरे कहाँ हुन्थ्यो होला ! ३ दिनसम्म भोकै बसिएन कि ! नसुतेरै कति रात बिताइएन कि ! विना तलव कति महिना काम गरिएन कि ! तर ति सवै काम गर्र्दै गर्दा मलाई कहिल्यै पछुतो लागेन ।
यसो नगरेर अर्को काम गरौं भन्ने १० मनमा १ मन पनि भएन । छँदाखाँदाको जागिर छोडेकोमा पछुतो पनि भएन । किनकी यी सबै मैले मेरो उद्देश्यका लागि भनौं सपनाका लागि गरेको थिएँ,  आफ्नो मर्जीले ।

३ दिन ३ रातको भोकले पनि विचलित बनाएन

मेरो गुरु कुनै कामले पुना जानुभयो, ५ दिनका लागि । गएको दिन त कोठामै रहलपहल खाना खाएँ । भोलिपल्टदेखि खानेकुरा केही भएन । न खल्तीमा पैसा नै । लज्जालु स्वभाव भएकाले पनि कसैलाई केही भन्न सकिन ।
३ दिन, ३ रात भोकै भएपछि एक साँझ गुरु अचानक देखिनुभयो, बाटोमा । अनुहार हेरेर उहाले भन्नुभयो, ‘खाना नहि खाया क्या ?’ मैले निन्याउरो स्वरमा आवाज निकालें ‘जी हाँ ।’ उहाँले कित्ने दिन से भन्नुभभयो । मैले ३ दिन से भनें ।
‘भगवान करें तो दो चारदिन और भोका रहे जाओ’ भनेर आफू पान चपाउँदै गुरु हिँड्नुभयो । आज चाहिँ खान पाइने भो भन्ने सपना पनि क्षणभरमा तुहियो । लाग्यो कस्तो ढुंगाको मन भएको मान्छे होला । मैले के बिगारें र अझै भोको होस् भन्ने श्राप दिएको होला भनेर सारै नराम्रो लाग्यो । संयोगले मैले त्यसको भोलीपल्ट केही खान पाएको थिएँ ।
अर्को हप्ता गुरुले भन्नुभो, ‘तेरो खासै ठूलो भाग्य छैन रहेछ । मान्छे १२/१३ दिनसम्म नखाएर मर्दैन । तैँले कम्तिमा ७/८ दिन भोको बस्नुपरेको भए जिन्दगीको असली रुप थाहा पाउँथिस् ।
त्योबेला बाँच्नका लागि के गर्ने भन्नेबारे तेरो दिमागमा अनेकौ उपायहरु आउँथे । विचारमा आउने त्यो उत्तेजनाले तँलाई जीवनमा सधैं डोहोर्‍याइ रहन्थ्यो । तर ३ दिनमात्रै भोको भइस्, अब तेरो विचारको उत्तेजनाको स्तर नै त्यहिं सीमित भयो ।’ अहिले सम्झँदा त्यो ‘ब्रम्हबाक्य’ जस्तो लाग्छ ।

फिल्मको यात्रा

७ कक्षामा पढ्दा एकदिन सरले सोध्नुभयो,‘तिमिहरु के बन्न चाहन्छौ ?’ मैले धेरै सोचें । खुब घोरिएँ । तर मेरो मन जतिबेला पनि फिल्ममा पुगेर ठोकियो । के गर्ने र बन्ने थाहा थिएन । तर मैले सरलाई भनिदिएँ, ‘म फिल्म क्षेत्रमा जान चाहन्छु । आइ वाण्ट टु ज्वाइन फिल्म लाइन ।’
म अध्ययनलाई अघि बढाइरहेको थिएँ । बिए पास गरेपछि सेन्ट्रल पावर एण्ड वाटर कम्पनीमा काम गर्न थालें । सिक्किममा फिल्मको सुटिङ खुवै हुन्थ्यो । मेरो जागिर चलिरहेका बेला रोमियो इन सिक्किमको युनिट सुटिङका लागि आयो ।
मैले त्यहाँका प्राविधिकहरुसँग चिनापर्ची मात्र होइन, दोस्ती नै गरें । जसले मलाई सानो रोल मिल्यो फिल्ममा । तर त्यसको पुरै सुटिङ नसकिँदै युनिट बम्बइ (अहिलेको मुम्बई) फर्कने भयो । मेरो भुमिकाका लागि पनि म त्यहाँ जानुपर्ने भयो । म गएँ ।
सुटिङ सकिएपछि मलाई घर फर्कने टिकट दिइयो । तर मलाई घर फर्कनु थिएन । त्यो जागिरको कुनै लोभ थिएन । किनकी म फिल्मी क्षेत्रमा केही गर्ने ‘जुनुन’ लिएर हिँडिरहेको थिएँ । मेरो दिमागमा फिल्म बाहेक केही पनि थिएन । एकप्रकारले म पागल जस्तै बनेको थिएँ, फिल्मका लागि । फेरि म मेरो सपनाको नगरि मुम्बईमा थिएँ ।
त्यो बेलामा डेनी डेन जोङक्पा, प्रकाश थापा, माला सिन्हा र मिष्टर गुरुङ मात्र थिए, नेपाली मुलका । म केही सूत्रहरु खोज्दै थिएँ । उही सूत्र अपनाएँ, प्राविधिकसँग दोस्ती गर्ने । मुम्बई गएपछि मैले साथीका विभिन्न अवतार पनि देखें ।
सिक्किम जाँदा जसजसको मैले खुब सेवा गरेको थिएँ । उनीहरु भन्थे अरे यार बम्बे आजाओ हम हे ना । तर जब म त्यहाँ गएँ, उनीहरुले खासै वास्ता गरेनन् । तैपनि हार खाइन । फिल्ममा केही गरिछोड्ने अठोट जो थियो ।

नेपाली फिल्म यात्रा

म फिल्म क्षेत्रमा केही गर्न चाहन्थें । तर के थाहा थिएन । बस् यत्ति थाहा थियो, म फिल्म क्षेत्रमै केही न केही गर्छु र चिनिन्छु । नेपाल आउँला फिल्म बनाउँला भन्ने सपनामा पनि चिताएको कुरा थिएन । तर एउटा यस्तो संयोग पर्‍यो कि जुन सुन्दा विश्वास नलाग्न पनि सक्छ ।
बम्बैमा कमलाकर कारखाजिन मेरा गुरु हुनुहुन्थ्यो । एकदिन प्रकाश थापा हाम्रो स्टुडियोमा आउनुभयो । हामी उहाँको एकदमै फ्यान थियौं । स्टुडियोमा हामीले नेपालीमा कुरा गरेको देखेर गुरुले सोध्नुभयो, ‘तँलाई नेपाली आउँछ ?’ मैले भनें, ‘म नेपाली हुँ ।’
‘नेपालमा कति फिल्म बने अहिलेसम्म ?’ गुरुको अर्को प्रश्न थियो । ‘सात’ मेरो उत्तर । सिन्दुरसम्म नेपालमा ७ वटा फिल्म बनेका थिए । ‘त्यसो भए तिमिहरु पायोनियर हुनसक्ने रहेछौ’ गुरुले भनेको कुरा मैले खासै बुझिन ।
अलि पछि गुरुपूर्णिमाको दिन गुरुले मलाई भन्नुभयो, ‘नेपालीमा १० वटा फिल्म बनाउनु ।’ दुखान्त संयोग भनौं, त्यसको ७ दिनमा गुरुको देहान्त भयो । मैले गुरुआज्ञा फिर्ता गराउन पनि सकिन । गुरुलाई भगवान मान्ने संस्कार र अभ्यासमा मैले त्यो गुरुआज्ञा नमान्ने कुरा भएन ।
अनि एक वंगलादेशीलाई लगानी गर्न लगाएर रञ्जित गजमेरसँग मिलेर ‘बाँसुरी’ फिल्म बनाएँ । त्यो फिल्मको एक रुपैयाँ पनि पारिश्रमिक हामीले लिएनौ । मलाई १० फिल्म बनाउनु थियो । जुन बम्बैमा बसेर सम्भव थिएन । अनि म काठमाडौं आएँ ।
दशौं फिल्मको रुपमा मैले ‘गुरुदक्षिणा’ बनाएँ । पछि यसको नाम ‘दक्षिणा’ मात्रै राखियो । गुरुको आज्ञा पूरा गर्न सकेकोमा म दंग थिए । त्यसबेलासम्म नेपालमा एक खालको छाप पनि म र मेरा फिल्मले छाडिसकेका थिए ।
तपाईंलाई नपत्याउने छुट छ कि त्यसबेलासम्म पनि म नेपाली फिल्म क्षेत्रमै हराउँला भन्ने छँदै थिएन । त्यसपछि म फेरि मुम्बई जान चाहन्थें । तयारी भइरहेको थियो । तर प्रकाश थापा, जितेन्द्र महत अभिलासी, रवी शाह, नीर शाह लगायत साथीभाइले भने ‘तपार्इंको राम्रो छाप नेपाली दर्शकमाझ परिसक्यो ।
अब फर्कनुभयो भने तपाईको नराम्रो छाप पर्नेछ । तपार्इंलाई सबैले स्वार्थी भन्नेछन् । बरु यतै बसौं सुखदुख बाँडौं ।’ प्रकाश थापा दाइले पनि तुलसी तँ मसँगै कम्पिटिसन गरेर यतै बस् भन्नुभयो । अनि मेरो मन १ सय ८० डिग्रीले मोडियो । पोकापन्तुरा सबै थन्क्याएँ र नेपाली फिल्ममै होमिएँ । नभन्दै दर्शकहरुबाट नसोचेको माया पाएँ ।

एउटा मानिस एक कामका लागि मात्रै हुन्छ

म स्कूलमा हुँदै थाहा पाएको थिएँ कि एउटा मान्छे एक क्षेत्रको लागि मात्रै हुन्छ । त्यो सहि जस्तो पनि लाग्छ मलाई । तर को कहाँ भन्ने कुरा चाहिँ निकै महत्वपूर्ण हो । आफ्नो अन्तरआत्माले भनेको कुरा मान्ने हो भने आफ्नो क्षेत्र निर्धारण गर्न सकिन्छ । तर सजिलो भने छैन । आफ्नो इच्छा र चाहना आफ्ना बा आमा अर्थात अभिभावकसंग भर पर्छ ।

पढेर होइन परेर सिकौँ

सिकाइका अनेकौं प्रक्रिया हुन सक्छन् । तर मेरो विचारमा पढेरभन्दा परेर सिक्नु कता हो कता राम्रो र प्रभावकारी हो । जीवनका लागि नभइ नहुने कुरा पढेर होइन परेर मात्र सिक्न सकिन्छ । पढेर सिक्ने कुरा सिद्धान्त हो, तर जीवन चलाउन व्यवहारिक सिकाई आवश्यक हुन्छ । परेर सिकेको सिकाई जीवनभरका लागि हुन्छ । त्यस्तो ज्ञानले जीउन सिकाउँछ ।

सफलता के हो ?

सफलताको मापन निकै कठिन कुरा हो । हाम्रोमा ठूलो घर हुने गाडी हुनेलाई सफल मान्ने गरिन्छ । तर मलाई यस्तो लाग्दैन । मेरो विचारमा सफलताको मापन मानिसको मुहारबाट हुन्छ । जो खुशी हुन्छ, उसको मुहार प्रशन्न हुन्छ । त्यही हो सफल व्यक्ति । धनसम्पत्ति धेरै छ, तर विभिन्न रोगले खान नहुने अवस्था छ भने त्यो कसरी सफल हुनसक्छ ?
हो बाँच्नको लागि पैसा आवश्यक पर्छ, तर यसको मतलव यो होइन कि धनसम्पत्ति नै सफलताको मुख्य र एकमात्र मापक होस् । सफलता भनेको आफूले चाहेको क्षेत्रमा काम गर्न पाउनु र त्यसैमा हराउन पाउनु हो ।

सफलताको सूत्र

मेरो अनुभवका आधारमा भन्ने हो भने सफलताका लागि सबैभन्दा ठूलो कुरा दृढता हो । मभित्र फिल्म क्षेत्रमा केही गर्ने जुन ‘जुनुन’ थियो, त्यसैले मलाई बम्बै पुर्‍यायो । त्यो प्राप्त गर्न मैले जे पनि गरें ।
भोकै बसें । सित्तैमा काम गरें । छँदाखाँदाको जागिर छोडें । सुटिङ्गमा चिया ‘सर्भ’ गरें । साना भनिने काम गरें, स्पटव्वाई, लाइटब्वाई, डुब्लिकेट एक्टर आदिआदि  । गुरुबचनलाई ब्रम्हबाक्य मानें । त्यसैले मलाई काठमाडौंसम्म ल्याइपुर्‍यायो र नेपाली फिल्म क्षेत्रमा समर्पित गरायो । जे गरें सबैसामु जगजाहेर छ ।
मेरो विचारमा मानिसले के गर्ने भन्ने कुरा आफैंले निर्धारण गर्ने हो । आत्मालाई सोध्नुस् के गर्ने निर्धारण गर्नुस् । त्यो गर्न सक्छु कि सक्दिन भन्ने सोच्नुस् । लक्ष्य निर्धारण लहडमा गर्ने होइन । केही समय पर्खेर आफंैलाई बुझेर र आफैसँग सोधेर गर्नुपर्छ ।
त्यसपछि त्यसका चुनौतीको समिक्षा गर्नुहोस् । के के समस्या आउनसक्छन ? र तिनलाई पर्घेल्न के गर्ने भन्ने कुरा सोच्नुहोस र त्यही आधारमा अघि बढ्ने तय गर्नुहोस् ।
मेरो विचारमा आफ्ना लक्ष्य बाआमासँग बाँड्नु र उहाँहरुको सल्लाहका आधारमा अघि बढ्नु नै सफलताको मुख्य कुरा हो । तर अहिलेको पुस्तामा धैर्य ५ मिनेटको छैन । बाआमालाई केही नजान्ने बुढाबुढीका रुपमा चित्रित गरिँदैछ ।
र के गर्ने भन्ने टुंगो वयस्क हुने बेलासम्म हुँदैन । मेरो विचारमा धैर्य नहुनु, लक्ष्य निर्धारण नगर्नु र अभिभावलाई कम आँक्नु सबै सफलता होइन, असफलताका द्योतक हुन् ।
प्रस्तुति : लक्ष्मण कार्की/उज्यालो

कसको सफलताको रहस्य के ?

– थोमस एल्भा एडिसन
हार नमान्नु : मेरो बानि छ, जतिपटक असफल भए पनि सफलता हात नलागेसम्म म काममा जुटिरहन्छु ।

– सर आइज्याक न्युटन
धैर्यवान हुनु : म प्रतिभावान भन्दा धैर्यवान हुँ, किनभने मेरा सबै प्रतिभा धैर्यले जन्माएका हुन् ।
– अल्बर्ट आइन्स्टाइन
हिम्मत नहार्नु : मलाई सबैले तैले सात जुनिमा पनि गणित सिक्दैनस भन्थे । यो सुनेर म मनमनै रून्थे तर हिम्मत भने मैले कहिल्यै हारिन ।
– एन्ड्रयू कारनेगी
इमान्दारी, परिश्रम र एकाग्रता : मेरो मान्यतामा सफलताको लागि सबैभन्दा पहिलो आवश्यकता हो इमान्दारी अनि परिश्रम र एकाग्रता ।
– झमक घिमिरे
दह्रो इच्छाशक्ति : अग्रजको मनाहीको बाबजुद पनि मैले निरन्तर सिकिरहे, किनकी ममा सिक्ने प्रबल इच्छा थियो र त मैले लेख्न सिके ।
– नेल्सन मण्डेला
कर्ममा रमाउन सक्नु : संघर्ष नै जीवन हो, यसर्थ संघर्षमै आनन्द लिन सक्नुपर्छ, कर्ममै रमाउनु पर्दछ ।
– हेनरी फोर्ड
दृढ आत्मविश्वास : यदि तपाई गर्न सक्छु भन्नु हुन्छ भने जे पनि गर्न सकिन्छ, यदि गर्न सकिन्न भन्नु हुन्छ भने केही पनि गर्न सकिन्न ।
– अब्राहम लिंकन
असफलता झेल्नु : हरेक असफलतामा म आफैलाई भन्थे म चिप्लेको पो हु, ढलेको कँहा हुँ र ।
प्रस्तुती : यात्री केशर

नामको पहिलो अक्षरबाट थाहा पाउनुस् मानिसको स्वभाव र भविश्य

नामको पहिलो अक्षरबाट थाहा पाउनुस् मानिसको स्वभाव र भविश्य ! तपाईले ज्योतिषशास्त्र तथा हस्तरेखा विज्ञानको बारेमा पढेको अथवा सुनेको हुनपर्छ तर के तपाईले कहिल्यै आफ्नो नाममा विचार गर्नुभएको छ ? कयौँ प्रसिद्ध अभिनेता, लेखक तथा संगीतकारले सफलता पाउनको लागि आफ्नो नाम परिवर्तन गरेका छन् । हरेक व्यक्तिमा उसको नामको प्रभाव अवश्य पर्छ किनकि अक्षरको समेत आफ्नो ऊर्जा तथा त्यसबाट जोडिएको गुण हुन्छ ।

तपाईको नाम कुन अक्षरबाट सुरु हुन्छ त्यसबाट तपाईको आफ्नो स्वभाव, व्यक्तित्व र भविश्य को बारेमा धेरै नै कुरा पत्ता लगाउन सकिन्छ । तपाईंको नामले तपाईंको व्यक्तित्वलाई परिभाषित गर्ने गर्दछ । कहिले काँही त तपाईंको नामले तपाईंको भाग्यलाई प्रतिबिम्बित समेत गर्ने गर्दछ ।
नामले निकै प्रभावशाली ढङ्गले तपाईंको व्यक्तित्वलाई प्रभावित गर्ने गर्दछ । तपाईंको नामको पहिलो अक्षरले बताउँछ कि तपाईं कुन प्रकारको व्यक्ति हुनुहुन्छ र तपाईं आफ्नो जिन्दगीमा के-कस्ता कुराको सामना गर्न सक्नुहुन्छ । नाममा त्यो शक्ति हुन्छ जसले तपाईंको जीवनलाई आकार लिनमा मद्दत गर्दछ । आउनुहोस्, तपाईंको नामको पहिलो अक्षरको के अर्थ हुन्छ थाहा पाऔँ ।
A
यदि नामको पहिलो अक्षर A बाट सुरु हुन्छ भने यस्ता व्यक्तिहरु आकर्षक हुने गर्दछन् । सम्बन्ध र मायालाई निकै महत्व दिने यिनिहरु रोमान्टिक भने पटक्कै हुँदैनन् । यस्ता व्यक्तिहरु बिस्तारै सफल हुने गर्दछन् र एकचोटी सफलता पाइसकेपछि शीर्ष स्थानमा पुग्ने गर्दछन् ।
B
अक्षर भएका मानिसहरु निकै हिम्मती हुने गर्दछन् त्यसकारण यो नामका मानिस सेना वा कुनै जोखिमपूर्ण क्षेत्रमा आफ्नो करियर बनाउने गर्दछन् । यस्ता मानिसहरु निकै रोमान्टिक हुने गर्दछन् । उनीहरुको ‘मूडी’ र बोल्ने स्वभावका कारण उनीहरुलाई मानिसहरु घमण्डी भन्ने गर्दछन् । यस्ता मानिसहरुको धेरै साथी हुँदैनन् र यदि भए भने पनि जीवनभर दिगो भएर बस्ने गर्दछन् ।
C
यस्ता व्यक्तिहरु निकै मिलनसार हुने गर्दछन् । यिनीहरुलाई स्पष्ट बोल्न मनपर्दैन र कसैको मन दुखाउन पनि चाँहदैनन् । यिनिहरुलाई मायामा निकै विश्वास लाग्ने गर्दछ । हेर्दा निकै राम्रा हुने यिनीहरु आफ्नो करियरमा निकै सफल हुने गर्दछन् ।
D
यी व्यक्तिहरु आफैँ बनेका मानिसमा गनिन्छन् । यिनीहरुमा सरस्वती र लक्ष्मी दुबैको कृपा परेको हुन्छ । यिनिहरुसँग यदि तपाईं बस्नुहुन्छ भने तपाईंले केहि नयाँ कुरा सिक्ने मौका पाउनुहुन्छ । तर आफ्नो जिद्दी प्रकृतिका कारण मानिसहरु यिनीहरुलाई घमण्डी भन्ने गर्दछन् ।
E
यस्ता व्यक्तिहरु निकै बोल्ने गर्दछन् र निकै रमाइलो व्यक्तित्वका हुन्छन् । जिन्दगीलाई निकै सजिलो तरिकाले जिउने मन पराउने यिनीहरु धेरै चिन्ता गर्दैनन् । यस्ता व्यक्तिहरुसँग आफूले चाहेको जत्तिकै शिक्षा, व्यवसाय र पैसा हुने गर्दछ । यिनिहरु सधैँ खुसी हुने गर्दछन् ।
F
नामको अगाडि यो अक्षर भएका मानिसहरु निकै दयालु हुने गर्दछन् । यिनीहरु आफ्नो सबै काम निकै मन लगाएर गर्ने गर्छन् । यिनिहरु निकै सहयोगी, आकर्षक र रोमान्टिक हुने गर्दछन् ।
G
यस्ता मानिसहरु सफा मनका र सिधा बिचारका हुने गर्दछन् त्यसकारण यिनीहरुलाई धेरै मानिसहरुले धोका दिने गर्दछन् । यिनिहरु कहिले पनि आफ्नो गल्ती दोहोराउँदैनन् बरु यसलाई लिएर अगाडि बढ्ने गर्दछन् र यसमा उनीहरु सफल पनि हुने गर्दछन् । यस्ता व्यक्तिहरुको धेरै साथी हुँदैनन् र यिनीहरुलाई शान्त ठाउँमा बस्न मनपर्छ । निकै आत्मविश्वासी हुने यिनीहरुलाई जब रिस उठ्छ तब उनीहरु के गर्छन्, उनीहरुलाई नै थाहा हुँदैन । यिनीहरुलाई कम बोल्ने मानिसहरु मनपर्छ ।
H
यस्ता व्यक्तिहरु संकोची र संवेदनशील हुने गर्दछन् । यिनीहरुलाई रहस्यमयी पनि भन्ने गरिन्छ किनभने यिनीहरु आफ्नो कुरा कसैलाई पनि बताउँदैनन् । यिनीहरुलाई आत्मसम्मानको निकै चिन्ता हुने गर्दछ र दिमाग निकै तेज हुने गर्दछ । यिनीहरु राजनितिक वा प्रशासनिक क्षेत्रमा देखा पर्ने गर्दछन् । यिनीहरु आफ्नो पैसा आफ्ना लागि मात्र खर्च गर्ने गर्दछन् ।
I
यस्ता व्यक्तिहरु निकै हिम्मती हुने गर्दछन् र साँचो कुरा भन्नलाई यिनीहरु कहिले पनि डराउँदैनन् । यिनीहरु निकै स्टाइलिस पनि हुने गर्दछन् । यस्ता व्यक्तिहरुले फेसन र रचनात्मक क्षेत्रमा निकै राम्रो काम गर्ने गर्दछन् ।
J
यस्ता व्यक्तिहरु बाहिर जति राम्रा देखिन्छन् भित्रि रुपमा पनि त्यति नै राम्रा हुन्छन् । यिनीहरु आफ्ना पार्टनरसँग निकै इमान्दार हुने गर्दछन् । आफूले भनेको कुरालाई जसरी पनि हाँसिल गर्ने यिनीहरुसँग पैसा, मायाजस्ता चिजहरु निकै धेरै मात्रामा हुने गर्दछ । जसले यी व्यक्तिहरुलाई जीवनसाथीको रुपमा पाउँछ, पाउने व्यक्तिले आफूलाई भाग्यमानी सम्झिँदा पनि हुन्छ किनभने ती व्यक्तिले यस्तो व्यक्ति पाउँदैछ जोसँग सबै कुरा छ ।
K
बोल्दा नसोची बोल्ने यिनिहरु आफ्नो फाइदाको लागि कुनै पनि हदसम्म जान सक्छन् । मानिसहरु यिनिहरुसँग डराउँछन् र आफ्नो कुरा भन्न डराउँछन् । यिनिहरुलाई जीवनमा जोखिम लिन आउँछ । हेर्दा यिनीहरु निकै राम्रा हुने गर्दछन् ।
L
यस्ता व्यक्तिहरु कसैलाई पनि नराम्रो सोच्दैनन् । यिनीहरुलाई खुसी हुन ठूलो कुरा चाहिँदैन । सानो सानो कुराहरुले नै यिनीहरुलाई खुसी बनाएको हुन्छ र यिनीहरु धेरैजसो खुसी नै हुने गर्दछन् । पैसाको कमी कहिले पनि नहुने यी व्यक्तिहरुलाई विशेष व्यक्तिको धड्कन बन्न मनपर्छ ।
M
यस्ता व्यक्तिहरु निकै जिद्दी हुने गर्दछन् । केहि कुरालाई यिनीहरुले समातेको छ भने कहिले पनि छोड्दैनन् । साधारणतया यस्ता व्यक्तिहरु राजनितिमा बढि देखिन्छन् । यिनीहरु राम्रो वक्ता र राम्रो लेखक हुन् । सधैँ गहिरो चिन्तनमा डुबिरहेने यस्ता व्यक्तिहरु र निकै भावुक हुने गर्दछन् ।
N
यिनीहरु कुनै पनि कुरासँग चाँडै नै बोर हुने गर्दछन् । स्वतन्त्र विचारधाराका यी व्यक्तिहरु सधैँ आफ्नो बारेमा मात्र सोच्ने गर्दछन् । संसारका सबै कुरा पाउने इच्छा भएका यस्ता व्यक्तिहरु निकै स्वार्थी पनि हुने गर्छन् ।
O
यस्ता व्यक्तिहरु निकै धूर्त हुने गर्दछन् । यो नाम भएका व्यक्तिहरु निकै आकर्षक पनि हुने गर्दछन् । निकै उर्जावान् यी व्यक्तिहरुलाई धेरै मानिसहरुले मन पराउने गर्दछन् । प्रेम, भावना र सम्बन्धले यिनीहरुको जीवनमा निकै महत्वपूर्ण स्थान ओगटेको हुन्छ त्यसकारण यी व्यक्तिहरु धेरैजसो प्रेम विवाह नै गर्ने गर्दछन् ।
P
यी व्यक्तिहरुलाई आफ्नो इज्जत र मान-सम्मानको निकै ख्याल हुने गर्दछ । यिनीहरु निकै विवेकशील र रचनात्मक हुने गर्दछन् । यिनीहरु आफ्नो जीवनमा छुट्टै नियम लागु गर्दछन् र यसमा कुनै सम्झौता गर्दैनन् ।
Q
यी व्यक्तिहरु कहिले खाली बस्न सक्दैनन् । उनीहरुलाई केहि न केहि गर्नै पर्ने हुन्छ । सानो सानो कुराबाट खुसी हुने यी व्यक्तिहरु आफ्नो छुट्टै संसारमा रमाउने गर्दछन् । यिनीहरु राम्रो जीवनसाथी पनि हुन् । कहिलेकाँही मात्र रिसाउने यी व्यक्तिहरुलाई रिस उठ्यो भने निकै नराम्रो तरिकाले रिसाउने गर्दछन् ।
R
यो अक्षरबाट सुरु हुने नामका व्यक्तिहरु दिमागमा निकै तेज, मनका राम्रा र अरु मानिसहरुको मतलब नराख्ने र कम बोल्ने स्वभावका हुन्छन् । कसले के भनिरहेको छ, के गरिरहेको छ उनीहरुलाई यसमा केहि पनि मतलब हुँदैन त्यसैले यहि कुराले नै उनीहरुको वैवाहिक जीवनमा खटपट ल्याउने गर्दछ ।
S
यस्ता व्यक्तिहरु बहुमुखी प्रतिभाका धनी हुन्छन् । धेरै बोल्ने यी व्यक्तिहरु धेरै आलोचना पनि झेल्ने गर्दछन् । यिनीहरु रहस्यमयी हुने गर्दछन् र आफ्नो कुराहरुलाई स्पष्ट तरिकाले भन्ने गर्दैनन् । आफ्नो माया प्रति निकै सचेत हुने यिनीहरु केहि ठट्टा पनि गर्ने गर्दछन् । आफूसँग भएको पैसा र आफ्नो कुनैपनि सामानहरु कसैलाई पनि सजिलै सँग दिँदैनन् । यिनिहरु निकै कन्जुस हुने गर्दछन् र देखावटी उनीहरुलाई निकै मनपर्छ ।
T
यस्ता मानिसहरु बुद्धिमान हुने गर्दछन् र आफूले माया गर्ने व्यक्तिलाई माया देखाउन सक्दैनन् । आफू खुसी र दुखी भएको कुरा यिनीहरु कसैसँग पनि व्यक्त गर्दैनन् । यिनीहरुले नाम र दाम दुबै कमाउने गर्दछन् ।
U
यी व्यक्तिहरु निकै होसियार र असल स्वभावका हुन्छन् जो अरुलाई खुसी दिने कुरामा विश्वास राख्छन् । यिनीहरु सधैँ हाँसिरहने स्वभावका हुन्छन् तर सफलता ढिलो पाउने गर्दछन् । यिनीहरु बिन्दास स्वभावका हुने गर्दछन् र बच्चाहरु यिनिहरुलाई निकै मनपर्छ ।
V
कसैको रोक–टोक मन नपराउने यस्ता व्यक्तिहरु निकै स्वतन्त्र स्वभावका हुन्छन् । यिनीहरुको मन निकै सफा हुने गर्दछ र सबैको भावनालाई सम्मान पनि गर्ने गर्दछन् । आफ्नो कुराहरु हत्तपत्त यिनीहरु कसैलाई पनि बाँड्ने गर्दैनन् ।
W
यस्ता व्यक्तिहरु मनको सफा भएपनि मानिसहरुले यिनीहरुलाई चिन्न ढिलो गर्दछन् । धन सम्पत्ति धेरै हुने भएका कारण उनीहरुलाई मानिसहरुले घमण्डीको संज्ञा दिने गर्दछन् ।
X
यिनीहरुलाई धैर्य गर्न मनपर्दैन त्यसकारण आफ्नो काम निकै हतारमा गर्ने गर्दछन् । यिनीहरु जे कुरा छिटो पाउन चाहन्छन् त्यति नै छिटो त्यो कुराबाट उनीहरुको मन हट्छ ।यिनीहरुले कहिले के गर्छन् भन्ने कुराहरु उनीहरु आफैँलाई थाहा हुँदैन । आफूलाई मन परेको र चाहिएको कुरा जसरी पनि पाएरै छोड्छन् यिनीहरु त्यसकारण जीवनमा निकै सफल पनि हुने गर्दछन् ।
Y
यी व्यक्तिहरु धेरै बोल्दैनन् र एक्लै बस्न मन पराउँछन् । यिनीहरु स्पष्टवक्ता हुन्छन् त्यसकारण कसैसँग केहि बोल्न पनि डराउँदैनन् । यिनीहरु कुनै पनि कुरासँग सम्झौता गर्न सक्दैनन् । सम्झनाशक्ति र कल्पना गर्ने शक्ति उनहिरुको निकै तेज हुन्छ ।
Z
यस्ता व्यक्तिहरुलाई देखावटी मनपर्दैन । यिनीहरु निकै सोझा र गम्भीर प्रकृतिका हुने गर्दछन् । आफ्नो कुरालाई स्पष्टसँग भन्ने यी व्यक्तिहरु कसैलाई पनि धोका दिन सक्दैनन् । देख्दा सोझा लाग्ने यी व्यक्तिहरु मूर्ख भने हुँदैनन् । यिनीहरु जहाँ पनि बस्छन् आफ्नो सरल छवीका लागि प्रख्यात हुने गर्दछन् । (एजेन्सीको सहयोगमा)

धन कमाउने ५ सरल उपायहरु

ज्योतिषशास्त्रमा बताइएका अनेक थरी उपायहरु अपनाउँदा सबै किसिमका मनोकामना पूरा हुन्छन् । यहाँ हामी केही सरल उपाय बताउँदैछौं जसलाई अपनाउँदा तपाईंले धन कमाउन सक्नुहुन्छ ।

१. घरकी प्रमुख महिलाले बिहानै सूर्योदय अघि नै उठेर तामाको लोटामा जल भरेर मुख्यद्वारमा छर्किएमा देवी लक्ष्मी प्रसन्न हुनु हुनेछ र त्यो घरमा कहिल्यै दरिद्रता आउँदैन ।
२. बुधवार लक्ष्मीको आगमनको दिन हो । यो दिन कसैलाई पनि सामान वा धन उधारोमा दिनु हुँदैन । यसो गर्दा धन आगमनमा बाधा पुग्छ ।
३. हरेक औंसीमा शुभलाभको चतुर्भुजमा लक्ष्मी पूजा गर्दा उहाँ अति प्रसन्न हुनुहुन्छ र धनलाभ हुन्छ ।
४. बिहीवार अचानक तपाईंले धेरै धन पाउनु भयो भने मन्दिरमा दान गरिदिनुस् । यस्तो दानले तपाईं झन् धेरै पैसा आउने बाटो खोलिदिन्छ ।
५. कसैको ऋण चुकाउनु छ भने मंगलवारदेखि पैसा दिन थाल्नुस् । ऋण छिट्टै चुक्ता हुन्छ ।

१० जादुमयी मन्त्र जसले तपाईको सफलताको कथा बुन्नेछन् …

कहिलेकाँही केही गर्दा गर्दै पनि सफल नहुँदा हामीलाई लाग्ने गर्छ कि कुनै जादुको छडी भएदेखि हामी कति सजिलै आफ्नो इच्छाहरु पूरा गर्न सक्थ्यौं होला । तर जादुको छडी नभएर के भयो त केही त्यस्ता सफलताका सूत्रहरु छन् जसले मन्त्र बराबर काम गर्छन् र सफताको कथा बुन्नमा मद्दत पुर्याउँछन् । यी सूत्रहरुले तपाई हाम्रो व्यवहारमा परिवर्तन ल्याउँछ र हामीलाई आवश्यक ऊर्जा एवं प्रोत्साहन पनि दिने गर्छ जसले जादुका रुपमा काम गर्नेछन् । त्यस्ता १० जादुका सूत्रहरु यस प्रकार छन् :
१. पत्याउनुहोस् कि तपाई भाग्यमानी व्यक्ति हुनुहुन्छ
सफल मान्छेले प्रायः आफ्नो भाग्य आफै बनाउँछन् । हामी परिस्थिति र आफूले रोज्ने बाटोहरुबाटै अगाडि बढ्ने गर्छौं । त्यसैले आफू निरिह भएर कुनै पनि अवस्थालाई आफू माथि हावी हुन नदिनुहोस् । अगाडि बढ्नुहोस्, आफ्ले आफ्नो चार्ज लिनुहोस् ।
२. सफल व्यक्तिले ठूला ठूला सपना देख्छन् र त्यसलाई पूरा गर्छन्
सफल व्यक्तिहरुमा ठूला सपनाहरु हुन्छन्, र ती सपनाहरुलाई उनीहरुको शक्ति र लगावले ऊर्जा प्रदान गर्दछ । केही समयको छुट्टी लिनुहोस्, अगाडि बढ्नुहोस र आफ्नो सपना पूरा गर्न लागि पर्नुहोस् । यसपछि तपाई पक्कै पनि राम्रो काम गर्न सक्नुहुनेछ ।
३. खुशीका साना साना क्षणहरुलाई समेट्नुहोस्
हामी ठूला ठूला सफलता र खुशीहरु खोज्नमा व्यस्त छौं । हामी प्रायः सानो सानो खुशीहरुमा रमाउन बिर्सन्छौं । साना साना खुशीहरुमा र साना साना सफलतामा रमाउनाले आफूभित्र सकारात्मकता भरिन्छ ।
४. सेवा गर्दा स्वार्थ रहित तरिकाले गर्नुहोस्
संसारमा मानव सेवा जस्तो अरु कुनै ठूलो सेवा छैन । साँच्चै नै सफल हुनका लागि, आफूसँग जे छ त्यो अन्य मानिसहरुसँग पनि साट्न सक्नुपर्छ । जब तपाई अरुलाई केही गर्न सक्ने अवस्थामा हुनुहुन्छ भने उनीहरुलाई मद्दत गर्नुहोस्, उनीहरुलाई राम्रो गर्नुहोस्, यसले तपाईलाई आत्मसन्तुष्टि दिन्छ । सन्तुष्ट मनले कुनै पनि काम आँट्न सकिन्छ ।
५. बढी चुनौतिहरु अंगाल्नुहोस्
यदि तपाईले दिनप्रतिदिन चुनौतिहरुको सामना गर्नुभएको छैन भने तपाईले साँचो अर्थमा जीवन जिउनु भएको नै छैन । सफलता तिनै व्यक्तिको हात पर्छ जसले चुनौतिहरुको सामना गर्ने हिम्मत राख्छन् । कसलाई के थाहा चुनौतिपूर्ण कुनै कुराले नै जीवन सफलताले भरिपूर्ण गरिदिन्छ कि ?
६. बलियो सपोर्ट सिस्टम बनाउनुहोस्
सफल व्यक्तिहरुसँग एउटा जादुको छडी हुन्छ जसलाई घर परिवार भन्ने गरिन्छ । यो ठाउँमा त्यस्तो तत्व लुकेको हुन्छ जसले तपाईको चिन्ता एवं दुःखकष्टलाई टाढा भगाइदिन्छ भने तपाईलाई खुशी र समृद्धिले भरिपूर्ण बनाइदिन्छ । परिवारबाट मिल्ने खुशी र आशिर्वादले सफलता पाउन मद्दत गर्छ ।
७. आफूमा विश्वास गर्नुहोस्, यो नै निर्वाण हो
आफूमा अत्यन्त विश्वास गर्नुहोस् कि कुनै पनि अप्ठ्यारो परिस्थिति तपाईको अगाडि उभिन नसकोस् । आफूमाथि विश्वास गरेमा तपाई जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सक्नुहुन्छ ।
८. कुनै पनि काममा आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुहोस्
यदि माइकल जोर्डनले ३ सय असफलतापछि पनि कोसिस गर्न सक्छन्, ३ सय विकल्पहरु रोज्न सक्छन् भने तपाई हामीले पनि पक्कै सक्छौं । आफ्नो काममा शतप्रतिशत दिनुहोस् । तपाईको सपना र लक्ष्यले पक्कै पनि तपाईलाई चुम्नेछ ।
९. आवश्यक पर्दा ‘हुँदैन’ भन्न सिक्नुहोस्
आफू फैलन सक्ने क्षेत्रहरुमा नजर लगाउनुहोस् र आवश्यक पर्दा हुन्न पनि भन्नुहोस् । यदि तपाईको काममा तपाईको प्राथमिकताहरु पर्दैनन् भने त्यसलाई छाडिदिनुहोस् र अरु रोज्नुहोस् ।
१०. सकारात्मक बस्नुहोस् यसलाई सफलतालाई आकर्षित गर्छ
हामी सबैलाई थाहा छ जीवनमा उतार चढाव आउँछ । तर सबै सफल व्यक्ति यत्तिकै सफल भएका हुँदैनन्, उनीहरुले जीवनमा कैयौं पटक असफलता भोगेका हुन्छन् । तनावको स्थितिमा शान्त बस्न सक्नु र हरेक परिस्थितिमा सकारात्मक रहनसक्नु एउटा विशेष गुण हो । यसलाई अपनाउनुहोस् । किनकि सकारात्मकताले सफलतालाई आकर्षित गर्छ ।

सफलताका सूत्रहरु-


� कठिन कार्यलाईपहिलो प्राथमिकता दिनुहोस् ।
� आफ्नो योग्यतालाई निरन्तर विकासगर्नुहोस् ।
� सोचेर मात्र बोल्नु होस् ।वार्तालापका बेला आफ्नो छवि बिगि्रनसक्नेकुर
ामा हेक्का राख्नुहोस् ।
� स्वयम्मा निर्णय लिने क्षमताको विकासगर्नुहोस् ।
� समय सीमा र त्यसको सदुपयोगलेजीवनमा सफलता प्राप्तिमा मह
�वपूर्णमाध्यम बन्नसक्दछ ।
� आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस् ।किनकी स्वास्थ शरीरमा मात्र
स्वस्थविचार जन्मन्छ ।
� योजनावद्ध रूपमा आफ्नो कामलाईसम्पन्न गर्नुहोस् । अनावश्यक
रूपमा समयव्यथित नगर्नुहोस् ।
� चिन्ता गरेर समय नष्ट नगर्नुहोस् ।
� आफ्नो दुर्बलतालाई पहिचानगरी त्यसलाई टाढा राख्ने प्रयासगर्नुहोस् ।
� सिक्ने र अनुभव प्राप्त गर्नेस्वभावको विकास गर्नुहोस् ।
� सामाजिक सक्रियता बढाइराख्नुहोस् ।
� सदैव एउटामात्र लक्ष्य लिनुहोस् । दुईवटा लक्ष्य लिनुभयो भने
दुईवटा डुङ्गामा एकैसाथ खुट्टा राख्नुसरहहुनेछ ।
� अरूसित गुनासो गर्ने र माग्नेबानी त्याग्नुहोस् ।
� अरूको प्रशंसा खुला मनले गर्नेबानी बसाल्नुहोस् । यसले
तपाईंलाईहितैषी बनाउनुका साथै अरूको मन जित्नसक्नुहुनेछ ।
� विपरीत परिस्थितिमा संयमका साथकाम गर्नुहोस् । धैर्यपूर्वक
असामान्यपरिस्थितिको सामना गर्नुहोस् ।र, अब तपाईंलाई सफलताले चुम्ने छ

आत्मविश्वास बढाउन यी ७ सूत्रहरु प्रयोग गर्नुहोस्


आत्मविश्वास यस्तो क्षमता हो, जसले मानिसलाई अगाडि बढ्न र नयाँ काम गर्नको लागि प्रेरणा प्रदान गर्छ । संसारमा जति पनि सफल मानिस छन्, उनीहरूको सफलतापछि आत्मविश्वासको ठूलो भूमिका छ । उनीहरूले आफैँमाथि विश्वास र ठूला–ठूला निर्णय गरेर जीवनलाई सफल बनाए । यदि तपार्इंमा पनि आत्मविश्वास छ भने मान्नुस्, सफलता धेरै टाढा छैन । यी हुन्, आत्मविश्वासी बन्न सघाउ पुर्‍याउने केही टिप्स:

१. भित्रैको डर निकाल्नुस्

आत्मविश्वास भन्ने कुरा कसैले फिट गर्दिने होइन । आत्मविश्वास बढाउनका लागि सबैभन्दा पहिला आफूभित्रको डरलाई हटाउन जरुरी हुन्छ । जसका लागि आफ्नो क्षमताको पहिचान गर्न जरुरी छ । आत्मविश्वास बढाउनका लागि आफैँप्रति विश्वास गर्न आवश्यक छ । कुनै व्यक्तिलाई हेरेर मात्र आत्मविश्वास बढ्दैन । त्यसैले आत्मविश्वासका लागि आफैँ तयार हुन प्रयोग गर्नुस् ।

२. कसैसँग भेट्दा

कुनै पनि विधामा सफल हुनका लागि सबैभन्दा महत्वपूर्ण कुरा यो हुन्छ कि, तपार्इंभित्रको आत्मविश्वास । जुनसुकै क्षेत्रका चर्चित व्यक्तिका कथा सुनेपछि तपार्इंलाई यसको अनुभूति हुन्छ । त्यसैले तपाईंले कसैलाई भेट्दै हुनुहुन्छ भने पहिला आफूभित्रको डर हटाउनुपर्छ र निर्धक्कसँग कुरा गर्नुपर्छ । जसले तपार्इंलाई आत्मविश्वासी बन्न प्रेरणा प्रदान गर्छ ।

३. काममा विश्वास

चाहे तपार्इंले जुनसुकै काम गर्नुस्, तर विश्वास साथ गर्नुस् । या कुनै कामको सुरुवात गर्दै हुनुहुन्छ भने पनि त्यसप्रति पूर्ण विश्वस्त हुनुस् । सामान्य जीवनशैली र बोल्ने तौर तरिकाले पनि आत्मविश्वास बढाउनको लागि ठूलो भूमिका निर्वाह गर्छ । खाना पकाउने, कुनै व्यक्तिसँग भेट्ने गर्दाका गतिविधिमा समेत आत्मविश्वासको साथ प्रस्तुत हुन जरुरी छ ।

४. डाइट एन्ड फिटनेस

फिटनेस, स्टाइल, डाइटलगायतका कुराले पनि आत्मविश्वासमा भूमिका निर्वाह गर्छ । आत्मविश्वास बढाउनका लागि ड्रेसअप र खानपानमा पनि ध्यान दिन जरुरी हुन्छ । सफल व्यक्तिको जीवनलाई हेर्दा पनि उनीहरूको जीवन सफल हुनुमा यसका भूमिका हुन्छन् ।

५. सिक्ने इच्छाशक्ति

नयाँ कुरा सिक्ने र आफैँलाई महत्वपूर्ण बनाउने प्रयास गर्नुस् । जो व्यक्तिमा सिकाइको भोक हुन्छ, उसमा आत्मविश्वास पनि हुन्छ । त्यसैले आफूभित्रको सिक्ने इच्छाशक्तिलाई कहिल्यै मर्न दिनुहुँदैन । यस्तो बानीले बिस्तारै आत्मविश्वासलाई बढाउँदै लैजान्छ ।

६. सकारात्मक सोच

सकारात्मक सोचले जीवनको कैयौँ काममा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तर, नकारात्मक सोचले स्वयम्लाई ध्वस्त बनाउँछ । हाम्रो सोचले नै सफलताको सम्भावना निर्धारण गर्छ । नकारात्मक घटना या सोचलाई सकारात्मक रूप दिँदा त्यसले पार्ने प्रभावलाई विचार गर्न आवश्यक हुन्छ । तपाईंको आचरणले नै आत्मविश्वास बढाउन भूमिका खेल्छ ।

७. स्माइलिङ

भनिन्छ, प्रेमको सुरुवात मुस्कानबाट हुन्छ । तपार्इंको अनुहारमा भएको मुस्कान या चमकले अरू मानिसलाई पनि आकर्षित गर्न सक्छ । यस्तो बानीले आत्मविश्वासलाई बढोत्तरी गर्नुका साथै सफलता हासिल गर्नको लगि मद्दत गर्छ ।