शनिवार, 29 दिसंबर 2018

कसरि सफल वन्ने ? एक पटक प्रयोग गरेर हेर्नुहोस् यी १० सुत्रहरु

प्रत्येक मानिसको जीवनमा सफल हुने चाहान्छन् । रहेको हुन्छ र यसका लागि मानिसले मेहनत पनि गरिरहेको हुन्छ । तर, कहिलेकाँही सही मार्गनिर्देशनको कमीले त्यो मेहनत बालुवामा पानि जस्तै खेर जान्छ ।
तपाई हामीले हाम्रो मिहेनत त्यसै खेर जान दिनुहँदैन । त्यसैले सफलताको कामनासहित जीवनलाई कसरी सफल बनाउने भनेर  हामी हरेक पाईलामा सजक हुनु पर्दछ । यसका लागि हामीले दशवटा सुत्रहरु प्रस्तुत गरेका छौँ । यी सुत्रहरुको प्रयोगले तपाईको जीवन साच्चै नै सफल हुनेछ ।
१. आफ्नो लक्ष्य निर्धारण गर्नुहोस् र सधै त्यसमा कठिबद्द भएर लाग्नुहोस् ।
२. डरलाई सधैभरि जित्नुहोस । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजैदेखी टाढा राख्नुहोस् ।
३. धैर्यशिल रहनुहोस् । एक रात मै सफल हुन सकिदैन भन्ने तथ्य बुझ्नुहोस् र लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई ख्याल गर्नुहोस् ।
४. धेरै सोचेर र प्लान गरेर नबस्नुहोस् । कुनै काम गर्नु छ भने त्यसलाई तरुन्तै सम्पन्न गर्नुहोस् ।
५. सधै खुल्ला सोच राख्नुहोस् । जीवनमा सफलता पाउन धरै बाटाहरु रहेको तथ्य नभुल्नहोस् । एउटा बाटोबाट फेल भए अर्को बाटो पहिल्याउनुहोस् ।
६. सफल व्यक्तिको जीवनीबाट पाइने एउटा ज्ञान भनेको ‘स्याक्रिफाइज’ हो । त्यसैले केही ठूलो पाउन स–साना कुरा गुमाउनपर्छ भनेर नडराउनुहोस् । त्यस्तै टिभी, इन्टरनेट, अनावश्यक घुमघाम र खराब बानीबाट टाढा बस्नुहोस् र त्यस समयलाई अध्ययन तथा आवश्यकता अनुसार सही सदुपयोग गर्नुहोस् ।
७. आफू सहि बाटोमा छु कि छइन भनेर सधैभरी सचेत रहनुहोस् । यदी गलत बाटोमा हुनुहुन्छ भने जति मेहनत गरेपनि त्यसले तपाईको लक्ष्यमा केही महत्व राख्दैन ।
८. लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाकी छ भन्दा पनि कति बाटो हिडिसके भनेर सधैभरी ख्याल राख्नहोस् । यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउँछ भने अर्कोतर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।
९. मानिसलाई सफलताको लागि पैसाको पनि आवश्यकता पर्छ । आफुसँग भएको पैसा सधै सही ठाउँमा मात्र प्रयोग गर्नुहोस् ।
१०. सधैभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको माझमा मात्र बस्नुहोस् । परिवारसँग खुलेर रहनुहोस् । मनमा कुरा गुम्साएर नराख्नुहोस् ।
Source : http://ideakhabar.com