मंगलवार, 27 नवंबर 2018

१० जादुमयी मन्त्र जसले तपाईको सफलताको कथा बुन्नेछन् …

कहिलेकाँही केही गर्दा गर्दै पनि सफल नहुँदा हामीलाई लाग्ने गर्छ कि कुनै जादुको छडी भएदेखि हामी कति सजिलै आफ्नो इच्छाहरु पूरा गर्न सक्थ्यौं होला । तर जादुको छडी नभएर के भयो त केही त्यस्ता सफलताका सूत्रहरु छन् जसले मन्त्र बराबर काम गर्छन् र सफताको कथा बुन्नमा मद्दत पुर्याउँछन् । यी सूत्रहरुले तपाई हाम्रो व्यवहारमा परिवर्तन ल्याउँछ र हामीलाई आवश्यक ऊर्जा एवं प्रोत्साहन पनि दिने गर्छ जसले जादुका रुपमा काम गर्नेछन् । त्यस्ता १० जादुका सूत्रहरु यस प्रकार छन् :
१. पत्याउनुहोस् कि तपाई भाग्यमानी व्यक्ति हुनुहुन्छ
सफल मान्छेले प्रायः आफ्नो भाग्य आफै बनाउँछन् । हामी परिस्थिति र आफूले रोज्ने बाटोहरुबाटै अगाडि बढ्ने गर्छौं । त्यसैले आफू निरिह भएर कुनै पनि अवस्थालाई आफू माथि हावी हुन नदिनुहोस् । अगाडि बढ्नुहोस्, आफ्ले आफ्नो चार्ज लिनुहोस् ।
२. सफल व्यक्तिले ठूला ठूला सपना देख्छन् र त्यसलाई पूरा गर्छन्
सफल व्यक्तिहरुमा ठूला सपनाहरु हुन्छन्, र ती सपनाहरुलाई उनीहरुको शक्ति र लगावले ऊर्जा प्रदान गर्दछ । केही समयको छुट्टी लिनुहोस्, अगाडि बढ्नुहोस र आफ्नो सपना पूरा गर्न लागि पर्नुहोस् । यसपछि तपाई पक्कै पनि राम्रो काम गर्न सक्नुहुनेछ ।
३. खुशीका साना साना क्षणहरुलाई समेट्नुहोस्
हामी ठूला ठूला सफलता र खुशीहरु खोज्नमा व्यस्त छौं । हामी प्रायः सानो सानो खुशीहरुमा रमाउन बिर्सन्छौं । साना साना खुशीहरुमा र साना साना सफलतामा रमाउनाले आफूभित्र सकारात्मकता भरिन्छ ।
४. सेवा गर्दा स्वार्थ रहित तरिकाले गर्नुहोस्
संसारमा मानव सेवा जस्तो अरु कुनै ठूलो सेवा छैन । साँच्चै नै सफल हुनका लागि, आफूसँग जे छ त्यो अन्य मानिसहरुसँग पनि साट्न सक्नुपर्छ । जब तपाई अरुलाई केही गर्न सक्ने अवस्थामा हुनुहुन्छ भने उनीहरुलाई मद्दत गर्नुहोस्, उनीहरुलाई राम्रो गर्नुहोस्, यसले तपाईलाई आत्मसन्तुष्टि दिन्छ । सन्तुष्ट मनले कुनै पनि काम आँट्न सकिन्छ ।
५. बढी चुनौतिहरु अंगाल्नुहोस्
यदि तपाईले दिनप्रतिदिन चुनौतिहरुको सामना गर्नुभएको छैन भने तपाईले साँचो अर्थमा जीवन जिउनु भएको नै छैन । सफलता तिनै व्यक्तिको हात पर्छ जसले चुनौतिहरुको सामना गर्ने हिम्मत राख्छन् । कसलाई के थाहा चुनौतिपूर्ण कुनै कुराले नै जीवन सफलताले भरिपूर्ण गरिदिन्छ कि ?
६. बलियो सपोर्ट सिस्टम बनाउनुहोस्
सफल व्यक्तिहरुसँग एउटा जादुको छडी हुन्छ जसलाई घर परिवार भन्ने गरिन्छ । यो ठाउँमा त्यस्तो तत्व लुकेको हुन्छ जसले तपाईको चिन्ता एवं दुःखकष्टलाई टाढा भगाइदिन्छ भने तपाईलाई खुशी र समृद्धिले भरिपूर्ण बनाइदिन्छ । परिवारबाट मिल्ने खुशी र आशिर्वादले सफलता पाउन मद्दत गर्छ ।
७. आफूमा विश्वास गर्नुहोस्, यो नै निर्वाण हो
आफूमा अत्यन्त विश्वास गर्नुहोस् कि कुनै पनि अप्ठ्यारो परिस्थिति तपाईको अगाडि उभिन नसकोस् । आफूमाथि विश्वास गरेमा तपाई जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सक्नुहुन्छ ।
८. कुनै पनि काममा आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुहोस्
यदि माइकल जोर्डनले ३ सय असफलतापछि पनि कोसिस गर्न सक्छन्, ३ सय विकल्पहरु रोज्न सक्छन् भने तपाई हामीले पनि पक्कै सक्छौं । आफ्नो काममा शतप्रतिशत दिनुहोस् । तपाईको सपना र लक्ष्यले पक्कै पनि तपाईलाई चुम्नेछ ।
९. आवश्यक पर्दा ‘हुँदैन’ भन्न सिक्नुहोस्
आफू फैलन सक्ने क्षेत्रहरुमा नजर लगाउनुहोस् र आवश्यक पर्दा हुन्न पनि भन्नुहोस् । यदि तपाईको काममा तपाईको प्राथमिकताहरु पर्दैनन् भने त्यसलाई छाडिदिनुहोस् र अरु रोज्नुहोस् ।
१०. सकारात्मक बस्नुहोस् यसलाई सफलतालाई आकर्षित गर्छ
हामी सबैलाई थाहा छ जीवनमा उतार चढाव आउँछ । तर सबै सफल व्यक्ति यत्तिकै सफल भएका हुँदैनन्, उनीहरुले जीवनमा कैयौं पटक असफलता भोगेका हुन्छन् । तनावको स्थितिमा शान्त बस्न सक्नु र हरेक परिस्थितिमा सकारात्मक रहनसक्नु एउटा विशेष गुण हो । यसलाई अपनाउनुहोस् । किनकि सकारात्मकताले सफलतालाई आकर्षित गर्छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें