रविवार, 29 जुलाई 2018

नेतृत्व के हो?

जर्मन विष्लेषक एलन केथले आफ्नो पुस्तक `मानिस र प्रविधी´मा लेख्छन-प्रविधिको यो युगमा मानिसहरू दुई प्रकारका मात्र छन। उनी भन्छन, प्रत्येक व्यक्तिको रूप र तरिकामा यौटा कुरा विम्वित हुन्छ जसले मानवमा नभै नहुने मानविय प्रकृतिक नियमको पालना गर्दछ र निर्देशन पनि दिन्छ साथै त्यस्ता मानवहरु यस्ता नियम र अनुशासन कार्वान्यनयनमा झुकाव पनि राख्तछन। त्यो स्वाभाव नै मानव जीवन हो। यो संसार तब सम्म यो रहनेछ जवसम्म मानव जिवनमा यि गुणहरु जारी हुनेछ। अर्को अर्थमा तपाईंले आफ्नो जिवनलाई कसरी परिवर्तन गर्दै हुनुहुन्छ, समाजको लागि के दिंदै हुनुहुन्छ? रूप र सारमा यसले तपाईंको जिवनमा ठूलो महत्व राख्दछ।
शासन गर्नु, निर्णय गर्नु, निर्देशन दिनु आदि सबै एक कला हो, एक कठिन प्रविधी प्रविधि पनि हो। तर अन्य कला जस्तै, यो पनि एक प्राकृतिक गुण हो।Susmi Xeetri प्रत्येक व्यक्तिका लागि यो यौटा सम्पत्ति पनि हो। कुनैपनि विधामा कला नै छैन भने त्यो कलाविहिन जीवन ठहरिन्छ। उदाहरणको लागि उद्योग पर्यवेक्षणका सन्दर्भमा व्यक्तिगत समायोजन, व्यवस्थापन र प्रशासनले ठूलो महत्व राख्तछ। आफ्नै ब्याक्तिगत कामलाई पनि कुनै उच्च अधिकारीको निर्देशनझैं नियमपूर्वक सम्पन्न गर्नसक्नु यौटा सफल ब्याक्तित्वको जिवनी झल्किन्छ। प्रवन्ध, व्यवस्थापन,आदर्श रूप, कर्मचारीसंगको असल व्यवहार अनि जिम्मेवारीवोध असल नेतृत्वमा हुनैपर्ने गुण हुन।
घडिको सूईजस्तै नेतृत्व पनि सवैको लागि समान र व्यवहारिक हुनुपर्दछ। नेतृत्व अझ मेशिनजस्तै चलायमान, जागरुक एवं उर्जावान हुनुपर्दछ। नेतृत्वको व्यवस्थापन नीति सदैव प्रगतिशील हुनु आवश्यक छ। सुमधुर सम्बन्ध एवं नम्र व्यवहार नेतृत्व सक्षमताको कसी हो। संगठनात्मक सन्दर्भमा नेतृत्वको सहनशिलता पहिलो पक्ष हुन जान्छ भने चुनौतीहरुको विनम्रतापुर्वक सामना दोस्रो पक्ष हुनजान्छ।
यौटा विद्वान नेतृत्व को विभिन्न तरिकाले व्याख्या हुनेगर्दछ। कहिलेकाहीं यो ख्यातिप्राप्तीको अर्थमा बुझ्ने गरिन्छ। यसवाट अन्य व्यक्तिहरूमा पनि स्वेच्छिक आदर्शको भावना जागृत हुन जान्छ। साथै लोकतान्त्रिक एवं विधिसम्मत तरिकावाट आफ्नो नेतृत्व क्षमताको वकालत पनि हुन जान्छ। कहिलेकाहिं एकै ब्याक्तिवाट अनेकनले धेरै अपेक्षा गरिरहेका हुन्छन। यस्तोमा नेतृत्व ती अपेक्षाहरुको पूर्तीहेतु आफै सक्षम ठहरिन सक्नुपर्दछ। अन्यथा अपेक्षाकारीहरुमा नकारात्मक सन्देश प्रवाह हुनपनि सक्तछ। यो नेतृत्व सक्षमताको कसि कसैको दवाव, लालच वा देखासिकिमा हुनुहुँदैन, स्वतफूर्त अन्तर्हृदयदेखी नै उत्पन्न हुनु जरुरी छ, जसमा ब्याक्तिको गुण झल्किन्छ।
यसैगरी आर्थिक, सामाजिक, धार्मिक लगायतका क्षेत्रमा पनि असल एवं चरित्रवान नेतृत्व हुनु आवश्यक छ। यस्ता संवेदनशिल क्षेत्रमा कसैको गलत नियत र मनसायले गर्दा यी क्षेत्रहरुमा व्यापक हलचल उत्पन्न हुनसक्तछन।
निर्देशन त्यस्तो त्यो चिज हो जसमा आफ्नो क्षमता र गुण झल्किन्छ भने निर्देशन प्राप्त ब्याक्तिले सोही क्षमता र गुणहरूको माध्यम आफ्नो क्षमता परिक्षण गर्ने अवसर प्राप्त गर्दछ। त्यसैले नेतृत्वले दिने निर्देशन बहुआयामिक एवं स्पष्ट कार्यदिशासहितको हुनुपर्दछ। नेतृत्वले आफ्नो ब्यवहारद्वारा अन्य ब्याक्तिहरुमा प्रभाव जमाउन सक्नुपर्दछ। यसवाट नै नेतृत्व क्षमताको कसी झल्किन्छ।
नेतृत्व तहमा हुनुपर्ने विशेषताहरु
१) नेतृत्व जसले प्रभुत्व, सुझाव र आग्रह को संयोजन समायोजन गर्न सक्नुपर्दछ।
२) दुई वा दूईभन्दा बढी दल, संगठन को नेतृत्वआफ्नो आदर्श नेताको अनुयायी हुनुपर्छ। ठूलो हदसम्म नेताले गर्ने क्रियाकलापको असर उसका अनुयायीहरूमाथी पर्ने हुंदा नेतृत्वले सदैव असल आचरण प्रदर्शन गर्नसक्नुपर्दछ।
३) नेतृत्वको प्रभाव दबावमा हुनुहुंदैन,यो सरल एवं स्वेच्छापूर्ण तवरवाट हुनुपर्दछ। दवावमा नेतृत्वको नैतिकता झल्किंदैन।
४) नेतृत्वले एकआपसमा उत्तेजनात्मक प्रदर्शन गर्नुहुंदैन, जसवाट आफुमातहतमा रहेका अन्यमा नकारात्मक प्रभाव परोस। यस्ता उत्तेजनात्मक कृयाकलापहरुवाट परिवर्तनलाई पनि संस्थागत गर्न सक्तैन,साथै आफ्नो संगठनात्मक ढांचालाई पनि प्रभावित बनाउंदछ।
राज्यको नेतृत्व गर्नेदेखी लिएर परिवारको नेतृत्वसम्म आफैमा यौटा संवेदनशिल एवं जवाफदेही हुनुपर्ने दायित्व हुन्छ। त्यसैले सवैलाई समान व्यवहार एवं सामुहिक हितको खातिर नेतृत्व हमेसा दृढ हुनुपर्दछ। कमजोर नेतृत्वले धेरै कुराहरुमा सम्झौता गर्नुपर्ने हुन्छ अर्थात धेरै समस्याहरुको सामना गर्न सक्तैन। त्यसैले नेतृत्व सदैव सबल, सक्षम एवं उच्च नैतिक चरित्रवान भएको हुनुपर्दछ।
बिजय ज्ञवाली,

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें