रविवार, 29 जुलाई 2018

महिला नेतृत्व विकास तगारा र चुनौती

विश्वप्रसिद्ध पत्रिका ‘फच्र्युन’ले केही समयपहिले प्रकाशित गरेको विश्वकै प्रभावशाली पचास महिलाको सूचीमा रहेका प्रथम बाह्रजना महिलालाई जीवन–केन्द्रीत केही प्रश्न सोधिएको थियो । खासगरी चर्चित अमेरिकी साप्ताहिक म्यागेजिन ‘टाइम’ ले ती महिलाहरूसित ‘उनीहरूको जीवनका सबैभन्दा असल र खराब निर्णय, महिला नेतृत्वको विकासमा देखा परिरहेका तगारा र उनीहरू स्वयंलाई सर्वाधिक प्रेरणा दिने महिलाहरू’ आदिबारे प्रश्न गरेको थियो । यी प्रश्नको आशय कार्यक्षेत्रमा सफल ठहरिएका ती महिलाहरूको सफलताको सूत्र सार्वजनिक गर्नु थियो । राजनीतिक वा सामाजिक भन्दा पनि यी सबै महिलाहरू मूलतः व्यापार–व्यवसाय, कर्पोरेट र उद्योगको क्षेत्रमा नेतृत्व एवं नीति–निर्माण तहमा रहेका सफल महिलाहरू हुन् । केही प्रश्न निजी जीवनमा उनीहरूले गरेका सर्वाधिक असल र खराब निर्णय, कुन कम्पनी ज्वाइन गरेको, कुन चाहिँ छोडेको र त्यसको प्रभाव कस्तो रहेको, कस्ता महिलाले किन र कसरी प्रेरित गरे वा गर्छन्, सानो छँदा भविष्यको ‘ड्रीम जब’ के थियो र किन आदि कुरा वरिपरि मात्र केन्द्रीत थिए । यहाँ अन्य दुई प्रश्न, जुन महत्वपूर्ण पनि छन् र विचारणीय पनि छन्, का जवाफ मात्र प्रस्तुत गरिएको छ ।
ती महिलालाई सोधिएका प्रश्न र उनीहरूले दिएको जवाफ यस्ता थिए –
१. महिला नेतृत्वको विकासमा तगारो बनेको सबैभन्दा मूल कुरा के हो जस्तो लाग्छ ?
२. तपाईंभन्दा पछि आउने महिला पुस्ताका लागि सबैभन्दा ठूलो चुनौती के हुनेछ ?
एन्जेला एह्रेन्ट्स (प्रमुख कार्यकारी अधिकृत, बर्बेरी कम्पनी)
१. गम्भीरतापूर्वक लिइएको अवस्थामा तीनवटा जिम्मेवारी एकैपटक निर्वाह गर्नुपर्ने अवस्था, अर्थात्– सीईओ, पत्नी र आमाको रूपमा संयुक्त भूमिका ।
२. निजी जीवन र करिअरका मागहरू निरन्तर बढ्दै जाने भएको हुँदा बहुमुखी जिम्मेवारी निर्वाह गर्न सक्ने क्षमताको विकास ।
स्याफ्रा काट्ज (सह–अध्यक्ष, ओरेकल कम्पनी)
१. महिला नेतृत्वको विकासमा तगारो बनेको मूल कुरा नेतृत्व तहमा पर्याप्त महिलाहरू नहुनु नै हो । मैंले महिलाहरूलाई दिने सुझाव के हो भने आप्mनै तहबाट कुनै पनि व्यापार–व्यवसायको थालनी गर्नुपर्छ । र, आप्नै कम्पनीमा आफू नेतृत्वमा रहन सक्छु जस्तो लागेन भने त्यहाँबाट हटेर अर्को कुनै एक्लौटी स्वामित्वको कम्पनी खोल्ने प्रयासमा लागे हुन्छ ।
२. हामीभन्दा पछि आउने महिला पुस्ताका लागि सबैभन्दा ठूलो चुनौती अहिलेको पुस्ताको आवाज सुन्नु हो । आशा गरौं, भावी पुस्ताले वहन गर्नुपर्ने चुनौतीहरूको निर्धारण उनीहरूले प्राप्त गर्ने उपलब्धिको आधारमा हुनेछ, तर कसैगरी लैङ्गिकताको आधारमा भने हुने छैन ।
सुजान च्याम्बर्स (कार्यकारी उपाध्यक्ष, ग्लोबल पिपुल डिभिजन, वाल–मार्ट स्टोर्स)
१. महिला विकासको क्षेत्रमा देखा परेका केही तगारा मेरो विचारमा त महिलाहरू आफैले नै सिर्जना गरेका कुराहरू छन् । धेरैजसो महिलामा, उनीहरूमा नेतृत्वको प्रतिभा र क्षमता प्रशस्त रहेको भए पनि, आत्मविश्वासको ठूलो अभाव रहेको हुन्छ । महिलाहरू निकै सहजै आफूले गरेका गल्ती कमजोरी स्वीकार गर्छन् र आप्ना कतिपय सार्वजनिक गर्नु नपर्ने कुराहरू पनि यत्रतत्र भनिरहेका हुन्छन् । आवश्यकता के कुराको हो भने, महिलाहरूले आफूभित्र आत्मविश्वासको भावना बढाउनुपर्छ, सोचविचार गरेर आफूले गर्न सक्ने काम गर्नुपर्छ जसका लागि क्षमाप्रार्थी भइरहनु हुँदैन ।
२. पछि आउने महिला पुस्ताका लागि ठूला चुनौतीहरूमध्ये एक के हो भने अहिले हामी नै पनि कसैका लागि ‘रोल मोडेल’ हौं भन्ने स्वीकार गर्ने आत्मविश्वास हामीसित छैन । महिलाहरूले आफू सफलताको शिखरमा रहेको बेलामा मात्र होइन बरू आप्नो समग्र क्यारियरमै बुभ्mनुपर्ने कुरा के हो भने उनीहरू हरहमेसा सार्वजनिक क्षेत्रमा आउन र अरूलाई सहयोग गर्न तत्पर भइरहनुपर्छ । केवल एकदिनका लागि मात्र कसैका लागि रोल मोडेल बनेर हुँदैन, सधैंका लागि रोल मोडेल बन्न सक्नुपर्छ ।
मौरीन शिक्या (ग्लोबल सीईओ, च्यानल कम्पनी)
१. महिला नेतृत्वको विकासमा तगारो बनेको मूल कुरा प्रचलित मान्यता र सोच हो । हामीमा पुरुषहरूले नेतृत्व गरेको हेर्ने र उनीहरू उही एउटै कामका लागि हामीभन्दा कम योग्य भए पनि उनीहरूले गरेको काममै विश्वास व्यक्त गर्ने बानी परेको छ । पुरुषहरूले काम गर्दा शंका गर्ने ठाउँ कम छोड्छन् र हठपूर्वक एवं निर्देशनात्मक ढंगले काम गर्छन् । हामी आम महिला–नेतृत्वसित परिचित हुँदैनौं र त्यसकारण उनीहरूको कार्यक्षमतामाथि औंला ठड्याउँछौं । महिला भएकाले गर्दा हामीले आप्नो क्षमता देखाउन पुरुषको दाँजोमा दोब्बर मेहनत गर्नुपर्छ ।
२. पछिको पुस्ताका लागि पनि चुनौती भनेकै नेतृत्व तहमा पुरुषको तुलनामा महिलाहरू नगन्य हुनु हो । यसलाई समयको कुरा मात्र मान्ने हो भने जसैजसै धेरैभन्दा धेरै महिला नेतृत्वमा आउँदै जान्छन्, पछिल्लो पुस्ताको समयमा महिला नेतृत्वसम्बन्धमा अहिलेको जस्तो समस्या रहने छैन । नेतृत्वको स्त्रैण शैली (फेमिनिन स्टाइल अफ लिडरसीप)बाट प्राप्त हुने लाभहरूले यससम्बन्धमा उठाइने स्थापित अवधारणाहरूलाई क्रमशः मेट्दै जानेछन् ।
ओप्राह विन्फ्रे (अध्यक्ष, हार्पो, तथा आउन कम्पनी)
१. महिला नेतृत्वको विकासमा तगारो बनेको सबैभन्दा मूल कुरा के हो आत्तिनु हुँदैन । आफूमा विश्वास गर्न सिक्नुहोस् । तपाईंले आफू के हूँ भनेर चिन्नुपर्छ । अनि त असफलता भन्ने कुरै आउँदैन । अन्य मानिसहरूले असफलता भनेर औंल्याएको कुरा त खासमा ईश्वरले तपाईंलाई नयाँ दिशा खोज्न र त्यतातिर लाग्न संकेत गरेको हो भन्ने मलाई लाग्छ । आफूभित्रको आवाज नसुनेर अन्य काममा अगाडि बढ्न थाल्नुभयो भने ती सबै कामको अन्त्य नकारात्मकतामै हुने सम्भावना बलियो रहन्छ । अरुले भन्न नसक्ने तर तपाईंभित्रै भएको कामको प्रकृति बुभ्mन सक्नुभयो भने त्यसले तपाईंलाई सन्तुष्टि र सफलता दुवै प्रदान गर्दछ ।
२. जतिसुकै अप्ठ्याराहरू भए पनि, जतिसुकै भूलहरू भए पनि, जतिसुकै कठोर प्रतिरोध भए पनि र क्रुर प्रतिवाद भए पनि हामी यो हाम्रो पुस्तामा अमेरिकी चरित्र, संस्कृति, संंस्कार, अमेरिकी आदर्श र अमेरिकी सपनाहरूको अनुभूति भइरहने छ । यो लिगेसीलाई निरन्तरता दिइरहनु भावी पुस्ताको चुनौती हो ।
सुजान वोज्स्किी (वरिष्ठ उपाध्यक्ष, गुगल कम्पनी)
१. अनेक महिलालाई के लाग्छ भने करिअरको रुपमा चुनौतीपूर्ण काम गरिरहेको अवस्थामा उनीहरू असल आमा बन्न सक्दैनन्, तसर्थ करिअरको महत्वपूर्ण क्षणमा उनीहरू काम परित्याग गर्नसकने अवस्थामा पुग्छन् । कतिपय अवस्थामा गाह्रो हुन सक्ने भए पनि , घरबाहिर काम गर्नुका फाइदाहरू चिन्नु महिलाका लागि अत्यन्त महत्वपूर्ण छ । उचित अवस्था छ भने त्यो सन्तान र समग्र परिवारकै लागि निकै लाभदायी हुन्छ । मेरालागि महत्वपूर्ण हो– आप्mना बालबच्चालाई जीवनको समृद्धता देखाउनु र रोल मोडेल बन्न प्रेरित गर्नु । मलाई लाग्छ, मेरा सांगठनिक र व्यवस्थापकीय क्षमताहरूको ठूलो परीक्षा कार्यस्थलभन्दा धेरै गुणा त आप्mनै घरमा पो हुन्छ ।
२. म पछिको पुस्ताका लागि प्रकृति, साथीहरू र परिवारसित रमाउनु जस्ता ‘ओल्ड फेशन’ गतिविधिहरूका लागि समय निकाल्न सक्नु ठूलो चुनौती हुनेछ । म युवा महिला र उनीहरूका परिवारहरूलाई के भन्न चाहन्छु भने साँचो अर्थमा विदा भन्ने मनाउनका लागि समय निकाल्नुहोस्, डिजिटल दुनियाँभन्दा धेरै टाढा जानका लागि र आफूहरूमा रमाउनका लागि पनि ।
लरें जालाज्निक (अध्यक्ष, एनबीसी युनिभर्सल वुमन एन्ड लाइफस्टाइल इन्टरटेनमेन्ट) ः
१. महिला नेतृत्वको विकासमा सबैभन्दा ठूलो तगारो भनेको उच्चस्तरीय शिशु स्याहारको सन्दर्भ हो, जुन कुरा विश्वभरि उपलब्ध पनि छ र उत्तिकै महत्वसाथ हेरचाह गर्न सकिने पक्ष पनि हो ।
२. भावी पुस्ताका लागि ठूलो चुनौती हो– अधिकतम महिला उद्योग–व्यवसायको डिजीटल दुनियाँमा प्रवेश गर्न नसकिरहेको अवस्था । इन्जिनियरिङ कल्चर, स्टार्ट–अप कल्चर, अथवा सामाजिक, सांस्कृतिक र व्यवायिक पक्षहरूको सन्दर्भ नै भए पनि प्रोफेसनल महिलारू पाखा बसेका छन्, साइडलाइन्ड भएका छन् । अहिलेको क्रमशः चुलिंदो ‘डिजीटल क्रान्ति’ भविष्यका ‘फच्र्युन फाइभ हन्डे«ड’ को मेरुदन्ड बनेर विकसित हुनेछ ।
सुजान व्यागनर (उपाध्यक्ष, ब्ल्याक रक)
१. महिला नेतृत्वको विकासमा सबैभन्दा ठूलो तगारो बनेको कुरा हो– अस्वाभाविक अपेक्षाहरू, जुन हामीसित आफैप्रति पनि छन् र अरुहरूबाट हामीप्रति पनि छन् । महिला र पुरुषहरूमा अक्सर फुक किसिमको नेतृत्व क्षमता र शैली हुन्छ, जुन भिन्नता रहनु स्वभाविक पनि हो । विकासका कुराहरू लघु ‘म’ मा आधारित हुनुहुँदैन, बरु राम्रो नेतृत्वको परीक्षण विश्वसनीयताको आधारमा भन्दा क्षमताको आधारमा हुनुपर्दछ । महिलाहरूका लागि मेरो सन्देश यही हो– अपेक्षाहरू उच्च राख्नुहोस्, आफूले गरेका छनोटहरूप्रति विश्वस्त बन्नुहोस्, आपूmले के चाहेको हो भन्नेबारेमा प्रष्ट हुनुहोस्, र आप्mना ती महत्वाकांक्षाहरू हासिल गर्नमा पूर्णतः सहयोग गर्ने अभियन्ता (हरू) ठम्याउनुहोस् ।
२. भूमण्डीकरण अहिलेको सबैभन्दा ठूलो यथार्थ हो । यो यथार्थसिँगै अगाडि बढ्न, विश्वलाई फरकफरक सांस्कृतिक चश्माले हेर्न, ग्लोबल टिमलाई नेतृत्व गर्न र विश्वव्यापी ग्राहकसेवाका माग एवं आवश्यकता पूरा गर्नका लागि महिला एवं पुरुष दुबै नेतृत्व चाहिन्छ । भूमण्डलीकृत व्यापार–व्यवसायका हम्मेसी बदलिंदा माग र निरन्तर परिवर्तनशील राजनीतिक एवं आर्थिक परिदृश्य हामी सबैका लागि ठूला चुनौती हुन् । भावी पुस्ताका महिलाहरूको अर्को चुनौती के हुन सक्ने देखिन्छ भने कतिपय व्यवसायजन्य संस्कार र मूल्यमान्यताहरू महिला नेतृत्वलाई स्वीकार गर्न सकारात्मक तवरमा तयार छैन ।
हैडी मिलर (अध्यक्ष, इन्टरनेशनल, जे.पी.मोर्गान)
१. महिला नेतृत्व विकासका तगाराहरू पुरुष नेतृत्व विकासका तगाराभन्दा अत्यन्तै अलग छन् भन्ने कुरामा म उति विश्वस्त छैन । सबैभन्दा ठूलो तगारो भनेको तपाईं आपूmले गर्न चाहेको कार्यव्यापार हो, जुन कुरा पुरुष र महिला दुवैलाई उत्तिकै लागू हुन्छ । निजी कुराहरू बलिदान नगरी तपाईं नेतृत्व तहमा पुग्न सक्नुहुन्न । पारिवारिक दायित्वले गर्दा महिलाहरूले यस्तो निजी बलिदान अलि बढी गर्नुपर्ने हुन सक्छ । तर आजभोलि त पुरुषहरूले पनि काम र परिवारलाई समय दिने सम्बन्धमा कठोर निर्णय लिनुपर्ने अवस्था भोग्न थालिसकेका छन् ।
२ अहिलेको समय महिला नेतृत्वनिम्ति नयाँनयाँ अवसरहरू उपलब्ध भइरहेको .समय हो, तसर्थ मपछि आउने महिला पुस्ताले विगतमाभन्दा नेतृत्वमा रहने अवसर निश्चित तवरले धेरै नै पाउनेछ । धेरैभन्दा धेरै महिलाले देश र दुनियाँलाई प्रभाव पार्ने ठूलाठूला निर्णय आफैले गर्नुपर्ने हुनेछ । यसनिम्ति महिलाहरूले आफूलाईपूर्ण सक्षम बनाउन सक्नैपर्छ । .
जोआनी म्यागर (कार्यकारी उपाध्यक्ष, स्पेस सिस्टम्स, लकहीड मार्टिन)
१. महिला नेतृत्व विकासमा उल्लेखनीय तगारो भनेकै विद्यमान सांस्कृतिक ढाँचा हो, कल्चरल स्टेरियोटाइप हो । यस्तो ढाँचाले गर्दा महिलाहरूलाई कम आँकिने र उनीहरूको नेतृत्व क्षमतालाई न्यून उपयोग गर्ने काम हुँदै आइरहेको छ । उही कामका निम्ति पुरुषसँग तुलना गर्दा महिलालाई या त ‘नरम नेता’ भनेर चर्चा गरिन्छ, होइन भने ‘कठोर र अति आक्रामक’ भनेर आलोचना गरिन्छ । उनीहरूले महिला भएकै आधारमा एक किसिमको बोझ जस्तो बोक्नु परिरहेको हुन्छ ।
२.अनुसन्धानहरूले के देखाएका छन् भने अब आउने पुस्ताका महिलाहरू अत्यन्त महत्वाकांक्षी हुनेछन्, तर उनीहरू कर्पोरेट भ-याङ चढ्न त्यति उत्सुक छैनन् । उनीहरू आप्mनो लगाव, आप्mनो प्यासन सन्तुष्ट पार्ने किसिमको काम गर्न बढी उत्सुक हुनेछन् । उनीहरू छिटोछिटो अगाडि बढ्न चाहन्छन्, तर आप्नो करिअर, परिवार र निजी जीवनमा सन्तुलन कायम राख्नुपर्नेमा पनि उत्तिकै जोड दिन्छन् । यो पुस्ता बजार अर्थव्यवस्थाले डोरिने प्रतिस्पर्धी एवं लचकताविहीन समाजमा बाँच्ने छ, तसर्थ उनीहरू त्यस्तो नयाँ किसिमको चुनौतीका लागि तयार रहनुपर्छ ।
सुजान आइभी (अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत, रेनाल्ड्स अमेरिकन इन्कर्पोरेसन) ः
१. महिला प्रोफेसनलहरूलाई म भन्छु– आफूहरूले काम गरिरहेको संस्थामा अगाडि बढ्ने अवस्था देखिंदैन भने त्यो अफिसलाई गुडबाइ भनीदिनु पर्छ । केवल एकजना व्यक्तिले मात्र कुनै अर्गनाइजेसनको ढाँचा र संस्कार परिवर्तन गरीदिन्छ भनेर सोच्नु अवास्तविक हुन्छ । महिलासित सँगै काम नगरेका पुरुषहरूको बुढो पुस्ता अब क्रमशः अवकाश लिंदै जाँदो छ, तसर्थ महिलाहरूले उच्च तहमा बसेर काम गर्न आपूमा आत्मविश्वास बढाउनु नै मूल चुनौती हो ।
२. भावी पुस्ताका महिला र पुरुष दुवैका लागि मेरो सुझाव के छ भने आप्mनो खास लगाव केमा छ भनेर पहिल्याउनु पर्छ र आफूले गर्न नसक्ने जस्तो काम लागेको छ भने पनि त्यो गरीछाड्ने दृढता हासिल गर्नुपर्छ । जीवन ‘ग्रान्ड रिहर्सल’ होइन, तसर्थ तपाईले लगातार काम गर्दै र त्यसलाई परीक्षण गर्दै अगाडि बढ्नुभयो भने मात्र आप्नो निजी क्षमताबारे थाहा हुन सक्छ । हरेक पुस्ता, हरेक व्यवसाय र हरेक व्यक्तिले चुनौतीको सामना गर्नुपर्ने हुन्छ, कुरा त्यो होइन । मूल कुरा त, त्यो चुनौतीलाई तपाईंले कसरी सामना गर्नुहुन्छ र त्यसबाट कसरी पार पाउनुहुन्छ भन्ने हो ।
इजाबेल एलेट (ग्लोबल हेड अफ कोमोडिटिज, गोल्डम्यान साक्स)
१. सबैभन्दा ठूलो तगारो भनेकै ‘रोल मोडेल’ र ‘मेन्टर’को रुपमा प्रतिभाशाली महिला नेताहरूको जमात नहुनु हो । साथै मलाई के पनि लाग्छ भने महिलाहरू आफैसित पनि आफूले यो–यो काम गर्न सक्छु भनेर आप्नै क्षमतामाथि नै पर्याप्त आत्मविश्वास छैन ।
२. म पछिका पुस्ताका महिलाले ब्योहोर्नु पर्ने चुनौती भनेको निजी जीवन र व्यवसायिक कामको बीचमा सन्तुलन कायम गर्न सक्नु हुनेछ । मलाई लाग्छ, उनीहरूले अगिल्लो पुस्ताका महिलाले छाडेका उपलब्धिहरूबाट लाभ लिन सक्नु पर्छ, जसले गर्दा उनीहरूले आप्mनो निजी जीवनलाई बलिदान गर्नु पर्ने छैन ।
(वेबसाइटका आधारमा)

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें