सोमवार, 16 सितंबर 2019

म को हुँ ? 2

यो प्रश्नले लगभग सबै मानिसहरुलाई  सताएकै छ । मलाइ पनि म ससानो हुदा म को हुँ  ? भनेर कहिले काही मनमा आइराक्थ्यो । पछि गएर संसारिक बन्धनमा परिसकेपछि यी प्रश्नको न उत्तर नै  खोज्न थालियो न त चिन्तन नै गरियो । समयसंगै बिचार र प्रसंग फेरिदै जाने रहेछ । म एउटा भौतिक बादी चिन्तन बोकेको मान्छे, जिबनको उत्तरार्ध जब म ४५  बर्षको हुदा कजेको रोग liver cirrhosis को प्रभावले बेहोस हुन् पुगे र करिब सात दिनको कोमाबाट म जागे । डाक्टरले समेत माया मारेको म किन जागे भन्ने प्रश्न मेरो मनमा उब्जिन थाल्यो । यो रोगले मेरो कलेजो पुरै बिग्रिसकेको थियो र उपचारको वाबजुद पनी  एक आध बर्षमा प्रत्यारोपण गर्न नसके मर्ने समेत डाक्टरले भनेका थिए । प्रत्यारोपणका लागि प्रयास गरिएका कथा र सन्दर्भहरु मेरो” कलेजो फेरेका मान्छे” पुस्तकमा समाबेश भएका छन । यहाँ उल्लेख गरिरहनु नपर्ला । म कोमाबाट बाच्नुको अर्थ मैले यस संसारबाट लिन पर्ने र दिन पर्ने केहि हिसाब किताब बाँकी छन् भन्ने कुरा मेरो अन्तरमनमा लागिरह्यो । र मेरो कलेजोको प्रत्यारोपण  हुन्छ र म फेरि पनि यो संसारमा बाच्ने कुरामा मेरो धारणा बलियो हुन थाल्यो । यो आत्मबल श्रोत पनी त्यहि कुरा थियो । मलाइ मेरो भान्जिले प्रभुपादले ब्याख्या गरेको भागवतगीताको पुस्तक उपहारको रुपमा पठाई दीकी थिइन ।
संस्कृत र अंग्रेजी दुवै भाषाको अल्प ज्ञानले राम्ररि बुझ कठिन  भयो मलाइ र नेपालीको भाषा टिका समेतको भागवतगीता लिएर पढन बुझ्न कोशिश गरे ।  अर्गन ट्रान्सप्लान्ट गरेको मान्छेलाई यसै पनी सम्झने शक्तिमा ह्रास आउछ ,आत्मपरक मनोदशामा बाच्न परिरहेको हुन्छ अझ नयाँ बिषय र भाषामा ज्ञानआर्जन गर्न अझझन् गाह्रो चिज हो   / के म बाबु हुँ ? के म पति हुँ ? के म छोरा हुँ ? यी नाता सम्बंधका कुरा भए डाक्टरले पेसेंट , भन्छ बसमा चढ्यो पेसेन्जर भन्छ / ससुराल्मा ज्वाई / कहिँ मामा कहिँ भान्जा , डाक्टरको  कामगरे डाक्टर इन्जिनियरको काम गरे इन्जिनियर / छोराछोरी भएपछी म बाबु हुँ , यसै गरि जहा जे रुपमा जे देख्छन अरुले त्यहि भन्छन / त्यसमाथि आफ्नो नाम पनि छ, उपनाम पनि छ यतिधेरै परिचयमा आखिर म को हुँ त  ? यी सबै आर्जन गरेका नाता, सम्बन्ध, शिक्षा, बिध्याबारिधि, धन, सम्पत्ति , पद र सम्मानित नामहरुलाई एकातिर थन्क्याएर एउटा नाङ्गो शरीर लिएर जीवित उम्भिरहदा, मलाइ वा उसलाई वा तपाइलाइ अरुले के भन्छन ? कसैले नाङ्गो मान्छे, कसैले मान्छे भन्ला !  त्यहि मान्छेले सास फेर्न छोडेपछि सवैले मलाइ, उसलाई वा तपाइलाइ लास भन्ने छन् / जस्तो सुकै सुटेट बुतेट भए पनि, राजा महाराज भएपनि , जुनसुकैपोष्ट मानको, जतिसुकै पढेकोज्ञानी भए पनि उ लाश हुन्छ / श्वासप्रश्वास क्रम छुटेकोअबस्थालाइ नै मरण भनिन्छ र  मरी सकेसम्म चाडै मलाइ, उसलाई वा तपाइलाइ बाँधेर घाटमा लगी जलाएर बिलिन गराइन्छ / यो संसारको नियति हो / यहि क्रममा चलेको छ यो मानब श्रीष्टिको लिला ? फेरी पनि हाम्रा अहं यथावत छन, लोभपाप इर्श्या प्रतिर्स्पर्दा यसैमा अल्झिएर न हामीले आफुलाइ चिन्दछौ न त अरुलाई चिन्दछौ !  सम्बन्ध भर्सेसका नातासम्बन्धका नाम, काम बिशेषका नाम, ज्ञान शिक्षा विशेषका नाम के तपाइँ हामि हौ त ? यी नाता र नामहरु समय सन्दर्भ स्थानमा फरक फरक ढंग र नामले विभूषित भए आखिर पनि म को हुँ ? प्रश्न हामिलाइ सामुन्ने तेर्सिनु स्वभाविक हो । अमेरिका आफ्नै साथीले अर्को साथीलाइ हे वडी, व्हट  आर डुइंग( he body what you are doing) ? भन्ने गर्छन, साचै  तिनले ठिकै भनेका रहेछन जस्तो लाग्यो ! यसमा नामले भन्ने पर्दैन । सबै जिउदा मान्छे वडी र मरेका डेड वडी ? यहि सत्य हो । जब शरीर म हैन भने, यसले सिध्द गर्छ कि यो नाशवान शरीरलाई चलाउने शरीरभित्र कोइ अरु चिज छ / बिज्ञानले खोज गरेकै छ  , गरिरहेको छ / पत्ता लगाएको पनि छ । फिजिक्स भन्दा पर मेटाफिजिक्स बारेका बिषयबस्तु स्विकारेको पनी छ । म को हुँ भन्ने प्रश्नको उत्तर शरीर हो कि ! मन हो कि ! मश्तिश्क हो कि ! बुध्दि हो ! यसरि ब्याख्या गरिएको पनि पाइन्छ यी सबैलाई नियन्त्रण र परिचालन गर्ने अर्को सुप्रिम पावर वा सर्वशक्तिमान भनेको अविनाशिनी  अब्यय अपरिबर्तनिय आत्मा हो जो मनुष्यको प्राणमा अबस्थित छ । आत्मा अविछिन्न अजर अमर छ भन्ने कुरा भागवतगीतामा यसरी भनिएको छ ।
नैनं छिन्दन्ति शस्त्रानी नैनं दहती पावक :   ।                                             चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः  ।।२३॥     
 भागवतगीता अध्याय २ श्लोक २३
अर्थ: आत्मालाई कुनै शस्त्रले काटन सक्दैन,त्यसरी नै अग्निले जलाउन सक्दैन | यसलाई पानीले भिजाउन, बगाउन, डुवाउन न त हावाले सुकाउन नै सक्छ |  गीतामा आत्माको बारेमा यसरि व्याख्या गरिएको छ | आत्मा कहिल्यै मर्दैन , अविनासिनी, नित्य, अजन्मा, अब्यय, अपरिबर्तनीय छ | त्यसैले आत्मा मर्दैन र न त जन्मंछ नै | हामीले मरेको भन्ने मान्नलाइ हाम्रो शरीरबाट जीवात्माले शरीर छोडेर जानुलाई नै भनिएको छ | मान्छे आफ्नो प्रारब्धमा रहेको आयु बाचेर स्थुल शरिरको मृत्यु भै अदृश्य जीवात्मामा परिणत हुन्छ | उक्त जीवात्मले पुन अर्को शरीर गरण गर्दाको अबस्थामा पुनर्जन्म भएको मानिन्छ अथवा जन्म भएको मानिन्छ |
त्यसैले हामि भित्र भएको जीवात्मा न त जन्मेको हो न त मरेकै हो | हरेक जीवात्मा फरक फरक हुन शर्वशक्तिमान परमेश्वरले प्रत्येक जीवात्मालाइ भिन्न भिन्न रुप प्रदान गर्नु भएको छ । त्यति मात्रै होइन प्रत्येकको DNA र FINGER PRINT  समेत छुट्टै छन् एक आपसमा मिल्दैनन । एउटै आमा बाबुबाट जन्मेका छोरा छोरीमा समेत रुप रंग स्वभाव र सरिर समेत फरक पाउदछौ । आमा बाबुको कोशीका त एउटै थियो किन एक समान भएनन उनका सन्तानहरु ? यसको उत्तर के भने प्रत्येकको आत्मा फरक छन , फरक फरक आत्माहरुले उनको गर्भमा बास पाएको हुनाले फरक स्वभाव, फरक रुप रंग सरिर पाएका हुन । त्यसैले म भनेको तपाइले देख्नु भएको शरीर होइन । ती  आत्मा हुन,
आत्मा परमात्मा एकै हुन् कि होइनन ?
आत्मा परमात्माको एउटा सुक्ष्म अंश हो ।  त्यसैले कोइ मानिस पनि परमात्मा होइन त्यो चाहि निश्चित हो ।  मानिस भित्र अबस्थित आत्माको बास कहा हुन्छ ? यो सरिरको इन्द्रियाहरुलाई कसले संचालन गरेको छ ? यो पनि प्रश्न हो । सरिर बिज्ञानले  एघारवटा सरिर संचालन प्रणाली हुन्छन भनेर व्याख्या गरेको छ । ति एघार वटा सरिर संचालन प्रणालीलाई कमाण्ड गर्ने शक्ति को हो ? त्यसको जबाफ बैज्ञानिकले  दिन सकेका छैनन, प्रमाण नभएसम्म उनीहरुले दिन मिल्दैन । स्वीकार गरे पनि । हो, सरिरलाइ संचालन गर्ने तत्व भनेकै आत्मा हो । यो शरीर म हैन । हरेकको म आत्मा हो । यी मनुष्यकाआत्माहरु मनुष्य नै भएर जन्मिरहेका हुन्छन । पालै पालो  आफ्नो प्रारब्ध र भाग्य लिएर, परमेश्वरले हरेक आत्मालाइ ज्ञान, प्रेम, शान्ति, सुख, खुशी, पवित्रता र शक्ति प्रदान गर्नका लागि यस धर्तीमा उतार्नु भएको हो । उसको प्रारब्धमा नराम्रो कर्म भए पनि यहा सच्चिन अवसर दिएको हो । असल कर्म कठिन हुन्छ , त्यसैले मानिसहरु क्षणिक आनन्दमा प्रलोभन र गलत आचरण गरेर  सुन्दर जिबन नष्ट गर्दछन । मानिस मरे पछि फेरी उसको पुनर्जन्म भएको सुनेका छौ । पत्र पत्रिका र मिडियामा समेत आइरहंछन । हामीले देखेका छौ स्कुल नपुग्दै, लेख्न पढन सकेको, कुनै तालिम नलिईकन संगीतमा पारङ्गत, भएका अपत्यारिला कुरा हामि अगाडी आउछन ति सबै पुर्बजन्मको संस्कारले पाएको हो । धेरै मान्छेको कर्म अनुसारको फल यसै जन्ममा पाएको देखिन्छ । असल कर्मले मानिसलाई ठुलो स्थानमा पुर्याउछ,  तिनको अहमले पाप कर्म लिप्त भए तिनलाई फेरी उधो तर्फ धकेलेर झारी दिन्छ । छली अपराधीहरुको केहि समय पछी उसको नास भएकै हुन्छ यो सर्बशाक्तिमान परमेश्वरको नियम हो । यो प्राकृतिक नियम हो भनेर मान्न सकिन्छ । म शरीरभित्र अबस्थित एक अव्दितीयआत्मारुप हुँ  भन्ने कुरामा सहमत छु। आत्माको व्याख्या  अर्को लेखमा बिस्तारित रुपमा व्याख्या गर्ने कोशिश  गर्नेछु ।
(यस लेखमा केहि छुट भएको र भ्रम शंका भएमा प्रश्न र सुझाव दिनु हुन हार्दिकअनुरोध गर्दछु।)
पुण्डरी अर्याल
०४/१५/२०१९
डालस

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें